थापाले बाजुराली जनताले आफ्नो आवश्यकता महसुस गरे त्यसलाई आफू नकार्न नसक्ने बरु जिम्मेवारी लिन तयार रहेको यस अघि पनि बताउदै आएका छन् । उनी भन्छन् " जनताले चाह्यो भने,नेता हुने हो,जबरजस्ती नेता हौँ भन्दै हिड्ने मेरो स्वभाव छैन,बाजुरा मेरो जन्मभूमि हो,बाजुराको जनप्रतिनिधिले भएर काम गर्न पाउने कुरा मेरा लागि सबैभन्दा ठुलो अवसर हो,सौभाग्य हो,तर त्यो जनताले अवसर दिनपर्यो,म तयार छु,तर अहिले नै म उम्मेदवार हो भनेर म हिँडेको छैन,छलफलमै छु" बाजुराली जनताले आफू प्रती गरेको भरोसा टुट्न नदिने बताउदै थापाले जिल्लावासीले जस्तोसुकै भारी बोकाएपनी बोक्न तयार रहेको बताए ।
हरेक सडक आन्दोलनमा अग्रपंक्तिमा देखिएका थापाको कसरी सुरु भयो राजनीति यात्रा ?
काठमाडौँ : आसन्न फागुन २१ को निर्वाचन नजिकीए संगै पुषको यो जाडोमा पनि देशभर राजनीति सरगर्मी बढेको छ । यतिबेला पुराना र बैकल्पिक भनिएका राजनीति दलहरू निर्वाचन केन्द्रित भएका छन् । दलहरू निर्वाचन केन्द्रीत मात्रै भएका छैनन् निर्वाचन विशेष राजनीति गतिविधि अगाडी बढाईरहेका छन् । यतिबेला दलहरू उम्मेदवारको नाम सिफारिस गर्ने क्रम पनि जारी छ । दल निकट नेताहरु टिकटका लागि आन्तरिक दौडधुप बढाएको देखिन्छ ।
तोकिएको मितीमा निर्वाचन हुने नहुने सशयका बीच पनि दलहरूले निर्वाचन केन्द्रित सक्रियता बढाएको देखिन्छ ।यसैबीच बाजुरामा पनि यो अभियान जारी छ ।पुरानो सत्तासाझेदार दल कांग्रेस जिल्लामा आगामी आठौं अधिवेशन केन्द्रीत गतिविधि गरिरहेको छ । यो संगै निर्वाचनको तयारीमा समेत कांग्रेस जुटेको छ । यता भरखरै केन्द्रिय महाधिवेशन सकेको एमाले भने निर्वाचन आयोगमा दल दर्ता गरेको भएपनि संसद पुनर्स्थापना र सर्वपक्षीय सरकारको रटान लगाईरहेको छ।
संसद पुनर्स्थापना हुन सक्ने आंकलन पनि धेरैको छ । यद्यपि यसका बाफजुत पनि निर्वाचनको तयारी सरकारले गरिरहेकै छ। जेनजी आन्दोलन पछि बाजुरामा पनि पुराना दलहरूको विकल्प खोज्नुपर्ने आवाजहरु उठेका छन् । २०४८ साल यता बाजुरा मा निरन्तर कांग्रेस एमालेले आलोपालो निर्वाचन जित्दै आएका छन् । बहुदल हुँदै गणतन्त्र सम्म पुग्दा पनि बाजुरामा यीनै कांग्रेस एमालेको बर्चस्व छ । हालसम्म जिल्लामा प्रमुख प्रतिस्पर्धीका रुपमा एमाले र कांग्रेस चटान झै उभिएका छन् ।
पछिल्ला केही निर्वाचनमा देशभर बैकल्पिक राजनीति शक्तिहरुको राम्रै प्रभाव देखियो तर त्यसको बाछिता बाजुरा सम्म पुग्न सकेनन् । २०७९ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट बैकल्पिक राजनिती दलहरूले निर्वाचन जिते यतिमात्र होईन केही स्वतन्त्र उम्मेदवारहरु समेत बिजयी भए । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) संघीय संसदमा २१ सिट जितेर चौँथो राष्ट्रिय दल नै बन्न सफल भयो। देशका विभिन्न शहर इलाकामा वैकल्पिक राजनीति शक्तिहरुको राम्रो प्रभाव देखियो ।तर ग्रामिण भेगमा यसको प्रभाव निकै कम पर्यो ।
सम्भवत अब हुने आम निर्वाचनमा बैकल्पिक राजनीति शक्तिको प्रभाव खासै प्रभाव नपर्नेमा पुराना राजनीति दल बिश्वस्त देखिन्छन् । बाजुरामा पनि कांग्रेस एमालेका नेताहरु स्वतन्त्र वा नयाँ बैकल्पिक राजनीति दलले कुनै प्रभाव नपार्नेमा ढुक्क देखिन्छन्। उनीहरूले बाजुरामा एमाले,कांग्रेसको विकल्प खोज्ने विषय सम्भवतथा दिवा सपनाका रूपमा लिएका छन् ।यतिसम्म कि उनीहरु नयाँहरुले जित्छन् भन्ने विषय कल्पना भन्दा बाहिरको विषय भएको जिकिर गर्छन् । उनीहरूलाई लाग्छ बाजुरामा कांग्रेस एमाले नै सवथोक हुन् ।
तर उनीहरूले यो सोच्दैनन् ? सधैं बाजुरामा कांग्रेस एमालेलाई रोजिराख्ने गरि जनताको मन जित्न सक्यौं कि सकेनौं ? पछिल्लो समयमा बाजुराका अधिकांश युवा पुस्ताले बाजुरामा कांग्रेस एमालेको विकल्प खोजेको देखिन्छ।२०४८ साल यता निरन्तर बाजुरामा आलोपालो निर्वाचन जित्दा पनि जनता सन्तुष्ट हुने गरी,जनताको बिश्वास भने जित्न सकेका छैनन् । पाँच वर्षको एक पटक निर्वाचनको बेला गाउँ जाने,भोट माग्ने,फेरि त्यहीँ पुरानो झुटो आश्वासन बाँड्ने कांग्रेस एमालेको खोक्रो भाषणबाट बाजुराली वासी आजित भएका छन् ।
