बाजुरामा एमाले–कांग्रेसको ३४ वर्षीय विरासत भत्काउन नेकपाबाट प्रकाश शाह मैदानमा,को हुन् शाह ?

प्रतिपक्षीले पनि रुचाएका विकासवादी नेता शाहको उम्मेदवारीले बाजुरामा राजनीतिक तरङ्ग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

प्रश्न पार्टीको होइन, बाजुराको भविष्यको हो।आफ्नो मात्र होइन, प्रतिपक्षीका जनताको काम गरेर विश्वास जितेका नेताहरू राजनीति दुर्लभ हुन्छन्। जसले सत्ता पाउँदा विभाजन गरेनन्, विकास गरे। जसले आलोचनालाई शत्रु ठानेनन्, मार्गदर्शन माने। बाजुराले यस्ता नेता धेरै देखेको छैन—जो दलभन्दा माथि उठेर जिल्लाको पीडा बोकेर हिँडे।जो कुर्सीभन्दा जनतालाई ठुलो माने। त्यसैले आजको आवश्यकता नारा होइन, निरन्तरता हो। अनुभव, इमानदारी र निष्पक्षताको निरन्तरता। आफ्नो पार्टीको मात्र होइन, प्रतिपक्षीको समेत मन जितेर  बाजुराको विकासमा कामबाट प्रमाणित भइसकेका शाहलाई प्रतिनिधि सभामा जिताएर पठाउन जरुरी छ ।जसले विकासका कामले आफ्ना–पराया छुट्याएनन्,जनताको सेवामा कहिल्यै पक्ष–विपक्ष हेरेनन्,र कामबाटै सबैको विश्वास जितेका नेताहरू राजनीतिमा बिरलै भेटिन्छन्  त्यसैले विचार फरक हुन सक्छ, दल फरक हुन सक्छ,तर बाजुराको भविष्य साझा हो।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

प्रतिपक्षीले पनि रुचाएका विकासवादी नेता शाहको उम्मेदवारीले बाजुरामा राजनीतिक तरङ्ग

काठमाडौं : “नेता धेरै हुन्छन्, तर सबैको मन जित्ने नेता बिरलै भेटिन्छन्”भनिन्छ "जनताको भविष्य भाषणले होइन  कामले बदलिन्छ " त्यसैले अब "बाजुराले नारा होइन, कामले चिनिने नेता खोजेको छ।”आगामी फागुन २१ को निर्वाचन नजिकिदै गर्दा बाजुराली जनताले  यहीँ भनिरहेका छन् ।  बाजुरामा यो भनाइलाई व्यवहारमा उतार्ने एउटा नाम छ प्रकाश बहादुर शाह । जो यस अघि  प्रदेश सभा सांसद र मन्त्री हुँदा कुर्सीभन्दा जनताका पीडामा नजिक रहे। पार्टी एमालेबाट निर्वाचित भए पनि उनले विकासलाई कहिल्यै पार्टीको चस्माले हेरेनन्। बजेट बाँड्दा आफ्ना–पराया छुट्याएनन्, पहुँच होइन आवश्यकता हेरे। जसले चुनावी प्रतिबद्धतालाई व्यवाहारमा उतार्न सफल भए ।

उनले प्रदेश सांसद  र मन्त्री हुँदा जिल्ला बासिका लागि गरेको योगदानले नै उनलाई स्थापित गर्‍यो,बाजुराली युवा माझ लोकप्रिय बने ।  त्यसैले आज उनी केवल पूर्व मन्त्री वा सांसदका रुपमा मात्र होइनन्, बिकासप्रेमी नेता, न्यायपूर्ण निर्णयकर्ता र युवाको आशा भरोसाको नाम बनेका छन्। जसले जिल्लाबाट जितेर प्रदेश सभा सांसद हुने अवसर पाँउदा विकासकादी नेताको परिचय बनाउन सफल भए । तीनै प्रकाश बहादुर शाह  बाजुराको आवाज बनेर प्रतिनिधि सभा चुनावमा होमिँदैछन्—विगतको अनुभव, इमानदारी र युवाको ऊर्जा बोकेर । 

जसको कामलाई समर्थकले मात्र होइन, प्रतिपक्षीले पनि स्वीकार गर्छन्। प्रदेश सभा सांसद र मन्त्री हुँदा उनले सत्ता होइन, सेवा रोजे। एमाले पार्टीबाट निर्वाचित भए पनि विकासका सवालमा उनले कहिल्यै पार्टीको झण्डा बोकेनन्, केवल बाजुराको पीडा बोके।  बजेट बाँड्दा आफ्ना र अर्काको रेखा कोरिएन, पहुँच होइन आवश्यकता मापन भयो। त्यसैले उनको नाम कुनै एक दलको सीमामा अडिएन—उनी सबै बाजुरेलीका नेता बने। युवाले उनलाई ऊर्जा र आशाको प्रतीक माने, बृद्धले भरोसाको अनुहार देखे, र प्रतिपक्षीले समेत “यो मान्छे फरक छ” भन्न बाध्य भए। 

