यता असन्तुष्ट पक्षबाट आरोपै आरोप खेपिरहेका नेविसंघ बाजुरा अध्यक्ष जनक थापाले भने विधान अनुसार नै आफुले जिम्मेवारी सुम्पिएको जिकिर गरेका छन् । पार्टी द्वारा गठित समितिले नै आफुलाई सिफारिस गरेपछि नेपाल विद्यार्थी संघको विधान अनुसार नै आफुले जिम्मेवारी दिएको अध्यक्ष थापाको दाबी छ । आफू अनुकुल नहुँदा संगठनको नै बेइज्जत हुने गरि आफ्ना विरुद्ध षड्यन्त्र रचिएको थापाको भनाई छ । आफू माथि लगाईएका आरोपहरु निराधार रहेको जिकिर गर्दै थापाले आफ्नो अनुकुलको व्यक्तिलाई बनाउन नपाउदाको रिसको झोकका रुपमा आफुले लिएको बताएका छन् ।
एक वर्षपछि चयन गरिएको नयाँ नेतृत्व पनि विवादमा
काठमाडौँ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाजुरामा दुई समुह बीचको विवादले भाँडभैलो मच्चिएको छ। उसोत नेपाल विद्यार्थी संघ बाजुरा आन्तरिक विवादबाट कहिले मुक्त हुन सकेको छैन भन्दा पनि फरक पर्दैन । अहिले त झनै यो विवाद उत्कर्षमा पुगेको छ । नेविसंघ बाजुरा काठमाडौँ सम्पर्क समितिको नेतृत्व चयनको विवादले नेविसंघ बाजुरामा भाँडभैलो मच्चिएको हो ।
यतिबेला दुई समुह बीचको विवाद चुलिएको छ। संस्थापन पक्ष र इतर समुह बीचको विवाद नेपाली कांग्रेसमा कुनै नौलो विषय त पक्कै पनि होइन । जसबाट कांग्रेसका भातृ संगठनहरु समेत मुक्त हुन सकेका छैनन् । यसबाट बाजुरा कांग्रेस अछुत हुन सक्ने कुरै भएन । पार्टी को महाधिवेशन होस् वा पार्टीका भातृ संगठन र सुभेच्छुक संस्थाको अधिवेशन होस् त्यहाँ दुई समुह बीचको विवाद जहिँले छताछुल्ल हुने गरेको छ । यतिबेला नेपाल बिद्यार्थी संघ बाजुरामा दुई समुह बीचको विवाद छरप्रष्ट भएको छ ।
उसो त दुई समुह बीच नेतृत्व लिने विषयमा आन्तिरिक विवाद नेविसंघमा भइरहन्छ । यतिबेला भने पार्टीमा जस्तै भातृ संगठनमा पनि निरन्तरता पाइरहेको गुटउपगुटको आन्तरिक विवाद फेरी एक पटक सतहिमा आएको छ । कारण हो नेपाल विद्यार्थी संघ बाजुरा काठमाडौँ सम्पर्क समितिको अध्यक्ष मनोनितको बिषय । नेपाल विद्यार्थी संघ बाजुरा बाजुराका अध्यक्ष जनक थापाले बाजुरा –काठमाण्डौं सम्पर्क समितीको अध्यक्षमा टेकबहादुर सिंहलाई जिम्मेवारी सुम्पिए। विगत लामो समय देखी समिती विहिन बनेको नविसंघ बाजुरा काठमाण्डौं सम्पर्क समितीको अध्यक्षमा सिंहलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
नेपाल विद्यार्थी संघको विधान (२०२८ आठौं संसोधन २०८१)को भाग ३ धारा ६ को उपधारा १० मा रहेको प्रवाधान अनुसार सिंहलाई अध्यक्षको जिम्मेवारी दिएको नेविसंघ बाजुराका अध्यक्ष जनक थापा द्धारा हस्ताक्ष्रित पत्र सार्वजनिक भयो । जब यो पत्र सार्वजनिक भयो अनि सुरु भयो सामाजिक सञ्जालमा दुई समुह बीच दोहोरी । कतिपयले यो निर्णयलाई स्वागत योग्य निर्णय पनि भने । तर यता नेपाल बिद्यार्थी संघकै केन्द्रीय सदस्यहरुले यसमा आपत्ति जनाए ।