आजित मात्रै छैनन् वाक्क दिक्क भएका छन् भन्दा पनि फरक पर्दैन । युवा पुस्ता मात्रै होईन आम सर्वसाधारण समेत एमाले कांग्रेसले चुनावका बेला बाजुराको समृद्धि,बाजुराली जनताको सुखको भाषण गरेपनी जितेर गएपछि बाजुरा बिर्सिने गरेको बताउन्छन् । चुनावका बेला मात्रै बाजुरा जाने,जनतालाई झुटा आश्वासन बाड्ने,काम भने भनेजति कसैले गर्न नसकेको बाजुराली वासीको आरोप पुराना दल एमाले कांग्रेस,माओवादी माथि छ । पुरानाले जति गर्छौं भनेर भाषण गरेपनि अब पत्याउने पक्षमा जनता देखिदैनन् ।बरु नयाँ अनुहारलाई रोज्ने पक्षमा उनीहरू सहमत छन् ।
विगतको मत परिणाम हेर्दा बाजुरामा कांग्रेस पहिलो,एमाले दोश्रो,माओवादी तेस्रो र समाजवादी चौथो दलका रुपमा रहेका छन् ।हाल माओवादी र समाजवादी एउटै कित्तामा उभिए नेपाली कम्युनिस्ट पार्टी बनेको छ । यतिबेला बाजुरामा कांग्रेस एमालेको विकल्पको चर्को आवाज उठिरहदा सम्भावित अनुहार को हुन सक्छन् भन्ने चर्चा पनि सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सम्भावित उम्मेदवारका रुपमा भरखरै एमाले छाडेर रास्वपामा समाहित भएका राज बहादुर गिरीलाई उम्मेदवारका रुपमा सिफारिस गरेको भनिएको छ ।यद्यपि टुङ्गो भने लागिसकेको छैन । उनी आकांक्षी मात्रै रहेको रास्वपा निकट नेताहरुको दाबी छ । यता नेपाली कम्युनिष्ट पार्टीले भने केही समय अगाडी एमाले छाडेर नेकपामा समाहित भएका पूर्व मन्त्री प्रकाश बहादुर शाहलाई प्रत्यक्ष तर्फ बाजुराबाट उम्मेदवारका रुपमा अघि सारेको छ ।
यो संगै स्वतन्त्र उम्मेदवारका रुपमा सबैभन्दा उपयुक्त पात्र सामाजिक अभियान्ता हेमराज थापा बन्न सक्ने चर्चा पनि लामो समय देखि हुँदै आएको छ । लामो समय देखि जिल्लामा पत्रकारीता संगै समाजसेवीको आफ्नो छुट्टै पहिचान बनाउनुका साथै जनताको मन जितेका प्रकाश सिंह पनि बेला बेला चर्चाको केन्द्रमा छन् ।तर सम्भावित बैकल्पिक अनुहारका रुपमा हेरिएका नयाँ अनुहारहरु कसैले पनि हाल सम्म उम्मेदवारी भने घोषणा गरेका छैनन् । पुराना दलहरू निर्वाचन केन्द्रित भएपनि उम्मेदवारको टुङ्गो लागेको छैन।यी अनुहार मध्य सामाजिक अभियान्ता हेमराज थापाको बारेमा थोरै चर्चा गरौँ ।
यतिबेला निर्वाचन नजिकिदै गर्दा बाजुरामा अब हेमराज थापालाई अघि सार्नुपर्ने आवाजहरु उठिरहेका छन् सामाजिक सञ्जालमा यस अघि युवा पुस्ताका केही सम्भावित अनुहारहरुको फोटो राखेर राय पनि संकलन गरियो। नारायण उपाध्यायको फेसबुक एकाउन्टबाट पोष्ट गरिएको उक्त पोष्टमा अधिकांसले हेमराज थापालाई समर्थन गरेको देखियो। सामाजिक सञ्जालमा मात्रै होईन यतिबेला जिल्लाका सर्वसाधारणले समेत हेमराज थापालाई अबको सांसदका रुपमा हेर्न चाहेको जगन्नाथ गाउँपालिकाका मनोज सिंह भन्छन् " बाजुरामा अब हेमराज थापा जत्तिको युवाको खाँचो छ, कांग्रेस एमालेबाट जनता सन्तुष्ट छैनन्,उहाँलाई सांसदका रुपमा धेरै हेर्न चाहेका छन्,बाजुरामा उहाँ जस्तो युवाको आवस्यकता पनि छ "
उसो त थापा बाजुरामा उम्मेदवार बन्ने विषय उठिरदमा पुराना राजनीति दल एमाले,कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले पनि सकारात्मक रुपमा लिएको देखिन्छ । प्रतिस्पर्धा स्वभाविक रुपमा हुने भएपनि हेमराज थापा जस्तो योगदान र योग्यताले पोख्त,निडर,सक्षम,अब्बल युवाको उम्मेदवारी बाजुराका लागु सुखद विषय भएको पुराना दल निकट नेताहरुको धारणा छ ।
बाजुरामा अब कांग्रेस एमालेको विकल्प खोज्नुपर्ने बेला आयो,एमाले कांग्रेसले बाजुरामा जति गर्नुभयो,उहाँहरु प्रती सम्मान छ,गर्छौं भनेको जति उहाँहरुले गर्न सक्नुभएन, निरन्तर उहाँहरुले पालैपालो जित्नुभयो,संसदमा पटक-पटक फरक फरक अनुहार पनि पठाईयो,तर खास बाजुराली जनताका आवाजको प्रतिनिधित्व उहाँहरुले गर्न सक्नुभएन,तमाम समस्याहरुको समाधान गर्न सक्नुभएन, बाजुरा अझै मानव विकास सूचकांकको ७७ औं स्थानमा छ,उहाँहरुले गर्यौँ त भन्नुहुन्छ के गर्नुभयो? जनता समस्या जिउका तिउ छन् ।
