अभियान्ता हेमराज थापा बाजुरामा  रास्वपाबाट चुनाव लड्दै,टिकट दिन्छ रास्वपाले ?

रास्वपा केन्द्रिय सदस्य साँउद भन्छन् छलफल चलिररहेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

बिहिवार काठमाडौंको शान्तिनगरमा जिल्लाका झण्डै दुई सय बढी युवाहरु संग थापाले छलफल समेत गरेका छन् । उनले पछिल्लो समयमा जिल्लाका युवाहरु संग भेटवार्तालाई बाक्लो बनाएका छन् । निरन्तर जिल्लाका नेताहरु युवाहरु संग भेटवार्तामा व्यस्त छन् ।यसैबीच आज जिल्लाका युवाहरु संग आगामी निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा बाजुरामा नेतृत्व परिवर्तन आवस्यक रहेकाले हेमराज थापालाई उम्मेदवार बन्न सुझाब दिएका छन्।पुराना दलको विकल्पका रुपमा हेमराज थापा उपयुक्त उम्मेदवार बन्न सक्ने छलफलमा सहभागी अधिकांसले धारणा राखेको छलफलमा सहभागी एक युवाले सहभागीको भनाईलाई उदृद गर्दै बताए ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

रास्वपा केन्द्रिय सदस्य साँउद भन्छन् छलफल चलिररहेको छ

काठमाडौं : सामाजिक अभियान्ता हेमराज थापा बाजुराबाट चुनाव लड्ने लगभग पक्का पक्की भएको छ। आगामी फागुन २१ को निर्वाचन नजिकिदै गर्दा थापा उम्मेदवार हुन्छन् की हुदैनन् भन्ने चर्चाका बीच थापा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट चुनाव लड्ने गरि आन्तरिक रुपमा छलफल भैइरहेको श्रोतले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने हेमराज थापालाई टिकट दिने नदिने कुनै आधिकारिक जानकारी गराएको छैन।तर यता हेमराज थापाका समर्थकहरु भने बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी बाट चुनाव लड्ने पक्का पक्की भैइसकेको दाबी गर्छन् । हेमराज थापालाई बाजुरामा उम्मेदवार बनाउन बाजुराका रास्वपा निकट नेता कार्यकर्ता पनि सकारात्मक रहेको बुझिएको छ । रास्वपा संग टिकटका लागि लभिङ भैईरहेको पनि श्रोतको दाबी छ ।

बिहिवार काठमाडौंको शान्तिनगरमा जिल्लाका झण्डै दुई सय बढी युवाहरु संग थापाले छलफल समेत गरेका छन् । उनले पछिल्लो समयमा जिल्लाका युवाहरु संग भेटवार्तालाई बाक्लो बनाएका छन् । निरन्तर जिल्लाका नेताहरु युवाहरु संग भेटवार्तामा व्यस्त छन् ।यसैबीच आज जिल्लाका युवाहरु संग आगामी निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा बाजुरामा नेतृत्व परिवर्तन आवस्यक रहेकाले हेमराज थापालाई उम्मेदवार बन्न सुझाब दिएका छन्।

पुराना दलको विकल्पका रुपमा हेमराज थापा उपयुक्त उम्मेदवार बन्न सक्ने छलफलमा सहभागी अधिकांसले धारणा राखेको छलफलमा सहभागी एक युवाले सहभागीको भनाईलाई उदृद गर्दै बताए । "सहभागीले यस अघि कांग्रेस, एमाले,माओवादी सबैलाई हेर्यौँ,गर्नुपर्ने जति गर्न सक्नुभएन,त्यसकारण अब पुरानाको विकल्प खोज्नुपर्छ भन्ने धारणा सहभागीहरुको थियो" भेटवार्तामा संगै रहेका युवा विद्यार्थी नेता बिरेन्द्र बिष्टले जानकारी दिए। सामाजिक सञ्जालमा समेत हेमराज थापा बाजुराबाट स्वतन्त्र पार्टीबाट चुनाव लड्दै भन्ने चर्चा भैइरहेको छ ।

कतिपयले थापा रास्वपाको तर्फबाट उम्मेदवार बन्ने पक्का पक्की भएको भन्दै प्रचार गरिरहेका छन् । तर आजको छलफल भने आगामी निर्वाचनमा कसरी जाने ? भन्ने विषयमा छलफल केन्द्रित भएको थियो । छलफलमा थापाले बाजुराले बोलायो भने आफू उम्मेदवार बन्न तयार रहेको बताएका छन् । तर रास्वपाबाट नै लड्ने भन्ने कुरा आधिकारिक भएको छैन ।

यता रास्वपाका केन्द्रिय सदस्य खेमराज साँउदले हेमराज थापालाई बाजुरामा स्वतन्त्र पार्टीबाट उम्मेदवार बनाउने गरि छलफल चलिरहेको तर एकिन भैइनसकेको बताएका छन् ।यसको छिट्टै टुङ्गो लाग्ने र यहीँ विषयमा छलफल भैइरहेको उनको भनाई छ । सामाजिक सञ्जालमा रास्वपाबाट चुनाव लड्ने पक्का भैइसकेको भन्ने हल्लामा सत्यता नभएको उनले जिकिर गरेका छन् ।यद्यपि हेमराज थापा बाजुरामा स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने सम्भावना बढेको श्रोतले दाबी गरेको छ । उसो त थापा बाजुराबाट चुनाव लड्ने चर्चा लामो समय देखि हुँदै आएको थियो ।

यो पनि पढ्नुहोस्

 

बाजुरा वासिले सांसदका रुपमा हेर्न चाहेकाअभियान्ता हेमराज आसन्न निर्वाचनमा उम्मेदवार बन्लान् ?https://sidhaprahartv.com/news-details/baajuraa-vaasile-saansdkaa-rupmaa-hern-caahekaa-ab/

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।