यता सिंहले बाजुरा–काठमाण्डौं सम्पर्क समितीको अध्यक्षमा जिम्मेवारी पाईसकेपछी नेविसंघको विधान र मर्यादामा कार्य गर्नुहुने र नेपाल विद्यार्थी संघ बाजुरालाई थप उचाई मिल्नेमा दृढ विश्वास लिएको सिंह निकटले बताइरहेका छन् ।सिंह विगत लामो समय देखी काठमाण्डौ अध्यनरत गर्दै आएका छन् ।विद्यार्थीका मुद्धाहरुमा सवालमा समेत आवाज उठाउदै आएका थिए । पटक–पटक राजनीतीकि पार्टीबाट पिल्सीएका सिंहले पहिलो पटक नेविसंघ बाजुरा–काठमाण्डौं सम्पर्क समितीको जिम्मेवारी पाएका हुन् । उनि बुढिगंगा नगरपालिका–१ का युवा हुन् । उनि निकटले लामो समयपछि नेविसंघले सिंहलाई न्याय गरेको प्रतिक्रिया दिएका छन् । सिंहको नेपाल विद्यार्थी संघमा लामो योगदान छ ।
उनि संगठनका लागि जस्तोसुकै मुल्य चुकाउन समेत बाध्य भएका एक योद्धाको रुपमा उनको प्रशंसा गर्दै धेरैले बधाइ दिएका छन् । सिंहले पार्टी र नेविसंघका लागि गरेको योगदानको कदर भएको उनि निकटको ठहर छ । तर जिल्ला अध्यक्ष जनक थापाले उनलाई दिएको जिम्मेवारी प्रति यता अर्को पक्ष भने असन्तुष्ट देखिएको छ। उनलाई जिममेवारी दिएको केही समय पश्चात सामाजिक सञ्जालमा अध्यक्ष थापाको आलोचना सुरु भइसकेको थियो । तर सामाजिक सञ्जालमा मात्रै आलोचना सिमित रहेन नेविसंघका पाँच जना केन्द्रिय सदस्य द्धारा हस्ताक्षरित विज्ञप्ती नै बुधबार सार्वजनिक भयो ।जुन विज्ञप्तीमा अध्यक्ष थापाले पार्टीको निदेर्शनलाई लत्याएर आफ्नो मनोमानी ढंगले जिम्मेवारी सुम्पिएको आरोप लगाएका छन् ।
संगठनको मर्म र भावना विपरित गएर आफू निकटको व्यक्तिलाई मनोनित गरेको भन्दै उक्त निर्णय खारेजिको माग समेत विज्ञप्ती मार्फत गरिएको छ। केन्द्रिय सदस्य दिनेश कुमार शाही,मंगल रावत,जस बहादुर शाही,भरत बहादुर बुढा,खडक बहादुर एडी द्धारा जारी गरिएको सयुक्त विज्ञप्तीमा नेविसंघ बाजुराका अध्यक्ष जनक थापाको चर्को आलोचना गरिएको छ । एक वर्ष अघि नै सुरु भएको नेविसंघ बाजुरा काठमाडौँ सम्पर्क समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको भएपनि नेतृत्व चयनको प्रक्रिया आनितरिक विवादकै कारण रोकिएको थियो ।
बन्द शत्र नै सुरु नभई अधिवेशन विवादिन बन्न पुगेको थियो । दुई समुह बीचको आन्तिरिक विवादका कारण नयाँ नेतृत्व चयन हुन सकेको थिएन । एक वर्ष पछि गत श्रावण २० गते नेपाली कांग्रेस बाजुराका शिर्ष नेताहरुको बैठक बसि नेपाली कांग्रेस बाजुरा सम्पर्क समितिका सभापति सुर्य बहादुर शाहको संयोजकत्वमा बाजुराबाट नेपाल विद्यार्थी संघको केन्द्रिय कार्य समितिका सदस्यहरु सदस्य रहने गरी एउटा समिति समेत गठन गरिएको थियो । करिब एक वर्ष पछि नयाँ नेतृत्व पाएको नेविसंघ बाजुरा काठमाडौँ सम्पर्क समितिको नयाँ नेतृत्व चयनको विषय विवादित बनेको हो ।