उहाँहरु पटक- पटक असफल हुनुभयो,अब विकल्प खोज्नुपर्ने बेला आयो,बडीमालिका नगरपालिका पाँच मनाका युवा विद्यार्थी नेता सामाजिक अभियान्ता खेमराज साँउदले भने " बाजुराली सोझा निमुखा जनतालाई सधैं झुटा आश्वासन बाँडेर केबल सांसदका नाममा सांसद मात्रै बन्ने प्रवृत्तिको अन्त्य आजको आवस्यकता रहेको साँउदको भनाई छ। कांग्रेस एमाले लगायतका पुराना दलका नेताहरुले बाजुराली जनताको अभिमतको पटकपटक दुरुपयोग गरेको,जनता प्रती बिश्वास घात गरेको उनको आक्रोश छ। अब बैकल्पिक राजनीति शक्तिहरु एक ठाउँमा आएर पुराना दलको राजनीति बिरासत भत्काउनु पर्ने समय आएको उनको जिकिर छ।
यस भन्दा अगाडि भएका चुनावमा पनि अमुल्य मतदान गरेर संसदमा पठाउदा अपेक्षा अनुसारको काम नगरेपछि नेताहरू प्रतिको बिश्वास नै लाग्न छोडिसकेको जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ का ७६ वर्षीय दया खड्का बताउन्छन् । कांग्रेस एमाले,माओवादी सबैलाई मतदान गरेको अनुभव खड्का सुनाउन्छन्। गाउँमा कोही एमाले,कोही कांग्रेस,कोही एमालेमा एउटै पार्टीलाई हरेक निर्वाचनमा भोट हाल्दै आएका छन् ।तर आफुले भने पटक-पटकको निर्वाचनमा फरक व्यक्तिलाई मतदान गर्ने गरेको उनले बताए।
उनले भने" मैले एमालेलाई भोट हाले,कांग्रेस माओवादी सवैलाई हाले तर भोट माग्ने बेला राम्राे कुरा गर्छन् ,आश दिलाउन्छन्,तर जितेपछि सबै उस्तै हुन्छन् ।गाउँ फर्किदैनन् पाँच वर्ष पछि फेरि चुनावका बेला भोट माग्न आउँन्छन्,अब कसैको आश लाग्दैन,गर्लान् भन्ने विश्वास पनि छैन।अब कोही नयाँ आएपछि उसैलाई भोट हाल्ने हो" चुनावमा गरेका प्रतिबद्धताहरु र जनतालाई दिएका आश्वासन चुनाव पछि नेताहरु सम्झिदैनन् । पछिल्लो समयमा पुराना दलका नेताहरु प्रती जनताको बितृष्णा छाउदै गएको देखिन्छ । उनीहरूका कार्यशैलीबाट जनता आजीत छन् ।
पटक-पटक दिएका झुटा आश्वासन,विकास गर्ने नाममा झुटा सपना देखाएर जनताको आँखामा छारो हाल्ने काम गरेको गुनासो सर्वसाधारणहरु गर्छन् । हरेक निर्वाचनमा उहीँ पुरानै नेता गाउँ- गाउँमा पुग्छन् । नेता उहिँ,शैली त्यहीँ,भोट माग्ने तरिका उहीँ पुरानै नेता पुरानै खोक्रो भाषणले विगतमा जस्तो अब काम नगर्ने जानकारहरुको आंकलन छ ।
जगन्नाथ गाँउपालिका का ६० वर्षिय बिष्णु बहादुर बिष्ट भन्छन्,“चुनावका बेला गाउँ आउन्छन्, झुटा आश्वासन देखाएर भोट माग्छन् तर भनेको कुरा पुरा गर्दैनन् ,गफले ठिक्कै बनाउन्छन् ,खानेपानी , सिचाई , विद्युत, बाटाघाटा बनाउन्छु भनेर गएकाहरु अहिलेसम्म फर्केनन्, यो भन्दा अगाडि धेरै पटक भोट पनि दियौं,तर भोट दिएको अर्थ रहेन, चुनावका बेला खेतसम्मै पुग्छन् अरु बेला नमस्कार गरे पनि फर्काउदैनन्, कसलाई भोट दिएर के गर्नु” । जुनसुकै पार्टीको नेतालाई जिताएर पठाएपनि कसैले भने अनुसारको र जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको सर्वसाधारणको जनगुनासो छ । खड्का र थापा त एक प्रतिनिधि पात्र मात्रै हुन् ।
तर उहाँहरुका यी भनाईले वर्षौंदेखि पुराना दलहरुलाई पटक-पटक मतदान गरेका तर अपेक्षा गरे अनुसारको प्रतिफल जनप्रतिनिधिबाट नपाएका आक्रोशित जनताको असन्तुष्टिको आवाजको प्रतिनिधित्व गरेको छ । चुनावमा सक्षम व्यक्ति जिताउनु मतदाताको दायित्व हुने हुँदा यतिबेला बाजुराको आमुल परिवर्तनका लागी काम गर्ने नेतृत्व छान्नुपर्नेमा पनि यतिवेला सर्वसाधारणको जोड छ ।
युवाहरु मात्रै होईन पटक- पटक कांग्रेस एमाले माओवादीलाई मतदान गर्दै आएका सर्वसाधारण समेत खुसी छैनन् ।एमाले कांग्रेसले आफुहरुलाई पटक-पटक झुटा आश्वासन बाँडेर,विकास र समृद्धिको दिवा सपना देखाएर चुनाव जित्ने,सांसद बन्ने काम गरेको सर्वसाधारण को आरोप छ । पटक-पटक एमालेलाई मतदान गरेर अहिले पश्च्याताप लाग्ने गरेको उनीहरू बताउन्छन् । कतिपय त अब पुराना दलका नेतालाई मतदान नगर्ने बताईरहेका छन् । जनताको जनअपेक्षा अनुसार काम गर्न नसकेका कांग्रेस, एमालेलाई अब मतदान नगर्ने अडानमा कयौं सर्वसाधारण देखिन्छन् ।
के भन्छन् त थापा ? फागुन २१ को निर्वाचनको उम्मेदवार बन्छन् त ?