अब त्यो विश्वास, त्यो अनुभव र त्यो निष्पक्षताको यात्राले प्रतिनिधि सभातर्फ कदम चाल्दैछ बाजुराको साझा आवाज बनेर। प्रकाश शाह यस अघि भाषणले होइन, परिणामले चिनिए। जो  आलोचनाबाट भागेनन्, कामले जवाफ दिए।अब त्यही निष्पक्षता, त्यही अनुभव र त्यही जनविश्वास बोकेर फेरि चुनावी मैदानमा उत्रीएका छन् ।सम्पूर्ण बाजुराको साझा उम्मेदवारका रुपमा आफुलाई चुनावी मैदानमा प्रस्तुत गर्ने मनसायका साथ शाह चुनावी मैदानमा होमिदै छन् । यद्यपि उनी चुनाव भने नेपाली कम्युनिस्ट पार्टीबाट लड्दैछन् ।

तर विगतमा बाजुराबाट जितेर प्रदेश सभा सांसद र मन्त्री हुँदा जिल्लाको लागि पुर्याएको योगदानलाई कदर जिल्ला वासीले गरेको खण्डमा सबैको साझा सर्वस्विकार्य उम्मेदवार आफू बन्न सक्ने बिश्वास शाहको छ । उनी भन्छन् " मैले बाजुराबाट जितेर प्रदेशमा मन्त्री हुँदा कसैलाई आखा पाखा गरेन,आवस्यकताका आधारमा बजेट बिनियोजन गरे,सबै जिल्लावासीको चित्त बुझ्नेगरि काम गरे, मेरो कामलाई मुल्यांकन गर्नुभएको छ भने मलाई बिश्वास छ एक पटक मलाई जिल्ला बासीले मलाई जियाएर  प्रतिनिधि सभामा पठाउनु हुनेछ भन्ने अपेक्षा छ"

म जुनसुकै पार्टीबाट चुनाव लडेपनी मेरा लागि सबै बाजुराली आमाबुवा दाजुभाई सम्मान  हुनुहुन्छ,सबैप्रती सम्मान छ,उहाँहरुकै साथ सहयोगले म यहाँ सम्म छु, विगतमा एमालेमा हुँदा एमालेबाट चुनाव लडे अहिले नेपाली कम्युनिस्ट पार्टीबाट लड्दै छु, म बाजुराली जनताको सेवक हौँ,सबैको सेवा गर्न पाउनु मेरा लागि गर्वको विषय हो,जनप्रतिनिधि भएपछि कुनै दलको होईन सिङ्गो जिल्ला बासीको साझा भएर काम गर्नु मेरो दायित्व हो, बाजुराले फेरि पनि सेवा गर्ने अवसर दिनुभयो भने एकपटक संघीय संसद मार्फत बाजुराली जनताको सेवामा समर्पित हुने धोको छ " उनले शाहले थपे 

बाजुरा  विगत २०४८ साल यता निरन्तर एमाले कांग्रेसको लाल किल्ला भनेर चिनिन्छ । दुई प्रमुख प्रतिस्पर्धी दल एमाले कांग्रेसले आलोपालो बाजुराका निरन्तर चुनाव जित्दै आएका छन् । एमाले कांग्रेसको विरासतका रुपमा रहेको बाजुरामा विकास प्रेमी युवा नेताको लोकप्रिय छवि बनाएका शाहको उम्मेदवारीले जिल्लाको राजनीतिमा नयाँ पराकम्पन ल्याएको छ । शाह चुनाव लड्नेभएपछि बाजुरामा एमाले कांग्रेसको जग हल्लिएको चर्च समेत हुन थालेको छ । यतिमात्र होईन शाह मैदानमा उत्रिएपछि एमाले कांग्रेसलाई आफ्नो विगत २०४८ साल यताको ३४ वर्षीय बिरासत गुम्ने डर समेत छ ।

एकातिर पुराना दुई प्रतिस्पर्धी दल एमाले कांग्रेस भित्रको आन्तरिक द्वन्द्वका कारण कमजोर बन्दै गएका एमाले कांग्रेसलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो बिरासत जोगाउनै मुस्किल पर्ने देखिन्छ ।  एमाले कांग्रेसलाई घुँडा टेकाउने गरि लामो राजनीति बिरासत भत्काउने रणनीतिका साथ शाह मैदानमा होमिएका छन् । बाजुरामा नेपाली कम्युनिस्ट पार्टीको झण्डा फरफराउने तयारीका साथ आफू चुनावी प्रतिस्पर्धामा उत्रीएको शाहले बताएका छन् । बाजुरा एमाले कांग्रेस बाहेक कसैले जित्दैनन् भन्ने भाष्यलाई तोड्न एकपटक जिल्लाको समग्र हितका लागि आफुलाई मतदान गर्न पनि शाहले जिल्ला बासिलाई अपिल गरे।

"बाजुरामा एमाले कांग्रेसले केही गरेनन् भन्ने भाष्य गलत छ,तर बाजुरामा एमाले कांग्रेस बाहेक अरु कसैले जित्दैनन् भन्ने कुराबाट पनि मुक्त हुनुपर्छ,यो असम्भव विषय होईन, किनकी म पनि लामो समय एमालेकै राजनीति गरेको व्यक्ति हौँ,तर जिल्लाबाट जितेर प्रतिनिधि सभामा गएकाहरुले गर्नुपर्ने जति गर्न सक्नु भएन,चुनावी प्रतिबद्धता अनुसार उहाँहरुले गर्न नसकेकै हो,म नी धेरै कायापलट नै गर्छु त भन्न सक्दिन तर जिल्ला वासीले मलाई गरेको भरोसा,म प्रतिको अपेक्षालाई खेर पक्कै जान दिने छैन " शाहले भने 

 शाहको उम्मेदवारीले एमाले कांग्रेसका हेडक्वाटरमा धक्का,के भन्छन् मतदाता ?  

