कमलाका बुवा राम बिष्टको पीडा शब्दमा व्यक्त गर्न कठिन छ। शारीरिक रूपमा अपाङ्ग रहेका उनी परिवारको कमजोर आर्थिक अवस्थाका कारण छोरीको उपचार खर्च जुटाउन असमर्थ छन्। घरमा नियमित आम्दानी गर्ने कोही छैनन्। सानो छोराको हेरचाह र घरखर्चको जिम्मेवारी पनि उनकै काँधमा छ।आफ्नो दुःख सुनाउँदै राम बिष्ट भन्छन्, “घरको आर्थिक अवस्था निकै कमजोर छ। खानलाउनै समस्या छ। म एक्लो मान्छे छोरीको हेरचाह गर्नमै ठिक्क छु। कमाउने कोही छैनन्, छोरा पनि सानै छ। अहिले एकातिर घरको खर्च धान्नुपरेको छ, अर्कोतिर छोरीको उपचारका लागि पैसा जुटाउन धौधौ भएको छ।”
कमला बिष्ट बचाउ अभियान चलाएर उपचारमा सहयोग गर्न अपिल
काठमाडौँ:दशैँको उमङ्ग र उत्साहले गाउँबस्ती रमाइरहेका बेला बाजुराकी कमला कुमारी बिष्ट भने अस्पतालको शैयामा जीवन र मृत्युसँग कठोर संघर्ष गरिरहेकी छन्। परिवारसँग बसेर दशैँ मनाउने यो बेला उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन्। स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ, तर उपचारलाई निरन्तरता दिन परिवारसँग पर्याप्त पैसा छैन। एकातिर छोरीको जीवन बचाउने चिन्ता, अर्कोतिर घरको चुलो बाल्नै मुस्किल। कमलाको परिवार अहिले यस्तै असह्य पीडाबाट गुज्रिरहेको छ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–६, नाइनाकी कमलाले १९ वर्षअघि आमा पारु बिष्टलाई गुमाइन्। आमाको माया र स्नेहबाट वञ्चित हुँदै हुर्किएकी कमलाले जीवनमा केही गर्ने सपना देखेकी थिइन्। कक्षा १२ उत्तीर्ण गरेपछि उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले उनी राजधानी काठमाडौंमा संघर्ष गरिरहेकी थिइन्। तर करिब पाँच महिनाअघि उनको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि ती सपना अधुरै रहने हुन् कि भन्ने चिन्ता थपिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विभिन्न अस्पतालमा लगेर जाँच तथा उपचार गरियो। तर स्वास्थ्यमा सुधार आउन सकेन। अवस्था झन् नाजुक बन्दै गएपछि अहिले उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन्। अस्पतालले आफन्तलाई दिएको जानकारी अनुसार कमलाको मुटुमा समस्या देखिएको भनिएको छ । छोरीलाई निको पार्ने आशामा रहेका बुवा राम बिष्टका लागि अहिले उपचार खर्च जुटाउनु सबैभन्दा ठूलो चुनौती बनेको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विभिन्न अस्पतालमा लगेर जाँच तथा उपचार गरियो। तर स्वास्थ्यमा सुधार आउन सकेन। अवस्था झन् नाजुक बन्दै गएपछि अहिले उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन्। छोरीलाई निको पार्ने आशामा रहेका बुवा राम बिष्टका लागि अहिले उपचार खर्च जुटाउनु सबैभन्दा ठूलो चुनौती बनेको छ।
“खानलाउनै समस्या छ, छोरीको उपचार कसरी गरूँ?”
