छलफलबाट आएका सकारात्मक सुझाबहरुलाई ग्रहण गर्ने बताएका छन् । विगतमा भएका कमजोरीहरुलाई स्वीकार गर्दै आएका सुझाबहरुलाई कार्यान्वयन गर्ने पनि रावतको भनाई छ। कार्यक्रम मार्फत आएका सुझाबलाई गहन ढङ्गले छलफल गरि आगामी दिनमा युवाहरु संगको सहकार्य र समन्वयमा योजना निति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता समेत अध्यक्ष रावतले जनाएका छन् । कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष बिशु देवि नाथले विगतमा भएका कमिकमजोरीहरु स्वीकार गरेर अगाडी बढ्नु नै आजको आवश्यकता रहेको औंल्याएकी छन् ।काम गर्ने क्रममा भएका कमिकमजोरीहरु स्वीकार गरेर आफूबाट भएका कमजोरी सुधार गरेर अगाडी बढ्न तयार रहेको बताईन्। उनले आफू माथी उठेका प्रत्येक प्रश्नको जवाफ दिएकी थिइन् ।
छेडेदह गाउँपालिकाका जनप्रतिनिधि संग काठमाडौंमा खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं : खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले गाँउपालिकाको समग्र विकासका लागि राजनीति आस्था भन्दा माथि उठेर सबै लाग्नुपर्ने बताएका छन् ।खप्तड छेडेदह गाउँपालिका स्थायी घर भैई विभिन्न सिलसिलामा राजधानी काठमाडौंमा अस्थायी बसोबास गरिरहेका युवाहरुलको सयुक्त आयोजनामा गाउँपालिका जनप्रतिनिधि संग गरिएको खुला अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै अध्यक्ष रावतले यस्तो बताएका हुन् ।
उनले राजनिति बीचार र आस्थाका आधारमा जो जुनसुकै राजनिति दल संग आवद्ध रहेको भएपनि पालिकाको हित र विकासका लागि आपसी सहयोग सहकार्य अपरिहार्य रहेको बताएका छन् । पछिल्लो समयमा राजनिति आस्थाका आधारमा छलपलका कार्यक्रमहरु गर्ने त्यहिँ आधारमा सम्बन्ध विस्तार गर्ने र रहेक कुरामा राजनिति गर्ने प्रबृति हाबी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष रावतले यस्तो् प्रवृत्तिलाई त्यागेर नितान्त पालिकाको विकासका सवालमा सबै एकताबद्ध हुनुको अर्को विकल्प नरहेको औल्याएका छन् ।
युवाहरुको सुझाव सल्लाह र सबै राजनिति दलको आपसि सहयोग सहकार्य र समन्वय बिना कुनै एक व्यक्ति वा राजनिति दलले विकासको परिकल्पना गर्न नसकिने पनि अध्यक्ष रावतको भनाई छ । उनले भने साझा रुपमा सबै मिलेर अगाडी बढ्नुपर्छ, हामी पालिकाको विकासका लागि जनप्रतिनिधिको हैसियतले सबै प्रयासहरु गर्न तयार छौँ, विगतमा हाम्रा कमजोरी भए होलान् तर हामी सधार गर्ने पक्षमा छौँ, हामीले थुप्रै राम्रा कामहरुको सुरुवात गरेका छौँ, हामी छेडेदहको समग्र विकासका लागि अरोरात्र खटिएका छौँ
यो संगै गाउँपालिकाका जनप्रतिनिधि संग काठमाडौंमा खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खप्तड छेडेदह गाउँपालिका स्थायी घर भैई विभिन्न सिलसिलामा राजधानी काठमाडौंमा अस्थायी बसोबास गरिरहेका युवाहरुले सयुक्त आयोजनामा गाउँपालिका जनप्रतिनिधि संग खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत र उपाध्यक्ष विशुदेवी नाथको उपस्थितिमा युवाहरु र जनप्रतिनिधि बीच खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बहादुर बुढा (जिएन) जानकारी दिएका छन् ।
