त्रिशूलीमा बस दुर्घटना: १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

प्रहरीले दिएको जानकारी अनुसार उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको बताइएको छ।  मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ । राति भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीहरूले बताएका छन् ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

 काठमाडौं: धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ। दुर्घटनामा परेर २४ जना घाइते भएका हुन् । राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ।  

प्रहरीले दिएको जानकारी अनुसार उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको बताइएको छ।  मृत्यु भएका १७ जनाको शव घटनास्थलमा नै छ । राति भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीहरूले बताएका छन् ।

यस्तै घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।