कमलाका बुवा राम बिष्टको पीडा शब्दमा व्यक्त गर्न कठिन छ। शारीरिक रूपमा अपाङ्ग रहेका उनी परिवारको कमजोर आर्थिक अवस्थाका कारण छोरीको उपचार खर्च जुटाउन असमर्थ छन्। घरमा नियमित आम्दानी गर्ने कोही छैनन्। सानो छोराको हेरचाह र घरखर्चको जिम्मेवारी पनि उनकै काँधमा छ।
आफ्नो दुःख सुनाउँदै राम बिष्ट भन्छन्, “घरको आर्थिक अवस्था निकै कमजोर छ। खानलाउनै समस्या छ। म एक्लो मान्छे छोरीको हेरचाह गर्नमै ठिक्क छु। कमाउने कोही छैनन्, छोरा पनि सानै छ। अहिले एकातिर घरको खर्च धान्नुपरेको छ, अर्कोतिर छोरीको उपचारका लागि पैसा जुटाउन धौधौ भएको छ।”
छोरी बिरामी भएपछि उनलाई छाडेर घर फर्कन पनि रामलाई सहज छैन। अस्पतालमा छोरीको हेरचाह गर्नुपर्ने बाध्यता छ, तर घरमा पनि खर्चको समस्या उस्तै छ। कमाउने व्यक्ति नहुँदा दैनिक जीवन चलाउनसमेत कठिन भइरहेको अवस्थामा उपचार खर्च जुटाउनु उनका लागि ठूलो संकट बनेको छ।
आमाको माया सानैमा गुमाएकी छोरीलाई जसोतसो हुर्काएका राम बिष्ट अहिले आफ्नै आँखाअगाडि छोरीलाई पीडामा देख्न विवश छन्। छोरीलाई निको पार्ने चाहना छ, तर आर्थिक अभावले चाहनाअनुसार उपचार गराउन सकिरहेका छैनन्। बुवाको मनमा छोरी निको भएर घर फर्किने आशा छ, तर त्यसका लागि आवश्यक खर्च कसरी जुटाउने भन्ने चिन्ताले उनलाई सताइरहेको छ।
उपचारका लागि सहयोगको अपिल
कमलाको उपचारमा आर्थिक अभाव भएपछि आफन्तहरूले ‘कमला बिष्ट बचाउ अभियान’ सञ्चालन गरेका छन्। उनीहरूले देशविदेशमा रहेका नेपाली, समाजसेवी, विभिन्न संघसंस्था तथा सहयोगी मन भएका व्यक्तिहरूलाई आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्। कमलाले अझै आफ्नो भविष्य निर्माण गर्नुपर्ने छ। उनका सपना पूरा हुन बाँकी छन्। आमाको माया गुमाएर हुर्किएकी उनी अहिले आफ्नै जीवन बचाउन अरूको सहयोगको प्रतीक्षामा छिन्।
यस्तो अवस्थामा आर्थिक अभावकै कारण उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले आफन्तहरूले सहयोग अभियान अघि बढाएका हुन्।दशैँको समयमा आफ्नो परिवारसँग खुसी साटिरहेका बेला अस्पतालको शैयामा जीवनसँग संघर्ष गरिरहेकी कमलालाई सम्झेर सक्दो सहयोग गरिदिन परिवारले आग्रह गरेको छ। सानो सहयोगले पनि उनको उपचारमा ठूलो अर्थ राख्न सक्छ। कमला निको भएर पुनः सामान्य जीवनमा फर्किन सकून्, अधुरा सपना पूरा गर्न सकून् र बुवा राम बिष्टको जीवनमा फेरि आशा फर्कियोस् भन्ने कामनासहित आफन्तहरूले सबैसँग सहयोगको हात बढाइदिन अनुरोध गरेका छन्।
सहयोगका लागि आफन्त मनोज बिष्ट: ९७६४२०५७९६ बुवा राम बिष्ट: ९७४९९५१५८३,र बिरामी कमला बिष्ट ९७६१२११८६२ मा सहयोग गर्न सकिने छ । यस्तै कमला बिष्टको नाममा उपलब्ध गराइएको ईसेवा क्यूआर कोड स्क्यान गरी पनि सहयोग गर्न सकिनेछ। अन्ततः कमला बिष्टको जीवन बचाउने अभियानमा सक्दो सहयोग गरौँ। तपाईंको सानो सहयोग उनको उपचार र परिवारको आशाको ठूलो आधार बन्न सक्छ।