नेताहरुकै सल्लाहमा गठित समितिले निरन्तर कामहरु अगाडी बढाइरहेको अवस्थामा भाद्र १० गते अध्यक्षमा जिम्मेवारी दिइएको र त्यसैको भोलिपल्ट ११ गते कार्यसमितिलाई पूर्णता दिएको भन्दै आफूहरुको गम्भिर ध्यानाकर्षण भएको सयुक्त हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । पार्टीको निदेर्शन बिपरित र नयाँ नेतृत्व चयनका लागि गठित समितिका सदस्यहरुको सहमती,मर्म,भावनार र परामर्श बिना एकलौटी मनोमानी ढङ्गले अबैधानिक तरिकालेस जिम्मेवारी दिइएको विषय बिधिको उपहास भएको आरोप उनिहरुको छ।
समितिका उम्मेदवारहरु बीच सकेसम्म सहमती गराउने र सहमति नभएको अवस्थामा स्वच्छ प्रतिस्पर्धा अर्थात निर्वाचन मार्फत नेतृत्व चयन गर्ने गरी पक्रिया अगाडी बढिरहेकै अवस्थामा उम्मेदवार संग कुनै सल्लाह नै नगरी पार्टीको निर्देशन कुल्चिएर समितिका बहुमत सदस्यलाई जानकारी समते नदिई आफ्नो मनोमानीमा गुटगत गन्ध आउने गरी संगठनलाई नै विभाजन गर्ने मनासायले भए गरेका कार्यको घार चत्सर्ना गर्दै संगठनको खिलापमा हुने अवाञ्छित गतिबिधि रोकन खबरदारी गर्दछौँ विज्ञप्तीमा भनिएको छ। पार्टीका शिर्ष नेताहरुको बैठक बसि गठन गरिएको समितिका सदस्य समेत नरहेका अध्यक्ष थापाले मनोमानी,स्वेच्छाचारी तवरबाट अराजकरुपमा संगठनलाई विभाजन गर्ने मनसायले गरेको अबैधानिक निर्णय खारेज गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।
यतिमात्रै होइन संगठनलाई नै विभाजन गर्ने मनसायले संगठनलाई कमजोर पार्ने गरी गरिएको एकलौटी निर्णय बारे सत्य तथ्य छानविन गरी कारबाही गर्न समेत पार्टी नेतृत्वलाई विज्ञप्ती मार्फत भनिएको छ । यो विज्ञप्ती सार्वजनिक भएपछि दुई समुह बीचको विवाद थप पेचिलो बन्दै गएको छ । संस्थापन पक्ष र इटर समह आमनसामने भएका छन् । यता अध्यक्ष थापाले जिम्मेवारी दिएका टेक बहादु सिंहले समितिलाई पूर्णता दिइसेका छन् चने असन्तुष्ट पक्षले उक्त निर्णय अस्विकार गरेको छ। अस्विकार मात्रै गरेको छैन पाँच जना कार्यसमिति चयनकै लागि गठित समितिका बहुमत सदस्यले यो निर्णय खारेज गरेको दाबी नै गरेका छन् । एकपक्षिय निर्णयलाई समर्थन गरेर सोही कार्यसमितिलाई आफुहरु स्विकार नगर्ने उनिहरुको अडान छ ।
यो विवाद भातृ संगठनमा मात्रै सिमित नभई पार्टीको शिर्ष नेतृत्व तहसम्मै पुग्ने देखिएको छ। यद्यपी यो बिषयलाई लिएर पार्टीका नेताहरुले भने प्रतिक्रिया जनाएका छैनन् । असन्तुष्ट मध्यका नेविसंघका केन्द्रिय सदस्य जस बहादुर शाही भन्छन्, "संगठन कुनै एक व्यक्तिको होइन, हामी लोकतन्त्रमा विश्वास गर्छौँ आजको पुस्ताले नेतृत्व चयान क्षमताका आधामा गर्ने हो कनै एक व्यक्तिको नजिकको वा मन पारएको व्यक्तिलाई होइन,हो विर्णय गलत भएको छ यो मान्य हुँदैन,एकलौटी रुपमा कर्सलाई नसोधी दिइएको जिम्मेवारी माही स्विकार गर्दैनौँ, प्रतिस्पर्धाका आधारमा निर्वाचन मार्फत नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा हामी छौँ"
