काठमाडौं : बाजुराका एक बालक धनगढीबाट बेपत्ता भएका छन् । अध्यनको सिलसिलामा प्रदेश राजधानी धनगढी बस्दै आएका बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ७ को स्यालकाटियाका १६ वर्षीय लोकराज जैशी बेपत्ता भएका हुन् ।
पढाइको सिलसिलामा धनगढी उपमहानगरपालिका १ शिवनगर बस्दै आएका जैशी गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएका थिए। उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययरत विद्यार्थी हुन् । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार कोठाबाट निस्किएको दिन देखि सम्पर्क बिहिन् छन् ।उनको खोजीकार्य भैरहेको भएपनी कुनै अत्तोपत्तो छैन ।
बेपत्ता जैशीका आफन्त महेश जैशीले भने,हराएको दिन देखि जताततै खोजिरहेका छौँ ,आफन्त भएका सबै ठाउँ खबर गरिसकेका छौँ,प्रहरीलाई पनि खबर गरेका छौँ,सबैले खोजी कार्यमा सहयोग गर्नुहोला"
बेपत्ता जोशीलाई कोही कसैले भेटाएमा आफन्तको सम्पर्क नम्बर ९७६८४९२४००,९७६६९७०८२१२ र ९७६६५५८७६५ सम्पर्क गरि सहयोग गरिदिन उनका आफन्त कमल जैशीले बताएका छन् । खोजिमा सहयोग गर्न अपिल गर्दै जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीमा समेत जानकारी गराईएको छ । अन्य आफन्त नातागोता छरछिमेक भएका सबै ठाउँमा खबर गर्दा काहिँ कतै नभेटिएको बताईएको छ ।