जेनजी आन्दोलन पछि बाजुरामा पनि पुराना दलहरूको विकल्प खोज्नुपर्ने आवाजहरु उठेका छन् । २०४८ साल यता बाजुरा मा निरन्तर कांग्रेस एमालेले आलोपालो निर्वाचन जित्दै आएका छन् । बहुदल हुँदै गणतन्त्र सम्म पुग्दा पनि बाजुरामा यीनै कांग्रेस एमालेको बर्चस्व छ । हालसम्म जिल्लामा प्रमुख प्रतिस्पर्धीका रुपमा एमाले र कांग्रेस चटान झै उभिएका छन्। पछिल्ला केही निर्वाचनमा देशभर बैकल्पिक राजनीति शक्तिहरुको राम्रै प्रभाव देखियो तर त्यसको बाछिता बाजुरा सम्म पुग्न सकेनन् । २०७९ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट बैकल्पिक राजनिती दलहरूले निर्वाचन जिते यतिमात्र होईन केही स्वतन्त्र उम्मेदवारहरु समेत बिजयी भए ।

रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) संघीय संसदमा २१ सिट जितेर चौँथो राष्ट्रिय दल नै बन्न सफल भयो। देशका विभिन्न शहर इलाकामा वैकल्पिक राजनीति शक्तिहरुको राम्रो प्रभाव देखियो ।तर ग्रामिण भेगमा यसको प्रभाव निकै कम पर्यो ।सम्भवत अब हुने आम निर्वाचनमा बैकल्पिक राजनीति शक्तिको प्रभाव खासै प्रभाव नपर्नेमा पुराना राजनीति दल बिश्वस्त देखिन्छन् । बाजुरामा पनि कांग्रेस एमालेका नेताहरु स्वतन्त्र वा नयाँ बैकल्पिक राजनीति दलले कुनै प्रभाव नपार्नेमा ढुक्क देखिन्छन्। उनीहरूले बाजुरामा एमाले,कांग्रेसको विकल्प खोज्ने विषय सम्भवतथा  दिवा सपनाका रूपमा लिएका छन् ।

यतिसम्म कि उनीहरु नयाँहरुले जित्छन् भन्ने विषय कल्पना भन्दा बाहिरको विषय भएको जिकिर गर्छन् । उनीहरूलाई लाग्छ बाजुरामा कांग्रेस एमाले नै सवथोक हुन् । तर उनीहरूले यो सोच्दैनन् ? सधैं बाजुरामा कांग्रेस एमालेलाई रोजिराख्ने गरि जनताको मन जित्न सक्यौं कि सकेनौं ? पछिल्लो समयमा बाजुराका अधिकांश युवा पुस्ताले बाजुरामा कांग्रेस एमालेको विकल्प खोजेको देखिन्छ।२०४८ साल यता निरन्तर बाजुरामा आलोपालो निर्वाचन जित्दा पनि जनता सन्तुष्ट हुने गरी,जनताको बिश्वास भने जित्न सकेका छैनन् । पाँच वर्षको एक पटक निर्वाचनको बेला गाउँ जाने,भोट माग्ने,फेरि त्यहीँ पुरानो झुटो आश्वासन बाँड्ने कांग्रेस एमालेको खोक्रो भाषणबाट बाजुराली वासी आजित भएका छन् ।

आजित मात्रै छैनन् वाक्क दिक्क भएका छन् भन्दा पनि फरक पर्दैन । युवा पुस्ता मात्रै होईन आम सर्वसाधारण समेत एमाले कांग्रेसले चुनावका बेला बाजुराको समृद्धि,बाजुराली जनताको सुखको भाषण गरेपनी जितेर गएपछि बाजुरा बिर्सिने गरेको बताउन्छन् । चुनावका बेला मात्रै बाजुरा जाने,जनतालाई झुटा आश्वासन बाड्ने,काम भने भनेजति कसैले गर्न नसकेको बाजुराली वासीको आरोप पुराना दल एमाले कांग्रेस माथि छ । पुरानाले जति गर्छौं भनेर भाषण गरेपनि अब पत्याउने पक्षमा जनता देखिदैनन् ।बरु नयाँ अनुहारलाई रोज्ने पक्षमा उनीहरू सहमत छन् ।