यता यो विषयमा नेविसंघ बाजुरा काठमाडौं सम्पर्क समितिको नयाँ नेतृत्व चयनका लागि गठित समितिका संयोजक सुर्य बहादुर शाहलाई बुझ्दा उनले यो काम गर्ने र काम नगर्ने बीचको विवाद भएको जिकिर गरे । उनले यो कुनै गुटउपगुटको लडाइँ नभैई काम गरेर देखाउने र काम गरिसकेपछि बिरोध मात्रै गर्ने जमातहरु बीचको अन्तरसंघर्षका रुपमा लिएको बताएका छन् । विज्ञप्ती मार्फत लगाईएका निराधार आरोपहरु स्विकार्य नभएको भन्दै यसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि संयोजक शाहको भनाई छ । उनका अनुसार टेक सिंह लगायत अन्य दुई जना प्रतिस्पर्धी सुरेन्द्र भण्डारी र आशिष गिरी पनि उम्मेदवार थिए ।
पार्टीको बैठक बसी गठित समितिलाई पार्टीको निर्देशन बमोजिम नै प्रक्रिया अगाडी बढाएको,तर सहमति हुन नसकेपछि अन्ततः अन्य उम्मेदवारले नै समितिले गरेको निर्णय मान्ने भनेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया टुङ्गयाएको उनको दाबी छ । तर यता अर्का उम्मेदवार आशिष गिरीले भने आफूहरुलाई कुनै जानकारी नै नदिई एक व्यक्तिलाई जिम्मेवारी दिईएको बताएका छन् । सहमति नभएपछि अन्ततः तीन जना उम्मेदवारहरु बसाई अन्तिम निर्णय पार्टी द्वारा गठित समितिले अन्तिम निर्णय गर्न सक्ने भनिएको भएपनि अन्ततः आफूहरुलाई सामान्य जानकारी समेत नदिएर समितिलाई पूर्णता दिएको प्रती आफुहरुको आपत्ति रहेको गिरीको भनाई छ ।
यस्तै यता असन्तुष्ट पक्षबाट आरोपै आरोप खेपिरहेका नेविसंघ बाजुरा अध्यक्ष जनक थापाले भने विधान अनुसार नै आफुले जिम्मेवारी सुम्पिएको जिकिर गरेका छन् । पार्टी द्वारा गठित समितिले नै आफुलाई सिफारिस गरेपछि नेपाल विद्यार्थी संघको विधान अनुसार नै आफुले जिम्मेवारी दिएको अध्यक्ष थापाको दाबी छ । आफू अनुकुल नहुँदा संगठनको नै बेइज्जत हुने गरि आफ्ना विरुद्ध षड्यन्त्र रचिएको थापाको भनाई छ । आफू माथि लगाईएका आरोपहरु निराधार रहेको जिकिर गर्दै थापाले आफ्नो अनुकुलको व्यक्तिलाई बनाउन नपाउदाको रिसको झोकका रुपमा आफुले लिएको बताएका छन् ।
थापाले भने " म पार्टीको निर्देशन बिपरित गएको छैन,विधान विपरीत पनि होईन,संगठनको मर्म,भवनमा माथि ठेस पुग्ने कुनै काम गरेको छैन,काम नगर्ने अनावश्यक विरोध मात्रै गर्ने समुहले जारी गरेको विज्ञप्तीको कुनै अर्थ छैन,म माथि लगाईका आरोपहरु निराधार हुन् " अहिले यो विषयलाई लिएर नेविसंघका विद्यार्थीहरु दुई खेमामा विभाजित छन् । एक पक्षले अध्यक्षको जिम्मेवारी पाएर समितिलाई समेत पूर्णता दिइसकेका टेक बहादुर सिंहको समितिलाई निरन्तरता दिनुको अर्को विकल्प नरहेको जिकिर गरिरहेका छन् । अहिले दुई पक्ष बीच आरोप प्रतीआरोप चलिरहेको छ । एक समुहले अर्को समुहलाई सक्दो सरापिरहेका छन् ।
अर्को असन्तुष्ट पक्षले यो समिति नै खारेज गर्ने भन्दै चेतावनीको भाषामा विज्ञप्ती जारी गरेको छ । हाल अध्यक्षको जिम्मेवारी पाएका सिंह संस्थापन समुहका मानिन्छन् भने असन्तुष्ट भएर विज्ञप्ती जारी गर्ने सबै इतर समुहका छन् । उनीहरूले वाहाना अनेकौं गरेपनि नितान्त दुई समुह बीचको लडाइँका रुपमा यो विवादलाई हेरिएको छ । तर यो विषयलाई गुटउपगुटको लडाइँका रुपमा स्वीकार गर्न दुबै पक्ष तयार छैनन् । श्रोतका अनुसार हाल असन्तुष्ट पक्षले आफू निकटकोलाई अध्यक्ष बनाउन लभिङ गरिरहेको थियो । तर त्यो सम्भव नभएको आवेगमा अनावश्यक टिकाटिप्प्णीमा लागेको बताइन्छ ।