गाउँपालिका भित्रका युवा विद्यार्थीहरुको सहभागीतामा पालिकाको विकासका विषयमा खुला अन्तरक्रिया कार्यक्रम गरिएको र समग्रमा कार्यक्रम उपलब्धिमुलक र सकारात्मक रुपमा सम्पन्न भएको बुढाको भनाई छ । खुला अन्तरक्रिया कार्यक्रम संगै युवा लक्षित कार्यक्रमहरु संचालन,युवा स्वरोजगार कार्यक्रम बिषयक र छेडेदह तालको संरक्षण गर्न माग गर्दै प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएईएको छ । छेडेदहका सम्पुर्ण युवाहरूको सयुक्त हस्ताक्षरित दुई वटा विज्ञप्ती बुझाईएको छ ।
छलफलबाट आएका सकारात्मक सुझाबहरुलाई ग्रहण गर्ने बताएका छन् । विगतमा भएका कमजोरीहरुलाई स्वीकार गर्दै आएका सुझाबहरुलाई कार्यान्वयन गर्ने पनि रावतको भनाई छ। कार्यक्रम मार्फत आएका सुझाबलाई गहन ढङ्गले छलफल गरि आगामी दिनमा युवाहरु संगको सहकार्य र समन्वयमा योजना निति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता समेत अध्यक्ष रावतले जनाएका छन् । कार्यक्रममा सहभागी प्राय सबै युवाहरुले आफ्नो मनमा लागेका जिज्ञासाहरु अध्यक्ष उपाध्यक्ष सामु राखेका थिए।
गत आर्थिक वर्षको बजेटका शिर्षकहरुमा समेत समिक्षा भएको थियो । युवाहरुले पालिकाले शिक्षा, स्वास्थ्य,यातायात,रोजगारी, विद्युत सञ्चार पर्यटन लगायतका समग्र पालिकाको विकासको विषयमा पालिका अध्यक्ष उपाध्यक्ष समक्ष आफ्ना जिज्ञासा राखेका थिए। यी सबै प्रश्नको जवाफ दिदै अध्यक्ष रावतले पालिकाको समग्र विकासका लागि अहोरात्र खटिएको प्रतिक्रिया दिएका थिए। अध्यक्ष रावत र उपाध्यक्ष बिशु देवी नाथले छलफल मार्फत उठेका प्रत्यक प्रश्नको जवाफ दिएका थिए।
कार्यक्रममा विगतका कमिकमजोरीको समिक्षा संगै आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा सकारात्मक छलफल भएको छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बहादुर बुढा (जिएन)ले बताएका छन् । कार्यक्रममा पालिकाले गाउँसभाबाट ल्याएका निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न नसकेको र विभिन्न शिर्षकमा विनियोजन गरिएको बजेटमा समेत जिज्ञासा राखेका थिए। कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष बिशु देवि नाथले विगतमा भएका कमिकमजोरीहरु स्वीकार गरेर अगाडी बढ्नु नै आजको आवश्यकता रहेको औंल्याएकी छन् ।
काम गर्ने क्रममा भएका कमिकमजोरीहरु स्वीकार गरेर आफूबाट भएका कमजोरी सुधार गरेर अगाडी बढ्न तयार रहेको बताईन्। उनले आफू माथी उठेका प्रत्येक प्रश्नको जवाफ दिएकी थिइन् । यस्तै पालिका अध्यक्ष र उपाध्यक्ष दुबैले पालिकाको हित, विकास र समृद्धिका लागि आफुहरु सधैं प्रतिबद्ध रहेको दाबी समेत गरेका छन् ।
खस्किदै गरेको शैक्षिक गुणस्तर सुधार,पर्यटन प्रवद्धन,युवाहरुलाई स्वरोजगार बनाउन युवा लक्षित सीप मुलुक कार्यक्रम संचालन गर्ने,स्वास्थ्यमा भएका समस्यामा सुधार, उत्पादनमा वृद्धि, यातायात,विद्युत,सञ्चार लगायतका समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा युवाहरु संग समन्वय र सहकार्य गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।