विगतको मत परिणाम हेर्दा बाजुरामा कांग्रेस पहिलो,एमाले दोश्रो,माओवादी तेस्रो र समाजवादी चौथो दलका रुपमा रहेका छन् ।हाल माओवादी र समाजवादी एउटै कित्तामा उभिए नेपाली कम्युनिस्ट पार्टी बनेको छ । यतिबेला एमाले कांग्रेसको विकल्पका रुपमा बाजुरामा अन्य थुप्रै उम्मेदवारहरु खडा भएपनि बलियो प्रतिस्पर्धी भने नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रकाश बहादुर शाह नै हुने खप्तड छेडेदह गाउँपालिका ३ का युवा नेता देव बहादुर धामी बताउन्छन् । सक्षम निडर,स्पष्ट वक्ता इमानदार युवा नेताको छवि बनाउन सफल प्रकाश शाह बाजुराली युवाको रोजाई हुन सक्ने उनको भनाई छ ।

प्रकाश शाहले प्रदेश सभा र सांसद हुँदा गरेका काम र विपक्षीलाई समेत गरेको समान व्यवाहारबाट प्रभावित धामी बिरोधिहरुले जस्तोसुकै भनेपनि बाजुरामा प्रकाश शाह संग अरुको तुलना हुन नसक्ने बताउन्छन् । उनले प्रदेश सभाको सांसद हुँदा कसैका व्यक्तिगत चाहाना पूरा गर्न सकेनन् होला तर समग्रमा जिल्लाको विकासमा ठुयो योगदान पुर्याएको उनी बताउन्छन् । शाह जुनसुकै पार्टीबाट उठ्दा पनि परिवर्तनका पक्षधर युवा नेतृत्व चाहाने,बाजुराको विकासको पक्षमा रहेका नेताहरुले उनलाई मतदान गर्छन् भन्ने विश्वास उनको छ । 

शाह पूर्व एमाले नेता हुँदा पनि विपक्षीहरुको मन जित्न सफल नेता हुन् । यतिबेला उनी नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्ने पक्का भएपछि पनि उनको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अधिकांसले विकासवादी लोकप्रिय युवा नेता भन्दै समर्थम गरिरहेका छन् । उसो त कतिपयले प्रदेश सांसद र मन्त्री हुँदा आफ्ना नजिकका आसेपासेलाई मात्रै प्राथमिकतामा राखेत बजेट विनियोजन गरेको आरोप समेत लगाउदै आएका छन् तर शाह भने आफ्नो कार्यकालमा सबैलाई सम्मान व्यवाहार गरेको कोही कसैलाई आखा पाखा नगरेको दाबी गर्छन् ।

बजेट बिनियोजमा नातावाद कृतावाद गर्यो भन्ने आरोप कतिपय व्यक्तिगत चाहाना पूरा नभएकाहरुले लगाउने गरेको मिथ्या आरोप मात्रै भएको शाहको जिकिर छ ।  शाह बाजुराली युवाहरुको रोजाईमा पर्न सफल छन् । युवाहरुको आशाको किरणका रुपमा आफुलाई स्थापित गर्न सफल शाहलाई नेपाली कम्युनिस्ट पार्टीको मात्रै होईन विपक्षी दलको समेत समर्थन रहने चर्चा चुलिएको छ । नेपाल विद्यार्थी संघका नेता नवराज उपाध्याय  भन्छन् " विकासवादी सोचका हिमायती , बाजुराको कम्युनिष्ट आन्दोलनका 'पोजिटिभ क्याटालिष्ट' , विद्रोहको जगमा उभिएका एक लोकप्रिय नेता हुन्- प्रकाश शाह"

मैले चिनेको प्रकाश शाह बाजुराका तत्कालीन एमाले नेता भन्दा धेरै फरक र जनप्रेमी लाग्छ,उहाँले बाजुराको विकासका लागि थुप्रै सुधारका काम गर्नुभयो " व्यक्तिगत रुपमा सहयोग गर्ने नगर्ने फरक विषय हो तर बाजुराको विकासमा उहाँले गरेको योगदानलाई सम्मान गर्नुपर्ने उपाध्यायको भनाई छ । उपाध्याय जस्तै शाहका कयौं समर्थकहरु छन् । भर्खरै  मात्रै एमाले छाडेका शाहका एमालेमा हुँदाका  सहयोद्दाहरु समेत असल र विकास प्रेमी युवा नेताका रुपमा अहिले पनि सम्मान गर्छन् । पार्टी छोडेर अर्को बाटो रोजेपनि जिल्लाको समग्र विकासमा शाहले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको एमालेमा हुँदाका शाह निकट नेता कार्यकर्ताको प्रतिक्रिया छ । 

"बाजुराबाट थुप्रै व्यक्तिलाई सांसदका रुपमा हेरियो,प्रदेशमा होस् वा संघमा तर प्रकाश शाहले जति गर्नुभयो त्यति अरु कसैले गर्न सकेका छैनन्,उहाँले सबैको चित्त बुझाउन सक्नुभएन होला तर जिल्लाका लागि अरुले भन्दा धेरै गर्नुभएको छ,उहाँ विकासवादी सोच भएको नेताका रुपमा मैले लिने गरेको छु" बुढिगंगा नगरपालिका ७ झालीका भरत कटुवाल बताउन्छन्। आफुले निर्वाचनमा पार्टी भन्दा पनि असल व्यक्तिलाई मतदान गर्दै आएको बताउने कटुवालको बाजुराको विकासका लागि प्रकाश शाह जत्तिको व्यक्ति आवस्यक रहेको बताउन्छन् । बाजुरामा एकपटक कांग्रेस एमालेको विकल्प खोज्नुपर्छ भन्ने महसुस सबैलाई भएको उनको भनाई छ । 

