"सरकारले बाजुरामा हेलिकप्टर पठाउन मानेन,बजेट छैन भन्यो,रास्वपा नेताले भ्रम फैलाए":सांसद गिरी

रास्वपा नेता थापाले मंगलबार भनेका थिए "हेलिकप्टर आउन्छ,मैले भनिसके"

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

रास्वपा नेता थापाले मंगलबार मात्रै आफ्नो सामाजिक सञ्जालमा घाइतेको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्छु,मैले कुरा गरिसके,भोलि हेलिकप्टर आउन्छ,ढुक्क हुनुस्  भनेर स्थानीयलाई साच्ची राखेर भिडियो समेत पोष्ट गरेका थिए । उनले स्थानीयलाई वरिपरि राखेर गरेको बाचा पूरा भएन । सरकारले हेलिकप्टर पठाएन । सरकारले उद्धारका लागि हेलिकप्टर नपठाएपछी सांसदले गृहमन्त्रालयमै गएर हेलिकप्टर नपठाउन भनेर भनेको भन्दै आफ्नो र सरकारको बचाउमा थापा उत्रीएको हुनसक्ने  सांसद गिरीको बुझाई छ । 

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

रास्वपा नेता थापाले मंगलबार भनेका थिए "हेलिकप्टर आउन्छ,मैले भनिसके"

काठमाडौं : बुधबार बिहान रास्वपा नेता हेमराज थापाले आफ्नो सामाजिक सञ्जालमा कडा आक्रोश व्यक्त गर्दै बाजुराबाट निर्वाचित सांसद प्रती गम्भीर आरोप लगाए । उनले सांसद गिरीले बाजुराको सिमानामा प्रहरी चौकी बन्नु हुँदैन,हेलिकप्टर पठाउन आवश्यक नरहेको,घाइतेहरुको अवस्था सामान्य रहेको भन्दै  हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद सहित गृह मन्त्रालय पुगेर भनेको भन्दै सामाजिक सञ्जालमा उल्लेख गरे ।

थापाले यो स्टार्टस उल्लेख गरेपछि बाजुराबाट निर्वाचित सांसद गिरीको यतिबेला चर्को आलोचना भैईरहेको छ । सिमा विवादका विषयमा वा जिल्लाका नागरिक घाइते भैई उपचारला लागि तड्पिरहदा सांसद गिरी गैरजिम्मेवार र बेखबर बनेको आरोप लगाउदै उनी विवादमा तानिएका छन् । रास्वपा नेता थापाले लेखेको स्टार्टस पछि थप आलोचना भैईरहेको छ । तर यता सांसद गिरीले भने  गिरीले भने यो सबै झुटो,अपवाह,र भ्रामक भन्दै खण्डन गरेका छन् । सिधा प्रहार संग कुराकानी गर्दै गिरीले यो कपोकल्पित र भ्रामक आरोप मात्रै रहेको जिकिर गरे । 

गिरीले सामाजिक सञ्जालमा लगाईएका आरोपहरु निराधार रहेको दाबी गरेका छन् । आफू सहित  निवर्तमान पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे र हुम्लाका सांसद जयपती रोकायाले घाइतेहरुको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न निरन्तर पहल गरेको दाबी गरे। गृहमन्त्रालयमै पुगेर पटक-पटक घाइतेको उद्धारका लागि हेलिकप्टरको माग गर्दा पनि गृह मन्त्रालयले तत्काल हेलिकप्टरको  व्यवस्था गर्न बजेट व्यवस्था गर्न नसकिने बताएको उनको भनाई छ ।

हिमाली गाउँपालिका संग समेत समन्वय गरिएको तर गाउँपालिकाबाट पनि बजेट बिनियोजन गर्न कुनै श्रोत नभएको जानकारी प्राप्त भएपछि थप समन्वय निरन्तर गरेको विषयलाई व्यवस्था गर्दै केही गरेनन् चुपचाप छन् भन्दै लगाईएका निराधार आरोपहरुमा कुनै सत्यता नभएको गिरी बताउन्छन् । गिरीले सामाजिक सञ्जालमा  गत फागुन २१ को निर्वाचनमा बाजुराबाट रास्वपाको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका रास्वपा नेता हेमराज थापाले लेखेको स्टार्टस निराधार र तत्यहिन् र भ्रामक रहेको बताए। 

