एतिहासिक तथ्य र प्रमाणले रानिसैन बाजुराको भूमी हो,तस्करीको अखडा बनाएकाहरु आत्तिए :सांसद दानी

रानिसैन,तस्करहरुको अखडा बन्यो,राज्यको प्रभावकारी नियन्त्रण भन्दा बाहिर छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

चोरी,तस्करी पठारी र निकासी जस्ता अपराधीक गतिविधि गर्न नपाउने डरले आत्तिएका तस्करहरुले आन्तरिक तथा वाह्य पर्यटकहरु,स्थानीय जनप्रतिनिधि र नागरिक माथी गरेको अमानवीय घटनामा संलग्नलाई तत्काल कानुनी कारबाही गरी सिमा विवाद समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराईन्। सुदूरपश्चिमको भूमिमा रहेको रानिसैनको संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने र आवश्यक बजेट बिनियोजन गर्नुपर्ने शाहीको माग थियो ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

रानिसैन,तस्करहरुको अखडा बन्यो,राज्यको प्रभावकारी नियन्त्रण भन्दा बाहिर छ

काठमाडौँ :सुदूरपश्चिम प्रदेश सभा सांसद जुना दानीले रानिसैन क्षेत्र राज्यका निकायमा रहेका एतिहासिक प्रमाण,कागजात,तथा परापुर्वक काल देखि हुँदै आएको भोगचलका आधारमा बाजुराकै भूमि हो भन्ने तथ्य प्रमाणहरु रहेको पनि सांसद दानीले दाबी गरिन् । यसको संरक्षण,पर्यटकीय पुर्वाधार निर्माण सुरक्षा व्यवस्था र संरक्षण क्षेत्र घोषणा गरि स्थानीय जनताको अधिकार सुनिश्चित गर्न सरकारले तत्काल ध्यान दिन आवस्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

 दानीले वर्षौं देखी बाजुराको रानिसैन क्षेत्र चोरी तस्करी निकासी र पैठारीको केन्द्र बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार बसेको प्रदेश सभामो बैठकमा बोल्दै सांसद दानीले प्राकृति सुन्दरता,जैविक विभिधता,अमुल्य जडिबुटी,प्राकृति श्रोत साधन तथा अपार पर्यटकि सम्भावना रहेको सुदूरपश्चिमकै धरोहर रहेको बताउदै सरकारको ध्यानाकर्षण गराईन् ।

यो संगै दानीले  सिमा विवादको विषयलाई लिएर जनप्रतिनिधि राष्ट्रसेवक कर्मचारी,हाम्रो सुदूरपश्चिम हामी चिनाउन्छौ भन्ने अभियान सहित रानिसैन पुगेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल त स्थानीय नागरिक माथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि उनले जोडदार माग गरेकी छन् । आगामी दिनमा बजेट सुरक्षा आवस्यक  व्यवस्थापनमा  सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।

चोरी,तस्करी पठारी र निकासी जस्ता अपराधीक गतिविधि गर्न नपाउने डरले आत्तिएका तस्करहरुले आन्तरिक तथा वाह्य पर्यटकहरु,स्थानीय जनप्रतिनिधि र नागरिक माथी गरेको अमानवीय घटनामा संलग्नलाई तत्काल कानुनी कारबाही गरी सिमा विवाद समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराईन्। सुदूरपश्चिमको भूमिमा रहेको रानिसैनको संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने र आवश्यक बजेट बिनियोजन गर्नुपर्ने शाहीको माग थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।