जिल्लाको जगन्नाथ गाउँपालिकाका मनोज सिंह कुनै दल संग आबद्ध छैनन् । बाजुरामा समय- समयमा चुनाव जितेर सांसद भएका कांग्रेस एमाले र तत्कालीन माओवादीका नेताहरुको चर्को आलोचना गर्ने सिंह प्रकाश बहादुर शाहलाई बाजुराको एक मात्रै विकासवादी जनप्रेमी नेताका रुपमा लिने गरेको बताउन्छन् । बाजुरामा जसले जतिसुकै गरे भनेर प्रचार गरेपनि शाह मन्त्री हुँदा बखत थुप्रै कामहरू भएको उनको बुझाई छ । उनी जस्तै शाहका हजारौं समर्थक छन् जसले चुनावी प्रतिबद्धता अनुसार जनताको पक्षमा ईमानदारीताका साथ कर्तव्य निर्वाह गरे । त्यसैले त आज उनी सबैको लोकप्रिय बन्न सफल छन् । सहयोग कतिले गर्छन् मतदान गर्छन् कि गर्दैनन् त्यो फरक पाटो हो तर शाहलाई बिपक्षीको समेत सहानुभूति छ देखिन्छ समर्थन देखिन्छ । 

प्रश्न पार्टीको होइन, बाजुराको भविष्यको हो।आफ्नो मात्र होइन, प्रतिपक्षीका जनताको काम गरेर विश्वास जितेका नेताहरू राजनीति दुर्लभ हुन्छन्। जसले सत्ता पाउँदा विभाजन गरेनन्, विकास गरे। जसले आलोचनालाई शत्रु ठानेनन्, मार्गदर्शन माने। बाजुराले यस्ता नेता धेरै देखेको छैन—जो दलभन्दा माथि उठेर जिल्लाको पीडा बोकेर हिँडे।जो कुर्सीभन्दा जनतालाई ठुलो माने। त्यसैले आजको आवश्यकता नारा होइन, निरन्तरता हो। अनुभव, इमानदारी र निष्पक्षताको निरन्तरता। आफ्नो पार्टीको मात्र होइन, प्रतिपक्षीको समेत मन जितेर  बाजुराको विकासमा कामबाट प्रमाणित भइसकेका शाहलाई प्रतिनिधि सभामा जिताएर पठाउन जरुरी छ ।

जसले विकासका कामले आफ्ना–पराया छुट्याएनन्,जनताको सेवामा कहिल्यै पक्ष–विपक्ष हेरेनन्,र कामबाटै सबैको विश्वास जितेका नेताहरू राजनीतिमा बिरलै भेटिन्छन्  त्यसैले विचार फरक हुन सक्छ, दल फरक हुन सक्छ,तर बाजुराको भविष्य साझा हो। यद्यपि बाजुरामा नेपाली कम्युनिस्ट पार्टी एमाले कांग्रेस पछिको तेस्रो दलका रुपमा रहेको छ। जनमतका हिसाबले बाजुरामा नेपाली कम्युनिस्ट पार्टी यी दुई पुराना राजनीति दल भन्दा नीकै कमजोर छ । तर शाहको उम्मेदवारीले नेपाली कम्युनिस्ट पार्टीले बाजुरामा चुनाव जित्न सक्ने धेरैको आंकलन छ ।

नेपाली कम्युनिस्ट पार्टी निकट नेता कार्यकर्ताहरु यसपालि बाजुरामा पहिलोपटक इतिहास रच्ने गरि तयारी भैईरहेको दाबी गर्छन् । तर बिपक्षी दुई प्रमुख प्रतिस्पर्धी दल एमाले र कांग्रेस निकट नेता कार्यकर्ता भने बाजुरामा एमाले वा कांग्रेसको विकल्प कोही बन्न नसक्ने जिकिर गरिरहेका छन् । एमाले वा कांग्रेस मध्य जसले जितेपनि यीनै दुईको पोल्ठामा यसपालिको निर्वाचनको जित पर्ने उनीहरूको दाबी छ । उसो त उनीहरू आफ्नो झण्डै ३४ वर्ष लामो राजनीति बिरासत गुमाउन चाँहादैनन् । उनीहरू आफ्नो विरासत जोगाउनकै लागि भएपनी साम दाम दण्ड भेद सबै खर्चिने छन् ।

यस अघिको जनमतलाई आधार मान्ने हो भने बाजुरामा तत्कालै नयाँहरुले जितिहाल्ने परिस्थिति भने देखिदैन। तर यसपाली प्रतिस्पर्धा भने निकै रोचक हुने देखिएको छ । यो रोचक प्रतिस्पर्धाका बीच कांग्रेस एमालेलाई पनि चुनाव जित्न सोचेजस्तो सजिलो पक्कै हुने छैन। एउटा बैकल्पिकहरुको साझा उम्मेदवार र एउटा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट बलियो उम्मेदवार प्रकाश शाह संग प्रतिस्पर्धा गर्न निकै सकस हुने देखिएको छ । 


