आगामी पुष १९ गते काठमाडौंमा भुवा पर्व मनाईने


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

काठमाडौंमा विभिन्न पेसा, व्यवसाय र अध्ययनमा आएका बाजुरावासीहरुले अघिल्लो वर्ष पनि राजधानीमा भुवा पर्व मनाएकका थिए । भुवा पर्व सूदुरपश्चिमका पहाडी र हिमाली जिल्लामा मनाईने पर्व हो । भुवा पर्व औँसीको अघिल्लो रात गाउँका सबै जम्मा भएर जङ्गलबाट मुडा बटुल्याएर आगो बालेर ताप्दै भुवा खेल्ने परम्परा छ । औँसीको विहान राँका बालेर भोस्सो खेल्ने गछर्न । हातमा ढाल र तरवार बोकेर चाली खेल्ने परम्परा छ ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

काठमाडौं : बाजुरामा मनाइने भुवा पर्व यो वर्ष पनि काठमाडौँमा मनाइने भएको छ। कौरव र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व आगामी पुष १९ गते (शनिबार)काठमाडौंको भृकुटिमण्डपमा मनाइने छ। सुदूरपश्चिमका बिभिन्न जिल्लामा मनाईने यो पर्व विगत केही वर्ष यता राजधानी काठमाडौँमा पनि मनाउन थालिएको छ। बिभिन्न पेशा व्यावसायमा आवद्ध रहेका र काठमाडौँमा अध्ययनको सिलसिलामा अस्थायी रुपमा काठमाडौँमा बसोवास गर्दै आएका बाजुरा बासिको सयुक्त अगुवाइमा काठमाडौँमा पनि मनाउन सुरु गरी यो वर्ष पनि निरन्तरता दिने बाजुरा सेवा समाजका कार्य समिति सदस्य शेर बहादुर शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौँको प्रर्दशनी मार्ग स्थित भृकुटिमण्डपमा बिहान ११ बजेबाट भुवा चाली खेल्न सुरु गरिने छ। उनले काठमाडौँमा बसोवास गरिरहेका बाजुरा वासिलाई उपस्थित भएर संस्कृतिको जगेर्ना गर्ने यो अभियानमा साथ दिन अपिल समेत गरेका छन् । यो चाली खेलेर रमाइलो गर्नेमा मात्रै सिमित नभई जो जहाँ छौँ त्यहिँबाट आफ्नो संस्कृतिको जगेर्ना गर्ने अभियानका रुपमा लिनुपर्ने  सदस्य  शाहीको भनाई छ ।

उनले भने " हामीले अघिल्लो वर्ष पनि मनाएका थियौँ, यो वर्ष राजधानीमै भुवा पर्वलाई अझै व्यस्थीत गरेर मनाउँने तयारीमा छौँ,परम्परागत संस्कृतीकलाई बचाउने हाम्रो दायीत्व हो, सस्कृति बचाउनु हाम्रो ठुलो जिम्मेवारी पनि हो,हाम्रो परम्परा गत मान्दै आएको पर्वलाई संरक्षण गर्ने उदश्येले काठमाडौंमै भुवा पर्वको सुरुवात गरेका हौँ,  यसको संरक्षण गर्नुपर्छ भनेरै हामीले अघिल्लो वर्षबाट राजधानीमै भुवा पर्व मनाउन सुरुवात गरेका हौ" यो वर्ष थप व्यवस्थित ढङ्गले मनाउदै छौँ । त्रेतायुगमा पाण्डव कौरव बीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसीयाली मनाइएको दिनमा यो पर्व मनाइने किंवदन्ती रहेको जानकारहरु बताउन्छन् ।  

बाजुरा जिल्लाको हिमाली स्वामिकार्तिक, जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका लगायतका विभिन्न ठाउँमा यो पर्वलाई विशेष रूपमा मनाइने प्रचलन छ। यही पर्वलाई अवसरका रूपमा पारेर कामको सिलसिला विदेश गएका आफन्तजनसमेत यो पर्व मनाउन घरमा आउने टाढीएका आफन्तहरु बीच भेटघाट हुने, आपसी मेलमिलाप , पारिवारिक जमघट गराउने पर्वका रुपमा बाजुरा वासिले यो पर्वलाई लिने गरेका छन् ।  दसैं  तिहार पछिको प्रमुख चाडपर्वका रुपमा उत्सवका रुपमा मनाईने यो पर्व सामाजिक सद्धाभाव कायम गर्ने,आपसि मेलमिलाप ,भाइचाराको सम्बन्धलाई बलियो बनाउने पर्वका रुपमा लिने गरीन्छ ।  
 
काठमाडौंमा विभिन्न पेसा, व्यवसाय र अध्यायनमा आएका  बाजुरावासीहरुले अघिल्लो वर्ष पनि राजधानीमा भुवा पर्व मनाएक थिए । भुवा पर्व सूदुरपश्चिमका पहाडी र हिमाली जिल्लामा मनाईने पर्व हो । भुवा पर्व औँसीको अघिल्लो रात गाउँका सबै जम्मा भएर जङ्गलबाट मुडा बटुल्याएर आगो बालेर ताप्दै भुवा खेल्ने परम्परा छ । औँसीको विहान राँका बालेर भोस्सो खेल्ने गछर्न । हातमा ढाल र तरवार बोकेर चाली खेल्ने परम्परा छ ।

पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने प्रचलन 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।