दर्शन गर्न बुढिनन्दा  पुगेका उपाध्याय बिच बाटोमै बेपत्ता

सम्पर्क बिहिन उपाध्यायको खोजिका लागि प्रहरीको टोली बुढिनन्दा तिर प्रश्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

शुक्रवार बिहान पुजा गरेर फिर्ता हुने क्रममा उपाध्याय सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुरा श्रोतले दिएको जानकारी अनुसार सम्पर्क बिहिन उपाध्यायको खोजिका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरीको टोली बुढिनन्दा तिर प्रश्थान भइसकेको छ । आफन्तले समेत उनको खोजि कार्य गरिरहेका छन् ।

मुख्य बिन्दुहरू

सम्पर्क बिहिन उपाध्यायको खोजिका लागि प्रहरीको टोली बुढिनन्दा तिर प्रश्थान

बाजुरा: बाजुराको धार्मिक तथा पर्यटकिय स्थल बुढिनन्दा दर्शनमा पुगेका एकजना तिर्थयात्रि बिच बाटोबा भएकटै बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा बडिमालिका नगरपालिका ९ उखाडि बस्ने ५५ बर्षका खिमराज उपाध्याय रहेका छन् ।

उनि दर्शन गरेर र्फिने क्रममा बिच बाटोबाटै बेपत्ता भएको पारिवारिक श्रोतले जनाएको छ। शुक्रवार बिहान पुजा गरेर फिर्ता हुने क्रममा उपाध्याय सम्पर्क बिहिन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरा श्रोतले दिएको जानकारी अनुसार सम्पर्क बिहिन उपाध्यायको खोजिका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरीको टोली बुढिनन्दा तिर प्रश्थान भइसकेको छ । आफन्तले समेत उनको खोजि कार्य गरिरहेका छन् ।   

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।