भोटेकोसी बाढीपीडितका लागि बाजुराको खापर देवस्थलीका विद्यार्थीले गरे १० हजार बढी सहयोग

बाजुराबाट बिद्यार्थीले देखाएको मानवीयता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
📌

समाचारको संक्षेप

विद्यार्थीहरूले गरेको यो सहयोग रकममा सानो भए पनि भावनामा निकै ठूलो छ। आफ्नै सीमित क्षमताबाट विपद्मा परेका परिवारका लागि हात बढाउने यी बालबालिकाको प्रयास प्रशंसनीय मात्र होइन, समाजका लागि प्रेरणादायी पनि छ। यसले सिकाएको छ—मानवता देखाउन ठूलो पद, उमेर वा धन चाहिँदैन, आवश्यक पर्दा अरूको पीडालाई आफ्नै ठानेर सहयोग गर्ने मन भए पुग्छ। आजको यो सानो प्रयासले भोलिको संवेदनशील, जिम्मेवार र सेवाभावी पुस्ताको आधार निर्माण गर्नेछ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

बाजुराबाट बिद्यार्थीले देखाएको मानवीयता

काठमाडौँ:विपद्का बेला सहयोग गर्न ठूलो स्रोत र साधनभन्दा सहयोगी मन र मानवताको भावना आवश्यक हुन्छ भन्ने उदाहरण बाजुराका विद्यार्थीहरूले प्रस्तुत गरेका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका–४ स्थित खापर देवस्थली माध्यमिक विद्यालयका विद्यार्थीहरूले भोटेकोसी बाढीबाट प्रभावित परिवारका लागि १० हजार ३४० रुपैयाँ सहयोग गरेका छन्।

भोटेकोसीमा आएको बाढीबाट धेरै परिवार प्रभावित भएको समाचार सुनेपछि विद्यालयमा गठित Junior Red Cross Circle र बाल समूहका विद्यार्थीहरूले पीडितका लागि आफूले सकेको सहयोग गर्ने निर्णय गरेका थिए। सोही निर्णयअनुसार कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो । 

विद्यार्थीहरूले आफ्नो क्षमता र इच्छाअनुसार गरेको सानो–सानो सहयोगबाट संकलित १० हजार ३४० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराद्वारा सञ्चालित सुरक्षित नेपाल परियोजनामा कार्यरत सामाजिक परिचालक राजेश सुनारले जानकारी दिएका छन् । रकमका हिसाबले सहयोग सानो भए पनि त्यसमा जोडिएको भावना ठूलो रहेको विद्यार्थीहरुको भनाई छ ।  उनीहरूले भोटेकोसी बाढीपीडितप्रति सहानुभूति, ऐक्यबद्धता र मानवीय जिम्मेवारी व्यक्त गर्दै आफूहरूले सकेको सहयोग गरेको बताएका छन्।

विद्यालयमा Junior Red Cross Circle र बाल समूहका गतिविधिमार्फत विद्यार्थीहरूले विपद् जोखिम न्यूनीकरण, प्राथमिक उपचार, विपद् पूर्वतयारी, नेतृत्व तथा स्वयंसेवाका विषयमा ज्ञान र सीप हासिल गर्दै आएका छन्। बाढीपीडितका लागि गरिएको सहयोगले उनीहरूलाई कक्षाकोठा र प्रशिक्षणबाट सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसरसमेत दिएको छ।

एक विद्यार्थीले Junior Red Cross र बाल समूहका गतिविधिबाट विपद्का बेला आफू सुरक्षित रहँदै आवश्यक परेकालाई सहयोग गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताउन्छन्। विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारको सहयोगमा अभियान सञ्चालन गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराद्वारा सञ्चालित सुरक्षित नेपाल परियोजनामा कार्यरत सामाजिक परिचालक राजेश सुनारले अभियानमा सहजीकरण गरेका थिए।

विद्यार्थीहरूको यो प्रयासले मानवता ठूलो स्रोत वा सामर्थ्यको विषय नभई आवश्यकता परेको बेला आफूले सकेको सहयोग गर्ने भावना हो भन्ने सन्देश दिएको पनि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराद्वारा सञ्चालित सुरक्षित नेपाल परियोजनामा कार्यरत सामाजिक परिचालक राजेश सुनार बताउन्छन् ।  दुर्गम गाउँको विद्यालयबाट बाढीपीडितका लागि जुटेको यो सहयोगले विपद्मा परेकाहरूलाई आफू एक्लो नभएको अनुभूति गराउने मानवीय सहायता पनि हो । 

विद्यार्थीहरूले गरेको यो सहयोग रकममा सानो भए पनि भावनामा निकै ठूलो छ। आफ्नै सीमित क्षमताबाट विपद्मा परेका परिवारका लागि हात बढाउने यी बालबालिकाको प्रयास प्रशंसनीय मात्र होइन, समाजका लागि प्रेरणादायी पनि छ। यसले सिकाएको छ मानवता देखाउन ठूलो पद, उमेर वा धन चाहिँदैन, आवश्यक पर्दा अरूको पीडालाई आफ्नै ठानेर सहयोग गर्ने मन भए पुग्छ। आजको यो सानो प्रयासले भोलिको संवेदनशील, जिम्मेवार र सेवाभावी पुस्ताको आधार निर्माण गर्नेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।