यस अघि दुई दल बीच मात्रै प्रतिस्पर्धा हुँदै आएको बाजुरामा आगामी निर्वाचनमा अन्य उम्मेदवार समेत मैदानमा उत्रिने देखिएपछि प्रतिस्पर्धी दल एमाले र कांग्रेसलाई ठुलो धक्का पुग्ने संकेतका रुपमा हेरिएको छ। देशभर बैकल्पिक राजनिति दलको चर्चा भइरहदा बाजुरा फागुन २१ को निर्वाचनलाई बिशेष चाँसोका रुपमा हेरिएको छ । के बाजुरामा कांग्रेस एमालेको बहुदल पछिको बिरासत भत्काउन नयाँहरु सक्लान् भन्ने जिज्ञासा सबैको मनमा बिजारेपण भएको छ।     

आफ्नै पार्टी भित्रको आन्तरिक द्वन्द ,नयाँ बैकल्पिक राजनीति दलको समेत जिल्लामा बलियो उपस्थिति हुने र अर्कोतिर जिल्लामा प्रतिपक्षीको समेत समर्थन पाएका,मन जितेका प्रकाश बहादुर  शाह चुनावी मैदानमा उत्रिएपछि एमाले कांग्रेसलाई ठुलै धक्का पुग्ने निश्चित जस्तै भएको चर्चा हुन थालेको छ ।  बाजुरामा निरन्तर पालैपालो चुनाव जित्दै आएका विरुद्धमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रकाश बहादुर शाह बलियो प्रतिस्पर्धीका रुपमा मैदानमा ओर्लिएका छन् भने यता बैकल्पिक राजनीति शक्तिहरुको साझा उम्मेदवारका रुपमा लोकप्रिय युवा नेता सामाजिक अभियान्ता हेमराज थापालाई अघि सार्ने देखिएको छ ।

यसरी बाजुरामा कांग्रेस,एमाले, रास्वपा र नेपाली कम्युनिस्ट पार्टी गरि चार जना बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  यद्यपि कांग्रेस भित्रको आन्तरिक द्वन्द्व समाधान नभए बाजुरामा नेपाली कांग्रेसका दुई उम्मेदवार पनि हुन सक्ने सम्भावना देखिन्छ । तर अहिले नै एकिन भने भैईसकेको छैन । यता नेकपा एमालेले जिल्लाबाट ११ जनालाई उम्मेदवारका रुपमा सिफारिस गरेको भएपनि लाल बहादुर थापाले टिकट पाउने सम्भावना रहेको बुझिएको छ । नेपाली कांग्रेसको टुङ्गो लाग्न बाँकी छ ।

 उम्मेदवारी किन  ?
१. देशको पछिल्लो राजनितीक परिस्थिति अनुसार नव युवा पुस्ताको माग र भावना सम्बोधन गर्न । 
२. दुर्गम तथा पछाडि पारिएको बाजुरा जिल्लाको आमुल परिवर्तन र बिकासको लागि पैरवी गर्न 
३. राज्यका हरेक निकाय मा बाजुराको जबर्जस्त प्रतिनिधित्व गर्न 
४. प्रदेस सरकारमा रहदा सुरुवात भए का राष्ट्रिय महत्त्वका योजना तथा कार्यक्रमको निरन्तरता र सम्पन्न गर्न ।
५. राज्यको दुरगम तथा पिछडिएको जिल्ला लाई बिकास निर्माण र निति निर्माणमा मा पहुँच बिस्तार गर्न 
५. नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखन्डता लाई कायम राख्न राष्ट्रिय राजनिती मा टेवा पुगाउन

को हुन् त ? विकासवादी लोकप्रिय युवा नेता प्रकाश शाह यस्तो छ उनको राजनीति यात्रा : 

केही समय अघि मात्रै एमाले परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका प्रकाश बहादुर शाह पुर्व एमाले नेता हुन् । उनले झन्डै दुई दशक नेकपा एमालेमा रहेर सक्रिय राजनीति गरिसकेका छन् । विद्यार्थी उमेरमै राजनीतिमा हाम फालेका शाहले विद्यार्थी राजनितीबाटै राजनीति यात्रा प्रारम्भ गरेका हुन् । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुबाट राजनीति यात्रा प्रारम्भ गरेका शाह २०५० सालमा अनेरास्ववियु बाजुराको संस्थापक जिल्ला कमिटी अध्यक्ष बनेका थिए।

अनेरास्ववियु बाजुराको संस्थापक अध्यक्ष बनेका शाह नेकपा एमाले जिल्ला कमिटी बाजुराको पार्टी सचिव समेत भए। २०६५ सालमा नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्ष बने । नेकपा एमाले नवाै राष्ट्रिय महाधिवेशन बाट खुल्ला वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका शाह २०७४ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी बीच भएको पार्टी एकता पछि बनेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) केन्द्रीय कमिटी सदस्य समेत भएका थिए।

यस्तै नेकपा एमाले दशाै राष्ट्रिय महाधिवेशन बाट खुल्ला केन्द्रीय कमिटी सदस्य  समेत बने । हाल नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी सदस्य समेत रहेका शाह राजकिय जिम्मेवारी समेत लिएर कुशलता पुर्वक निर्वाह गरिसकेका छन् । शाह २०७४ सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा बाजुरा जिल्ला (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भए। २०७४ मै नेकपा (एमाले)  सुदुरपश्चिम प्रदेेश संसदीय दलको नेता निर्वाचित समेत भए ।

