काठमाडौँ:दशैँको उमङ्ग र उत्साहले गाउँबस्ती रमाइरहेका बेला बाजुराकी कमला कुमारी बिष्ट भने अस्पतालको शैयामा जीवन र मृत्युसँग कठोर संघर्ष गरिरहेकी छन्। परिवारसँग बसेर दशैँ मनाउने यो बेला उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन्। स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ, तर उपचारलाई निरन्तरता दिन परिवारसँग पर्याप्त पैसा छैन। …