रास्वपा नेता थापाले मंगलबार मात्रै आफ्नो सामाजिक सञ्जालमा घाइतेको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्छु,मैले कुरा गरिसके,भोलि हेलिकप्टर आउन्छ,ढुक्क हुनुस्  भनेर स्थानीयलाई साच्ची राखेर भिडियो समेत पोष्ट गरेका थिए । उनले स्थानीयलाई वरिपरि राखेर गरेको बाचा पूरा भएन । सरकारले हेलिकप्टर पठाएन । सरकारले उद्धारका लागि हेलिकप्टर नपठाएपछी सांसदले गृहमन्त्रालयमै गएर हेलिकप्टर नपठाउन भनेर भनेको भन्दै आफ्नो र सरकारको बचाउमा थापा उत्रीएको हुनसक्ने  सांसद गिरीको बुझाई छ । 

सांसद गिरीले कुराकानीका क्रममा भने "रानिसैन बाजुरा जिल्लामा पर्छ भन्ने विषयमा माननीय जनक राज गिरी प्रष्ट हुनुहुन्छ" त्यहाँ जुन घटना भयो त्यो निकै दु:खद भयो,यसमा घाइतेको उद्धारका लागि घटना घटेको दिन देखि नै निरन्तर पहल गरिरहनु भएकै छ, सिमामा विषयमा कुनै राजनीति सहमति हुने कुरा नै होईन, हुम्लाका सांसद र बाजुराका सांसद एउटै पार्टीको हुनु त्यो फरक विषय हो तर राजनीति आस्था एउटै भएका कारण सिमाका विषयमा सांसद गिरी गम्भीर देखिएनन् भनेर लगाइएको आरोपमा कुनै सत्यता छैन" 

 पटक-पटक घाइतेको उद्धारका लागि हेलिकप्टर पठाईदिन आग्रह गर्दा पनि सरकारले व्यवस्था गरेको विषयको बचाउमा रास्वपा नेता हेमराज थापा उभिएको यता हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद जयपती रोकायाले बताए । आफ्नो पार्टीको सरकारको बचाउ गर्न दोष अरुमाथि थुपार्ने विषय एउटा राजनीति दलको नेताको गैरजिम्मेवारीपन भएको पनि बताए । 

रानिसैनको सिमा विवादको विषयमा आफूहरु निरन्तर सम्बादमा रहेको सांसद रोकायाको भनाई छ ।उनले निरन्तर सांसद जनकराज गिरी र आफू बीच सम्बाद समन्वय र सहकार्य भैईरहेको र गृहमन्त्रालयको समेत ध्यानाकर्षण गराएको बताएका छन् ।

सांसद रोकायाले भने " हामी छलफल मै छौँ,त्यहाँ दुई जिल्ला बीच जुन विवाद भईरहेको छ यो अत्यन्तै दु:खद छ,यसलाई वार्ता मार्फत समाधान गर्नुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौँ" यतिमात्र होईन उनले त्यहाँ हाल प्रदेश सरकारबाट बजेट बिनियोजन भैई निर्माण कार्य थालिएको प्रहरी चौकी निर्माणका लागि गृहमन्त्रालयको निर्णय अनिवार्य रहेको गृह सचीवले बताएपछि तत्कालका लागि रोकिएको उनको भनाई छ ।

सांसद रोकायाले भने" प्रहरी चौकी अहिले निर्माण जुन भैईरहेको छ,त्यो निर्माण गर्नका लागि गृहमन्त्रालयको नै निर्णय हुनुपर्छ भनेर गृह सचिबले भन्नुभयो,त्यसैले अहिले विवाद समाधान गरेर मात्रै निर्माण कार्य थालिनुपर्छ भन्ने कुरामा सहमत भएका हौँ । कुनै राजनीति सहमति भएको होइन,यो विवादलाई शान्तिपूर्ण वार्ता मार्फत समाधान गर्न हामी लागिरहेकै छौँ" उनले सत्यलाई तोडमोड गरि जनक राज गिरी र जयपती रोकाया एउटै राजनीति दलको भएकै कारण राजनीति सहमति भयो भनेर गरिएको झुटो प्रचार प्रती असन्तुष्टि व्यक्त गरेका छन् । यो दुई जिल्ला बीचको सिमा विवाद जस्तो गम्भीर विषयमा कुनै राजनीति सहमति हुन नसक्ने यो नितान्त शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्या समाधान गर्ने कुरामा प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।