२०७४ मै  संसदीय दलको नेता बनेका शाह  पहिलोपटक सुदुपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत बनेका थिए। यस्तै २०७७ सालमा उनी दोश्रोपटक  सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्री बने ।प्रदेश सरकारको सांसदका रूपमा बीजयी भएपछि दुईपटक मन्त्री बन्ने अवसर पाएका शाहले आफुलाई विकासवादी नेताको रुपमा स्थापित गर्ने गरि काम गरेको देखिन्छ । 

यी हुन् शाह प्रदेश सभा सांसद र मन्त्री हुँदा आफ्नो कार्यकालमा गरेका केही महत्त्वपूर्ण कामहरु क्रमशः 
पूर्व मन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार शाह प्रदेश सभा सांसद र मन्त्री हुँदा बाजुरामा भधेरै विकास निर्माणका कामहरु भएका छन् । पुर्वाधार विकासमा शाहको कार्यकालमा उल्लेख्य काम भएको शाहका स्वकिय सचिब जंग विकको दाबी छ।  

१: मार्तडी काेल्टी पिलुचाैर सडक  कालोपत्रे  ,मार्तडी घटमुना सडक कालाेपत्रे सिङ्गाडा गैरी खाँद डाेगडी आटिचाैर भाैनेरा मार्तडी सडक खण्ड निर्माण, बल्दे आटिचाैर थामलेख सडक, मार्तडी बडिमालिका सडक, बाम्का नाटेश्वरी सडक, फालासैन हुँदै नगरपालिका सडक भाैनेरा सडक
यस्तै अनाई खोला सडक पुल २ कराेड , माैरे सडक पुल २ कराेड, कर्णाली बेलिवृज सडक पुल ५ कराेड डाब खप्तड सडक काेल्टी बुढिनन्दा सडक कवाडी बिच्छा सडक निर्माणका लागि बजेट बिनियोजन गरिएको बताईएको छ । 

२ .माैरे प्रहरी चाैकी , काँडा प्रहरी चाैकी,स्वामिकार्तिक प्रहरी चाैकी निर्माण । 
३ मालिका उच्च माध्यमिक विद्यालयका २ वटा छात्रवास निर्माण, भानाेदय माद्यामिक विद्यालयको  छात्रबास निर्माण, बाजुरा क्याम्पस, बुढिनन्दा क्याम्पस र बडिमालिका क्याम्पस मा भवन तथा छात्रवास निर्माण जिल्ला स्थित बिभिन्न मावि तथा उमावि र आवि मा ४ काेठे २ काेठे भवन निर्माण विभिन्न विद्यालयका  खेलमैदान निर्माण 

४. सदरमुकाम मार्तडीमा २ कराेड काे फिल्ड निर्माणका लागि रकम विनियोजन, सैन चाैर र कपल्टामा एरपाेर्ट निर्माणका लागि सम्भाव्यता अध्यायन मा रकम बिनियाेजन , सदरमुकाममा सभाहल निर्माणका लागि रकम बिनियाेजन ।

 जिल्ला का बिभिन्न ठाउमा सिचाइ आयाेजना,  खानेपानी निर्माण , लिफ्ट खानेपानी सामुदायिक भवनहरु , सहकारी भवन तथा आयआर्जन कार्यक्रम, मुख्यमन्त्री कृषि तथा पशुपंछि कार्यक्रम विपन्न परिवार का लागि आयआर्जन कार्यक्रमका लागि बजेट विनियोजन गरिएको शाहका स्वकीय जङ्ग विकको दाबी छ । 

आगामी निर्वाचनमा बाजुरामा शाहले जित्ने दाबी उनि निकट नेता कार्यकर्ताको छ । के सोचेजस्तै सजिलो छ त बाजुरामा एमाले कांग्रेस वाहेकको दललाई चुनाव जित्न ? विगतको मत परिणामलाई हेर्दा जित निकाल्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।  कांग्रेस एमालेलाई जस्तो सजिलो त पक्कै छैन तर यता एमाले कांग्रेसलाई समेत शाहको बलिायो उम्मेदवारी र वैैकल्पिक राजनिति दलहरु समेत मैदानमा उत्रिएपछि सजिलै चुनाव जित्न भने फलामको चिउरा चपाउनु जस्तै कठिन हुने देखिएको छ ।  

विगतको मत परिणाम हेर्दा,२०४८ देखि २०७९ सम्म आलैपालो जित र हारको शृङ्खला : 