यतिबेला बाजुराबाट स्वतन्त्र उम्मेदवार हेमराज थापालाई अघि सार्नुपर्ने आवाज उठिरहदा हेमराज थापाले भने अहिले नै उम्मेदवार बन्ने नबन्ने विषयमा मुख खोलेका छैनन् ।उम्मेदवार बन्ने आधिकारिक घोषणा पनि छैनन् ।तर बाजुराली जनताले आफ्नो आवश्यकता महसुस गरे त्यसलाई आफू नकार्न नसक्ने बरु जिम्मेवारी लिन तयार रहेको उनले यस अघि पनि बताउदै आएका छन् । उनी भन्छन् " जनताले चाह्यो भने,नेता हुने हो,जबरजस्ती नेता हौँ भन्दै हिड्ने मेरो स्वभाव छैन,बाजुरा मेरो जन्मभूमि हो,बाजुराको जनप्रतिनिधिले भएर काम गर्न पाउने कुरा मेरा लागि सबैभन्दा ठुलो अवसर हो,सौभाग्य हो,तर त्यो जनताले अवसर दिनपर्यो,म तयार छु,तर अहिले नै म उम्मेदवार हो भनेर म हिँडेको छैन,छलफलमै छु" बाजुराली जनताले आफू प्रती गरेको भरोसा टुट्न नदिने बताउदै थापाले जिल्लावासीले जस्तोसुकै भारी बोकाएपनी बोक्न तयार रहेको बताए ।
कांग्रेस एमालेले केही गर्न सकेनन् भन्न खोजेको होइन तर गर्नुपर्ने जति नगरेको हामीले भुल्नु हुँदैन, त्यसैले अब बाजुरामा चुनावी प्रतिस्पर्धा परिवर्तन चाहाने र परिवर्तन नचाहाने बीच को हुनुपर्छ, पुराना राजनिति दलले पनि नयाँ अनुहारलाई अघि सारोस् भन्ने हो, बरु हामी नजितौँला तर राम्रोले जित्नुपर्यो,बाजुराका लागि के त्याग गर्नुपर्छ,म गर्न तयार छु,तर बाजुरा बन्नुपर्यो।
उनले यस अघि पटक-पटक बाजुराका ९ वटै स्थानीय तहका जिल्ला वासीसंग साक्षात्कार पनि गरिसकेका छन् ।जिल्लामा जिल्ला वासी संग भेटवार्तामा निस्किएका थापाले जिल्लाका समस्याहरु मात्रै संकलन गरेर फर्किएका छैनन्,जिल्ला वासिका राय पनि संकलन गरेर फर्किएका छन् । जिल्लामा पुग्दा स्थानीयबाट आएका गुनासोहरु समेट्दै जिल्लाका समस्याहरुको पहिचान गरि उनले सिंहदरबारको ध्यानाकर्षण समेत गराइसकेका छन् । विषयगत समस्या लिएर छुट्टाछुट्टै मन्त्रालय पुगेर समेत थापाले समय समयमा बाजुराका,शिक्षा,स्वास्थ्य,सञ्चार,यातायात,विद्युतका समस्याहरु सम्बन्धित मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराउदै आएका छन् ।
साधारण जीवन शैली,सरल स्वभावका हेमराज निरन्तर जनताको सेवामा समर्पित छन् । जनताका समस्या समाधानका निमित्त उनको दैनिक दौडधुप छ। उनी कहिँले जिल्लाका समस्या लिएर मन्त्रालय पुग्छन् त कहिँले जिल्लाबाट बिरामी भएर काठमाडौंका विभिन्न अस्पतालमा उपचारत बिरामीहरु भेट्न पुग्छन् । सक्ने जति आर्थिक सहयोग हस्तान्तरण गर्छन्। यसरी उनको दैनिकी जनता संगै बितेको छ। पछिल्लो दुई दशक यता हरेक राजनीति आन्दोलनको नेतृत्व गर्दै अग्रपंक्तिमा देखिने थापा पछिल्लो समयमा भने जनता संग नजिक छन् ।
जनता संगको सम्बन्ध बिस्तारमा सक्रिय छन् । उनको प्राथमिकता गृह जिल्ला बाजुरा नै छ। बसाइँ राजधानीमा भएपनि चिन्ता बाजुराको छ । बाजुराको प्रतिनिधित्व गरेर आफुलाई बाजुराली जनता सेवामा समर्पित गर्ने धोको रहेको थापा कहिँले काहीं सुनाउने गर्छन् । तर बाजुरामा अहिले नै त्यो परिस्थिति बन्दैन कि ? भन्ने उनलाई मन भित्र बिजेको छ ।
सेवामा समर्पित थापालाई छैन,पदको मोह :