समितिका संयोजकले सर्वसहमतिका लागि अन्तिम प्रयास गर्दा पनि सम्भव नभएपछी सिंहलाई जिम्मेवारी दिइएको संस्थापन पक्षको दाबी छ । तर यता असन्तुष्ट पक्षले भने सहमति नभएपछिको अर्को विकल्प निर्वाचन मार्फत नेतृत्व चयन गर्नुपर्ने प्रक्रियालाई लत्याएर जबरजस्त एक व्यक्तिलाई टिको लगाएको जिकिर गरेको छ । यस्तो टिके प्रथा एक सच्चा नेपाल विद्यार्थी संघको योद्धालाई स्विकार्य नहुने उनीहरूको दाबी छ ।
उसो त कांग्रेस होस् वा अन्य राजनीति दलमा नै किन नहुन् कुनै पनि राजनीति दलले वा ती दलका भातृ संगठनहरुले आन्तरिक लोकतान्त्रलाई कार्यान्वयनमा लैजान सकेका छैनन् । अधिकांस नेताहरु जब जब नेतृत्व चयन गर्ने बेला नजिकिन्छ अनि पार्टी नेतृत्वलाई गुहार्न थाल्छन् । त्यहीँ अनुसारको सक्रियता बढाउन्छन् । नेताको नजिक बनेर नेता बन्ने प्रवृत्ति हाबी हुँदै गएको छ । कुनै पनि राजनीति दलमा योगदान र योग्यताका आधारमा नेतृत्व चयन हुन सकेको छैन। नेतृत्वले पनि आफ्नो नजिकको व्यक्तिलाई जबरजस्त सर्वसहमतीका नाममा नेतृत्व लिने जिम्मेवारी दिने गरेका कयौं घटनाहरु छन् । यसबाट बाजुरा कांग्रेस वा उसको भातृ संगठन नेविसंघ पनि अछुत छैन ।
विद्यार्थी संगठनका नेताहरु आफ्नो गुटले नेतृत्व लिनुपर्ने अडान सहित मैदानमा होमिन्छन् । त्यहीँ अनुसारको लभिङ उनीहरूले आफ्ना नेताहरु संग गर्छन् । जसरी पनि आफ्नो टिमले नेतृत्व गर्नुपर्ने मनसायका राख्छन् र कुन टिमले नेतृत्व लिने भन्ने होडबाजी चल्ने गर्छ । आफू अनुकुल नहुँदा दोष जति सबै अर्को पक्षलाई थुपार्ने गर्दै आएको भएपनि सबैको चाहाना जसरी हुन्छ आफू निकटको व्यक्तिलाई नै नेतृत्वमा पुर्याउन चाहान्छन् । सहमति नभए निर्वाचन मार्फत नेतृत्व चयनको कुरा गर्ने भनेकै आफू अनुकुल नहुँदा हो। तर केही यस्ता नेताहरु पनि छन् जो पार्टी नेतृत्वको निर्देशन भन्दा माथी उठेर प्रतिस्पर्धाका आधारमा नै नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा उभिन्छन् ।
बरु निर्वाचन मार्फत पराजित हुन तयार हुन्छन् तर स्वच्छ प्रतिस्पर्धा गरेरै छाड्छन् । यहीँ बीचमा केही नेताहरु भने निर्वाचन मार्फत नेतृत्वमा पुग्न नसक्ने परिस्थिति भएपनी नेताहरुको चाकडी गरेर,नेताहरुको कृपा वा आशिर्वादले नेतृत्व गर्ने जिम्मेवारी लिन सफक हुन्छन् । पार्टीका नेताहरु समेत आफ्नो टिमको विद्यार्थी नेतालाई नेतृत्व प्रदान गर्न तम्सिन्छन् । कांग्रेसमा पार्टी भित्रकै दुई समुह बीचको आन्तरिक द्वन्द्व महाधिवेशनमा मात्रै सिमित रहदैन चुनाब सम्मै पुग्छ । बरु चुनाबका बेला बिपक्षी सम्म प्रतिस्पर्धामा उत्रिनुपर्ने कांग्रेस आफ्नै पार्टीको आन्तरिक विवादका कारण पार्टी भित्रै रोचक प्रतिस्पर्धामा हुने गरेको छ । जसको नाफा बिपक्षी दलले लिदै आएका छन् ।