बाजुरामा कांग्रेस एमाले दुई मुख्य प्रतिसपर्धी दलहरू हुन् । हरेक निर्वाचनमा यी दुई दल बीच नै रोचक प्रतिस्पर्धा हुन्छ । कहिँले कांग्रेसले त कहिँले एमालेले जित हात पार्दै आएको छ । विगतको मत परिणाम केलाउदा बहुदलपछि  २०४८ मा नेपाली कांग्रेसका देवराज जोशीले १७०६६ मत ल्याएर  निर्वाचित भए ।जुन बेला एमालेको मत १२४८३ मात्रै थियो। २०५१ मा एमालेका हिक्मत जङ्ग शाहीले जिते। उनले नेपाली कांग्रेसकै देवराज जोशीलाई पराजित गर्दै २१०१३ मत सहित जित हात पारे।देवराज जोशीले १९५०३ मत ल्याएर पराजित हुनुपर्यो। यस्तै २०५५ मा नेपाली कांग्रेसले जित हात पार्यो। कांग्रेस नेता जनक राज गिरीले आफ्ना दुई प्रतिसपर्धी कर्ण बहादुर थापा र हिक्मत जङ्ग शाहिलाई पराजित गरे । शाही तत्कालीन मालेबाट उम्मेदवार थिए भने थापा एमालेबाट उम्मेदवार बनेका थिए। थापाले ११०६३ मत पाए भने शाहीले ९०११० मत पाएर पराजित भए । 

२०६४ सालको संविधान सभाको निर्वाचनमा फेरि कांग्रेसकै देवराज जोशीले जित्न सफल भए। त्यो बेला जोशीले १९२७१ मत सहित बिजयी बनेका थिए। यस्तै २०७४ मा आउँदा नेपाली कांग्रेसका उम्मेदवार कबिराज पण्डित एमालेका लाल बहादुर थापा संग पराजित भए। तर स्थानीय निर्वाचनमा भने एमालेलाई कांग्रेसले उछिन्न सफल भयो। २०७९ को निर्वाचनमा फेरि एमालेका कर्ण बहादुर थापालाई पराजित गर्दै नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डे ३१७८६ मत ल्याएर बिजयी भए भने प्रतिद्वन्द्वी कर्ण बहादुर थापाले २६३४९ मत ल्याएर पराजित भए ।

यसरी २०४६ साल यता नेपाली कांग्रेसले ४ वटा निर्वाचनमा जित्यो भने एमालेले २ निर्वाचनमा जित हात पार्न सफल भयो। प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ । २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए । तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो।

संघीयता  पछिका दुई प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन: 

२०७४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बाजुराबाट कांग्रेस पराजित भयो। एमालेबाट लाल बहादुर थापाले जित हाँसिल गरे। प्रदेश र प्रतिनिधि सभा दुबै ठाउँबाट कांग्रेसले हात धुनुपर्यो। २०७९ मा स्थानीय तहको निर्वाचनमा निकै कमजोरी देखिएको कांग्रेस प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भने जित्न सफल भयो। २०७४ मा हारेको कांग्रेस २०७९ मा आएर चुनाव मात्रै होईन  प्रतिनिधि सभा तर्फको समानुपातिकमा पहिलोदल बन्यो । अन्य दलको भन्दा एक हजार ६७३ मत बढी ल्याउन सफल भयो। नेपाली कांग्रेस पार्टीले २७ हजार ९७२ मत प्राप्त गर्यो।  ।त्यसैगरी, नेकपा एमालले २६ हजार २९९ मत ल्याएर दोस्रो भयो ।

 नेकपा (माओवादी केन्द्र)ले एक हजार ९७८ मत ल्याएर तेस्रो र नेकपा (एकीकृत समाजवादी)ले एक हजार ७२८ मत ल्याएर चौंथो बन्यो ।  यसरी कांग्रेस २०७९ को निर्वाचनमा एमालेलाई उछिन्दै जिल्लामा पहिलो दल बन्यो । प्रमुख प्रतिस्पर्धि एमालेसंग हरेक निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदै आएको  बाजुरामा हरेक निर्वाचनमा एउटै दल भने जित्न सफल भएको छैन ।

संघीयता  पछिका दुई स्थानीय तहका निर्वाचन :

२०७४ को स्थानीय निर्वाचनमा नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भयो। कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका जित्यो भने, एमाले तीनवटा गाउँपालिकामा विजयी भयो।  कांग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बुढिनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा जित हात पार्यो ।

एमालेले स्वामिकार्तिक, जगन्नाथ र गौमुल गाउँपालिका गरी तीन पालिकामा मात्रै सिमित भयो। जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा कांग्रेस, ३२ वडाअध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भयो । तर त्यसको ठिक पाँच वर्षपछि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा आइपुग्दा मत परिणामको नतिजा उल्टियो। २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ पालिका विजयी भयो। उसले बडीमालिका र बुढीनन्दा नगरपालिका,बुुढिगंगा सहित जगन्नाथ,गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गर्यो । काँग्रेस  त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका गरी तीन पालिकामा खुम्चियो । खप्तड छेडेदहमा उपाअध्यक्ष भने कांग्रसले जित्यो । ०७४ मा वडा जितेको काग्रेस ७९ मा आएर मा सिमित बन्यो।

२०७४ मा काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका सिमित बन्यो। २०७९ मा आएर काँग्रेसले तीन पालिकामा चित्त बुझाउनुपर्यो भने एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समिति पनि जित्यो।

यो पनि पढ्नुहोस्

 

बाजुरा वासिले सांसदका रुपमा हेर्न चाहेकाअभियान्ता हेमराज आसन्न निर्वाचनमा उम्मेदवार बन्लान् ?https://sidhaprahartv.com/news-details/baajuraa-vaasile-saansdkaa-rupmaa-hern-caahekaa-ab/

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।