गरिब दिन दुखी,समस्यामा परेकालाई सहयोग गर्दै आएका थापा दिन दुखीहरुको भगवान् जस्तै हुन् । विभिन्न बिपतजन्य घटनामा थापा समाज सेवाको अग्रणी भुमिकामा देखिदै आएका छन् । अरुको दु:खलाई पनि आफ्नो जस्तै महसुस गर्ने थापाले रावत र भण्डारी जस्ता कयौं बिरामी र समस्यामा परेका गरिब तथा बिपन्नलाई सहयोग गर्दै आएका छन् । विगतमा कोरोना माहामारी होस्,भुकम्पबाट प्रभावित नागरिकको उद्धारमा होस,वा अन्य बाढी,पहिरो,डुबान जस्ता प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको घरदैलोमा गएर समस्या सुन्ने,उद्धार गर्ने,र राहत वितरण गरेका थापाले गत भाद्रमा भएको जेनजी आन्दोलनपछीको समयावधि पनि आन्दोलनमा सहिद भएका परिवार र घाइतेको परिवार संग भेटवार्ता गर्दै बिताए ।
जेनजी आन्दोलनपछि थापा जस्तै अन्य अभियान्ताहरु मन्त्रीको दौडधुपमा थिए। तर हेमराज एउटा त्यस्तो अभियान्ता देखिए जो कुनै राजनीति लाभको पछि गएनन् । बरु पहिला जस्तै निरन्तर दिन दुखीहरुको घाउमा मलम पट्टी लगाईरहे। संगैका अभियान्ताहरु मन्त्री बन्ने लालचमा डौडधुप गरिरहदा थापा भने जेनजी आन्दोलनमा सहिद भएका योद्धाहरुको आफन्तलाई भेटघाट गर्ने र घाइतेहरुलाई अस्पतालको बेडसम्मै पुगेर आर्थिक सहयोग हस्तान्तरण कार्यमै व्यस्त देखिए। कयौंलाई नगदसहित सहयोग गरे । झण्डै ६० जना भन्दा बढी घाइते र सहिद परिवारलाई भेटेरै कम्तिमा पनि रु पाँच हजारका दरले सहयोग गरे ।उनी हरेक दिन अस्पतालका बेडसम्म पुगेर घाइतेहरुको हालखबर बुझिरहेका हुन्थे।
अझ भनौं उनको यो बीचको समयको दैनिकी नै घाइते र सहिद परिवारका सदस्यलाई भेट्ने बन्यो तर रोचक त यो छ जुन बेला हेमराज जस्तै अरु आफुलाई अभियान्ता करार गर्नेहरू मन्त्री बन्ने सपना देख्दै त्यसैको गृहकार्य गरिरहेका थिए।उनीहरूलाई पद र सत्ताको लोभ थियो चाँसो पनि त्यतै थियो । तर हेमराजले एउटा यस्तो परिचय बनाए जसलाई यो बीचमा यस्तो राजनीति लाभ लिने कुराको कुनै प्रवाह भएन। यहीँ बीचमा उनी मन्त्री बन्ने चर्चा समेत भयो तर थापाले मन्त्री हुने विषयलाई त्यति चाँसोका रूपमा नै लिएनन् ।
सुदूरपश्चिमका युवा पुस्ता मात्रै होइन पुराना दलका नेताहरुले समेत उनलाई मन्त्री बनाउनु पर्ने माग अघि सारे । तर उनी जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरुको मनोबल उच्च बनाईरहे। सहिद परिवारलाई सान्त्वना दिईरहे। यतिमात्र होईन प्रत्येक घाइतेहरुलाई प्रती व्यक्ति पाँच हजारका दरले सहयोग समेत गरे । यसरी उनी निरन्तर आफुलाई जनताको सेवकका रुपमा चिनाईरहेका छन् ।सेवामा आफ्नो जीवन समर्पित गरिरहेका छन् । थापा सामाजिक सेवामा पनि सक्रिय छन् ।
बैकल्पिकहरुको साझा उम्मेदवार बन्न सक्लानु थापा ?
यो संगै बाजुरामा बैकल्पि राजनिति शक्तिहरु एकै ठाँउमा मिलेर निर्वाचनमा जान सक्छन् त ? भन्ने प्रश्न पनि उठेका छन् । यता रास्वपाले भने हेमराज थापा उम्मेदवार बनेर जाँदा थापालाई नै सघाउने रास्वपा निकट श्रोतको दाबी छ । हेमराज थापा उम्मेदवार उठेको अबस्थामा रास्वपाले बाजुरामा उम्मेदवार नै नउठाउने गरी छलफल भइसकेको श्रोतले जनाएको छ। यता नेपाली कम्युनिष्ट पार्टीले भने केही समय अगाडी एमाले छाडेर नेकपामा समाहित भएका पूर्व मन्त्री प्रकाश बहादुर शाहलाई प्रत्यक्ष तर्फ बाजुराबाट उम्मेदवारका रुपमा अघि सारेको छ ।
को हुन् त अभियान्ता हेमराज थापा ?