यस्तो थियो  थापाले उल्लेख गरेको स्टार्टस : 

बजुरेलि जनता गम्भिर घाइते छन, बाजुराको सम्पति आफ्नो हो भनेर अतिक्रमण हुँदैछ।बाजुराको सिमानामा प्रहरि चौकि बन्नु हुँदैन भनेर हुम्ला बाट नेपालि कँग्रेस बाट जितेको माननिय जसपति रोकाया सँग बाजुराका साँसद जनक गिरिले सहमति गरेका छन। घाइतेहरु गम्भिर छैनन सामान्य हुन सरकारले हेलिकप्टर पठाउनु हुँदैन भनेर सिँहदरबार गएर गृहसचिब संग बाजुराका माननिय र हुम्लाका माननियले जनता रुवाउन सहमति पनि गरेछन । पार्टि भन्दा माथि नागरिक हुन भन्ने बिर्सेको हो माननिय ज्यु?

पछिल्लो केहीदिन यता लामो समय देखि सिमाको विषयलाई लिएर हुँदै आएको विवाद थप चुलिएको छ ।बाजुरा र हुम्ला दुई जील्ला बीच अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर र भइरहेको विवाद थप सतहिमा आएको छ । यो विषयलाई लिएर यतिबेला दुई जिल्लाका स्थानीय आमनेसामने भएका छन् । यसबैबीच बाजुराको हिमाली गाउँपालिका.३ लाम्पाटामा बाजुरा र हुम्लाका स्थानीयबीच  अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर लामो समय देखि दुई जिल्लाका सीमावर्ती क्षेत्रका नागरिकबिच झडप पछि स्थिति थप तनाबपूर्ण बन्दै गएको छ। बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा, च्याचौर क्षेत्रमा पाइने जडीबुटी तस्करी र अवैध वन्यजन्तु सिकार गर्ने कार्यलाई रोक्न त्यहाँ अस्थायी प्रहरी चौकी निर्माण गर्ने क्रममा दुई जिल्लाका स्थानीय विच झडप भएको हो ।

यसैबिच ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानमा सहभागी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहित करिब ४० जनाको भ्रमण टोली त्यहाँ पुग्यो। उक्त टोलीमा हिमाली गाउँपालिका अध्यक्षसहितको टोली पनि समावेश थियो ।टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका .२ थाली गाउँका करिब २५० देखि ३०० जना स्थानीय आक्रोशित बनेपछि विवाद चर्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विवादपछि दुवै पक्षबीच वादविवाद र हातपात भएको थियो । प्रहरीका अनुसार जेठ ३ गते हिमाली गाउँपालिका .३ लाम्पाटामा निर्माण हुन लागेको अस्थायी प्रहरी चौकीको विषयमा स्थानीयले निर्माण सामग्री फालेपछि विवाद सुरु भएको थियो ।

घाइतेहरु आफ्नै खर्चमा हेलिकप्टरमा सर्खेत गए 

विवादका घाइतेहरूमध्ये चार जनालाई उपचारका लागि सुर्खेत लगिएको छ । उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो ।झडपमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए । उनका अनुसार घाइते हुनेमा हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, ५० वर्षीय नरबहादुर गुरुङ, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हबल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा थिए ।

उनीहरूमध्ये पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।हेलिकप्टर उद्धारको रकम भने बिरामी आफैले तिर्ने तय भएको हिमाली गाउँपालिकामा कार्यरत कर्मचारी राजबहादुर भण्डारीले बताए ।घाइतेहरूको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।