महाधिवेशन समयमै गर्न नेतृत्वलाई दबाव दिनुपर्छ स् शेखर कोइराला


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

कोइरालाले पार्टीभित्रको गुटका कारण अनुशासन समिति पनि गुटमा विभाजन भएको बताए।
कोइरालाले एमालेबाटै निजामती विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी भएको र भूमि सम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाए।

मुख्य बिन्दुहरू

काठमाडौं: नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्वलाई दबाव दिनुपर्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्यसमितिले सोलुखुम्वुले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कांग्रेसको महाधिवेशन समयमा नै हुन नसके पार्टी कमजोर हुने र पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुने भएकाले समयमा नै आगामी महाधिवेशन आयोजना गर्न पार्टी सभापति शेर बहादुर देउवालाई दवाव दिनुपर्ने बताएका हुन् ।


२०८४ पछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा सुनिन थालेको भन्दै कोइरालाले त्यस्तो भए कांग्रेसको भविष्यमाथि नै प्रश्न उठ्न सक्ने जिकिर गरे । उनले कांग्रेसभित्रको गुटका कारण अनुशासन समिति पनि गुटमा बिभाजन हुन पुगेको बताए ।

पार्टीमा देखिएको बेतिथि अन्त्यका साथै एकढिक्का बनाएर अघि बढाउन पनि १५ औँ महाधिवेशन समयमै हुन जरुरी रहेको उनको भनाइ छ ।कोइरालाले ठूला दल मिलेर सरकार बनेपनि भ्रष्टाचार, दण्डहिनता बढ्दै गएको टिप्पणी गरे । निजामती विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम एमालेबाटै भएको भन्ने कुरा लुकाउनुपर्ने उनले बताए । उनले खाली जग्गा हडप्ने उदेश्यका साथ एमालले भूमि सम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाए ।

कोइरालाले भूमि सम्बन्धी विधेययकमा कांग्रेसका सांसदहरूले संशोधन प्रस्ताव हाल्दा भूमिमन्त्रीले स्वीकार नगरेको जिकिर गरे । उनले कांग्रेस  र एमालेबीच भएको सहमति अनुसार सरकार चल्न नसकेको टिप्पणी गरे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।