लामो समयदेखि राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, अनियमितता, दुराचार र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बुलन्द गरिरहेका छन् । सरकारका कमिकमजोरीहरु उठान गरेर सरकारको सडकबाटै ध्यानाकर्षण गराइरहेका छन् । सडकबाट नेपाली जनता र राष्ट्रियताको पक्षधर भएर आवाज उठाउने थापा एक शसक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छन् ।
थापाले यस अघि पेट्रोलियम पदार्थको मुल्यबृद्धि, राष्ट्रको हित बिपरित हुने अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सिमा अतिक्रम लगायतका बिषयमा खरो रुपमा प्रस्तुत हुँदै नेपाली जनताको हित र राज्यको हितको पक्षमा उभिदै आएका छन् । उनी जनताको पक्षमा उभिएर आवाज उठाउदै गर्दा पटकपटक गिरफ्तार भैई हिरासतमा समेत बसिसकेको छन् । प्रहरीको कुटाई र जेल नेल उनका लागि सामान्य कुरा जस्तै भैसकेको छ । एमसीसी विरुद्धको आन्दोलन, लिपुलेख लिम्पियाधुरा कालापानी,लगायतका प्रमुख राजनीति आन्दोलनको नेतृत्व हेमराज थापाले नै गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय (टीयू) बाट राजनीति शास्त्र र शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर गरेका उनले आफूलाई स्पष्ट वक्ता, सरल स्वभाव र जनप्रेमी युवा व्यक्तित्वका रूपमा पनि उभ्याउन सफल भएका छन् । यहीँ कारण थापा युवा पंक्तिमाझ लोकप्रियसमेत छन् । वैदेशिक रोजगारीलगायत विभिन्न कारणले विदेशमा पुगेर फसेका सयौँ नेपाली युवायुवतीहरूको उद्दार गरेका छन् ।
सडक, आन्दोलन र संघर्षबाट परिचित, वर्षौंदेखि सामाजिक न्याय, सुशासन र जनअधिकारका सवालमा आवाज उठाउँदै आएका थापाले आन्दोलनबाट उठेका मुद्दालाई राज्यको नीति तहसम्म पुर्याउने धेरैको अपेक्षा छ । थापा यसअघि विभिन्न सामाजिक तथा नागरिक आन्दोलनहरूको नेतृत्व गर्दै आएका छन्। ती आन्दोलनका क्रममा उनी कयौँपटक गिरफ्तार भएका छन् भने प्रहरीको कुटपिटसमेत सहनुपरेको छ। तथापि, दबाब, गिरफ्तारी र दमनका बाबजुद पनि उनी आफ्ना एजेन्डाबाट पछि नहटेको उनका सहकर्मीहरू बताउँछन्।
उनको नेतृत्वमा भएका आन्दोलनहरू शिक्षा पहुँच, युवाको अधिकार, भ्रष्टाचारविरुद्धको अभियान तथा राज्यको उत्तरदायित्वसँग सम्बन्धित थिए। थापा विशेषगरी युवालाई संगठित गर्दै शान्तिपूर्ण आन्दोलनमार्फत सामाजिक परिवर्तन सम्भव छ भन्ने सन्देश फैलाउँदै आएका अभियन्ताका रूपमा चिनिन्छन्।
स्थानीय स्तरमा स्पष्ट वक्ता, निर्भीक अभियन्ता र जनसरोकारका विषयमा सम्झौता नगर्ने व्यक्तित्वका रूपमा परिचित थापाको उम्मेदवारीलाई आन्दोलन र संसद् जोड्ने प्रयासका रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार संघर्षको पृष्ठभूमिबाट आएका उम्मेदवारहरूले निर्वाचन राजनीतिमा नयाँ विमर्श र वैकल्पिक नेतृत्वको सम्भावना देखाउने गर्छन्।आगामी निर्वाचन नजिकिँदै जाँदा हेमराज थापाको उम्मेदवारीले परम्परागत राजनीतिभन्दा फरक यात्रा तय गर्न खोज्नेहरूको प्रतिनिधित्व गर्ने संकेत दिएको छ।थापाको उम्मेदवारीले सामाजिक अभियान र राजनीतिबीचको सम्बन्धलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।
हरेक सडक आन्दोलनमा अग्रपंक्तिमा देखिएका थापाको कसरी सुरु भयो राजनीति यात्रा ?
साविकको ब्रमतोला गाविस २ हालको बुढीगंगा नगरपालिका २ मा जन्मिएका हेमराज थापाको बाल्यकाल गाउँमै बित्यो। सामान्य गरिब परिवारमा जन्मिएका थापा ६ सन्तान मध्यका जेठा सन्तान हुन् । साझ बिहान घरको काम गर्दै गाउँकै बिद्यालयबाट उनले कक्षा १० सम्मको अध्ययन पूरा गरे । जब तत्कालीन माओवादी जनयुद्ध चर्कियो। त्यतिबेला थापा कक्षा ७ मा अध्ययन गर्थे। पढाईमा अब्बल थापा कक्षा १ देखि प्रथम हुन्थे। कक्षा १ देखि प्रथम हुने पहिचान नै बनाएका थापा कक्षा १० मा पनि प्रथम डिभिजनमा उतिर्ण भए। एसएलसीमा प्रथम डिभिजनमा उतिर्ण भएपछि थापा बुवाले उनलाई १० हजार रुपैयाँ ऋण खोजेर शहर पढ्न पठाउने चाँजोपाँजो मिलाए।
त्यसपछि थापा एक भारी आलु र १० हजार रुपैयाँ बोकेर दिपायल पुगे । ओभरसियर पढ्ने योजना बुनेर घरबाट निस्किएका हेमराजको ओभरसियर पढ्ने योजना बीचबाटोमै रोकियो ।त्यसपछि उनी दिपायल जान छोडेर सिधै महेन्द्रनगर तर्फ हानिए। महेन्द्रनगर स्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा आईएसी पढ्न भर्ना भए । महेन्द्रनगरमा एक जना साथी सहित कोठा भाडामा बस्न थाले । मार्षिक पाँच सय भाडा थियो । २५० एक जनाको भागमा पर्थ्यो ।सोही क्याम्पसबाट थापाले राजनीति विजारोपण गरे। महेन्द्रनगर नगर स्थित एक सार्वजनिक पुस्तकालयमा करिब १० हजार बढी पुस्तक थिए।उनले ती सबै पुस्तकहरु अध्ययन गरे । पढ्न निकै सौखिन थिए थापा ।
यो संगै थापा क्याम्पसमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुन्थे ।सहभागी मात्रै हुन्थेनन् प्रथम नै हुन्थे। २०६५ सालमा सुदूरपश्चिम बिश्वबिद्धालयको माग गर्दै भएको आन्दोलनमा थापा अग्रपंक्तिमामा खटिए।त्यसक्रममा उनी घाइते समेत भए।त्यसको केही वर्षमै २०६९ सालमा सुदूरपश्चिम बिश्वबिद्यालयको स्थापना भयो। हेमराज थापाले गरेको सडक आन्दोलन वा संघर्षको पहिलो सफलता थियो । यसको थापालाई थप सक्रिय बनायो । २०६५ सालमै ६० जना विद्यार्थी मध्य ४ जना प्रतिस्पर्धीलाई पछार्दै ५४ मत ल्याएर कक्षा कमिटीको संयोजक बने। उनको विद्यार्थी राजनीति यात्रा त्यहीँ दिनबाट सुरु भयो । थापा २०६४ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य पदको उम्मेदवार थिए।
१६ वर्षकै उमेरबाट विद्यार्थी राजनीतिमा हाम फालेका हेमराज कपडा भन्दा बढी किताब किन्थे। सुदूरपश्चिम बिश्वबिद्यालयमा स्नातक पढ्दै गर्दा अन्यायका विरुद्धमा निडर भएर बोल्ने हेमराजले रेडियो पश्चिम नेपालमा जागिर समेत गरे ।त्यसपछि उनी महेन्द्रनगरको बसाईलाई बिट मार्दै उच्च शिक्षा अध्ययनका लागि राजधानी गए। स्नातकोत्तर पढ्न सुरु गरे। त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा २०७४ सालमा शिक्षा एनको नौऔं संसोधनका विरुद्ध माइतीघर मण्डलामा ६ दिन आमरण अनसन बसेर एन खारेज गराएरै छाडे। विश्वविद्यालयमा हुने राजनीति नियुक्ति विश्वविद्यालय परिसरमा ब्यानर राख्ने,हस्ताक्षर अभियान चलाउने काम उनले जारी राखे ।
विश्वविद्यालय केन्द्रिय क्याम्पस देखि पोखराको पिएन क्याम्पस सम्म यो अभियान चल्यो।यहीँ क्रममा थापा पटकपटक विश्वविद्यालय हाताबाटै गिरफ्तार भए। विश्वविद्यालयमा हुने गरेका बेथितिका विरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका हेमराजले २०७६ साल देखि एमसीसी विरुद्धको आन्दोलनको नेतृत्व गरे।लिपुलेख,लिम्पियाधुरा प्रकरणमा उनी पटकपटक आन्दोलनकै सिलसिलामा गिरफ्तार भए। एमसीसी विरुद्धको आन्दोलनमा लड्दा लड्दै उनको खुट्टा समेत भाँचियो। कुलमान घिसिङको बर्खास्ती विरुद्ध पुनः नियुक्तिको आन्दोलनको नेतृत्व गरेका हेमराजले नागरिकता विधेयक खारेजीको आन्दोलनमा समेत अग्रमोर्चामा रहेर नेतृत्व लिए ।
विभिन्न आन्दोलनका क्रममा थापाले दुई दर्जन बढी पटक गिरफ्तार भए । प्रहरीको च्रम यातना,जेल नेल उनका लागी सामान्य विषय जस्तै बने,कृतिपुर विश्वविद्यालयमा देशभरका संघ संस्थाको सहयोगमा ५ हजार बोरा चामल सहयोग समेत गरे। बाढी,पहिरो,भुकम्प जस्ता प्राकृतिक प्रकोपमा समस्यामा परेकालाई सहयोग गर्नु उनको नियमित कर्म जस्तै बनेको थियो । देशभर पाँच सय थान अक्सिजन सिलिन्डर,५० हजार बढी माक्र्स?सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्रीहरु कोरोना माहामारीका बेला सहयोग गरे।कलिलै उमेरमा विद्यार्थी राजनीति सुरु गरेका हेमराज अब सक्रिय राजनीति मार्फत नै जनताको सेवामा समर्पित हुन चाहान्छन् ।
आगामी निर्वाचनमा बाजुरामा निर्वाचनमा प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। यस अघि एमाले र कांग्रेस बीच मात्रै प्रतिस्पर्धा हुँदै आएको बाजुरामा अबको निर्वाचनमा भने एमाले कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी र स्वतन्त्र वा रास्वपाको साझा उम्मेदवार गरी चार प्रतिस्पर्धी बीच प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यसले पुराना दुई मुख्य प्रतिस्पर्धी दल एमाले र कांग्रेसलाई ठुलो धक्का पुग्ने संकेतका रुपमा हेरिएको छ। देशभर बैकल्पिक राजनिति दलको चर्चा भइरहदा बाजुरा फागुन २१ को निर्वाचनलाई बिशेष चाँसोका रुपमा हेरिएको छ । के बाजुरामा कांग्रेस एमालेको बहुदल पछिको बिरासत भत्काउन नयाँहरु सक्लान् भन्ने जिज्ञासा सबैको मनमा बिजारेपण भएको छ।
विगतको मत परिणाम हेर्दा,२०४८ देखि २०७९ सम्म आलैपालो जित र हारको शृङ्खला :
बाजुरामा कांग्रेस एमाले दुई मुख्य प्रतिसपर्धी दलहरू हुन् । हरेक निर्वाचनमा यी दुई दल बीच नै रोचक प्रतिस्पर्धा हुन्छ । कहिँले कांग्रेसले त कहिँले एमालेले जित हात पार्दै आएको छ । विगतको मत परिणाम केलाउदा बहुदलपछि २०४८ मा नेपाली कांग्रेसका देवराज जोशीले १७०६६ मत ल्याएर निर्वाचित भए ।जुन बेला एमालेको मत १२४८३ मात्रै थियो। २०५१ मा एमालेका हिक्मत जङ्ग शाहीले जिते। उनले नेपाली कांग्रेसकै देवराज जोशीलाई पराजित गर्दै २१०१३ मत सहित जित हात पारे।देवराज जोशीले १९५०३ मत ल्याएर पराजित हुनुपर्यो। यस्तै २०५५ मा नेपाली कांग्रेसले जित हात पार्यो। कांग्रेस नेता जनक राज गिरीले आफ्ना दुई प्रतिसपर्धी कर्ण बहादुर थापा र हिक्मत जङ्ग शाहिलाई पराजित गरे । शाही तत्कालीन मालेबाट उम्मेदवार थिए भने थापा एमालेबाट उम्मेदवार बनेका थिए। थापाले ११०६३ मत पाए भने शाहीले ९०११० मत पाएर पराजित भए ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा फेरि कांग्रेसकै देवराज जोशीले जित्न सफल भए। त्यो बेला जोशीले १९२७१ मत सहित बिजयी बनेका थिए। यस्तै २०७४ मा आउँदा नेपाली कांग्रेसका उम्मेदवार कबिराज पण्डित एमालेका लाल बहादुर थापा संग पराजित भए। तर स्थानीय निर्वाचनमा भने एमालेलाई कांग्रेसले उछिन्न सफल भयो। २०७९ को निर्वाचनमा फेरि एमालेका कर्ण बहादुर थापालाई पराजित गर्दै नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डे ३१७८६ मत ल्याएर बिजयी भए भने प्रतिद्वन्द्वी कर्ण बहादुर थापाले २६३४९ मत ल्याएर पराजित भए ।
यसरी २०४६ साल यता नेपाली कांग्रेसले ४ वटा निर्वाचनमा जित्यो भने एमालेले २ निर्वाचनमा जित हात पार्न सफल भयो। प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ । २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए । तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो।
संघीयता पछिका दुई प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन:
२०७४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बाजुराबाट कांग्रेस पराजित भयो। एमालेबाट लाल बहादुर थापाले जित हाँसिल गरे। प्रदेश र प्रतिनिधि सभा दुबै ठाउँबाट कांग्रेसले हात धुनुपर्यो। २०७९ मा स्थानीय तहको निर्वाचनमा निकै कमजोरी देखिएको कांग्रेस प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भने जित्न सफल भयो। २०७४ मा हारेको कांग्रेस २०७९ मा आएर चुनाव मात्रै होईन प्रतिनिधि सभा तर्फको समानुपातिकमा पहिलोदल बन्यो । अन्य दलको भन्दा एक हजार ६७३ मत बढी ल्याउन सफल भयो। नेपाली कांग्रेस पार्टीले २७ हजार ९७२ मत प्राप्त गर्यो। ।त्यसैगरी, नेकपा एमालले २६ हजार २९९ मत ल्याएर दोस्रो भयो ।
नेकपा (माओवादी केन्द्र)ले एक हजार ९७८ मत ल्याएर तेस्रो र नेकपा (एकीकृत समाजवादी)ले एक हजार ७२८ मत ल्याएर चौंथो बन्यो । यसरी कांग्रेस २०७९ को निर्वाचनमा एमालेलाई उछिन्दै जिल्लामा पहिलो दल बन्यो । प्रमुख प्रतिस्पर्धि एमालेसंग हरेक निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदै आएको बाजुरामा हरेक निर्वाचनमा एउटै दल भने जित्न सफल भएको छैन ।
संघीयता पछिका दुई स्थानीय तहका निर्वाचन :
२०७४ को स्थानीय निर्वाचनमा नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भयो। कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका जित्यो भने, एमाले तीनवटा गाउँपालिकामा विजयी भयो। कांग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बुढिनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा जित हात पार्यो ।
एमालेले स्वामिकार्तिक, जगन्नाथ र गौमुल गाउँपालिका गरी तीन पालिकामा मात्रै सिमित भयो। जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा कांग्रेस, ३२ वडाअध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भयो । तर त्यसको ठिक पाँच वर्षपछि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा आइपुग्दा मत परिणामको नतिजा उल्टियो। २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ पालिका विजयी भयो। उसले बडीमालिका र बुढीनन्दा नगरपालिका,बुुढिगंगा सहित जगन्नाथ,गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गर्यो । काँग्रेस त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका गरी तीन पालिकामा खुम्चियो । खप्तड छेडेदहमा उपाअध्यक्ष भने कांग्रसले जित्यो । ०७४ मा वडा जितेको काग्रेस ७९ मा आएर मा सिमित बन्यो।
२०७४ मा काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका सिमित बन्यो। २०७९ मा आएर काँग्रेसले तीन पालिकामा चित्त बुझाउनुपर्यो भने एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समिति पनि जित्यो।