६ कक्षामा पढाई छोडेका युसूफ महिनामा करोडौं कमाउन्छन्,१७ जनालाई रोजगारी दिदै

झुपडी देखि करोडौंको मालिक बनेका युसूफको,सपना,संकल्प,संघर्ष र सफल्ता सम्मको कथा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

६ कक्षामै पढाई छोडेर ट्याक्सी ड्राईभर हुँदै, दशकौको विदेश बसाई पछि,स्वदेश फर्किएर करोडौंको मालिक बनेका युसुभ अलिको सपना संकल्प संघर्ष र सफलता कथा । जसले हुने खानेहरुलाई मात्रै होइन हुँदा खानेहरुलाई पनि करोडौंको गाडी चढ्ने अवसर सिर्जना गरे ।धनि र गरिब बीचको विभेदको प्रखाललाई भत्काउने प्रयास गरे ।नी भन्छन्,अर्काको देशमा सोचेजस्तो छैन,अपमान गर्छन्, यताको जस्तो मान सम्मान छैन,आफ्नो भन्ने कोही हुदैनन्,विदेश जानु मात्रै सफलता होइन, संघर्षलाई अवसरमा बदल्न सकिन्छ, आफ्नै माटोमा पसिना बगाउँदा पनि सपना पुरा हुन्छ,यहीँ केही गरौँ

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

झुपडी देखि करोडौंको मालिक बनेका युसूफको,सपना,संकल्प,संघर्ष र सफल्ता सम्मको कथा

काठमाडौं : दैनिक हजारौँ युवा रोजगारीको खोजीमा विदेशिएका छन्। गाउँका घर–आँगन सुनसान छन्, गाउँमा वृद्धवृद्धा, बालबालिका बाहेक युवाहरु भेटिनै मुस्किल छ । बिरामी पर्दा अस्पताल लैजाने मानिसको मृत्यु हुँदा मलामी समेत नपाउने परिस्थिति गाउँ गाउँमा छ । रोजगारीका लागि प्रदेश जानू नेपाली युवा युवतीको नियती जस्तै भैसकेको छ ।

तर यहीँ बीचमा केही युवाहरु भने आफ्नै देशमा कठोर संघर्ष गरेर आफ्नै देशमा गरेपछि सकिन्छ,स्वदेशमै केही गर्नुपर्छ भन्ने कुराको उदाहरण  बन्न सफल पनि भएका छन् । तीनै मध्यका एक हुन् युसुभ अली । काठमाडौं महानगरपालिका १५ का स्थानीय बासी युसूफ अली एक गरिब परिवारमा हुर्किए । गरिब परिवारमा हुर्किएका उनको बाल्यका अभावमै बित्यो। उनका चार भाईबहिनी थिए। राजधानीमै जन्मिदैमा सबै कहाँ धनी हुन्थे र ? गरिब परिवारमा जन्मिएका उनके बाल्यकाल साधारण जीवनशैलीमा दु:खद बित्यो।

उनी भन्छन् " अहिले जस्तो थिएन, कयौं दु:खहरु झेल्नपर्यो, गाउँका अरु हुने खाने थिए,कुनै बेला मेरो परिवार हुँदा खाने अवस्थाको थियो,जिन्दगी एकनासो नहुँदो रहेछ,जीवनमा धेरै संघर्ष गरेर यहाँ सम्म आइपुगे" सामान्य परिवारमा बाल्यकाल बिताएका उनले कक्षा ६ मै बिद्यालय छोडे। बिद्यालय पढ्न छोडेपछि युसुभ ट्याक्सी चलाएर दिन गुजारा गर्थे । त्यसबाट पनि राम्रै आम्दानी  हुन्थ्यो । तर उनको सपना अर्कै थियो ।  बिद्यालय नपढेपनी व्यावसाय गर्ने उनको बच्चै देखीको धोको थियो ।

आफ्नो परिवार गरिब भएकाले गाउँलेले हेला गर्ने गरेको उनी बताउन्छन्। ट्याक्सी ड्राइभर भएर सपना पूरा हुन्न भन्ने उनलाई लाग्यो। त्यसपछि उनी बिदेश हानिए उनले झण्डै ८ वर्ष बढी दुबैईमा रोजगारीको सिलसिलामा काम गरे। त्यसपछि उनी साउदी र कतार समेत पुगेर काम गरे। त्यहाँ कार रेण्टलमा उनी गाडी चलाउने काम गर्थे। त्यसपछि नेपाल फर्किएका युसुभले विदेशमा आफू काम गर्ने कम्पनीको जस्तै व्यावसाय नेपालमा पनि सुरु गर्ने मनसाय बनाए ।

बिदेशबाट पर्किएर, व्यावसाय सुरु, १७ बढीलाई रोजगारी दिदै 

उसो त उनले यो योजना मनमनै विदेशमा हुँदा नै बुनिसकेका थिए। उनी स्मरण गर्दै सुनाउन्छन्,कति अर्काको देशमा काम गर्नु,अब नेपाल गएर यस्तै काम गर्नुपर्छ, यहीँ व्यावसाय नेपालमा गर्नुपर्छ भनेर सोच्थे,पक्कै गर्छु भन्ने योजना बनाईसकेको थिए"  बाध्यताले विदेश गएका उनलाई काम गर्दा पनि नेपाल सम्झिरहन्थे। तन विदेशमा भएपनी मन नेपालमै थियो । नेपालमै केही गर्छु भन्ने हुटहुटी, मातृभुमी प्रतिको अघात माया थियो, देशमै पनि थुप्रै गर्न सकिन्छ भन्ने संकल्प थियो । त्यसैले पनि युसूफ विदेशको झण्डै एक दशक सम्मको बसाईलाई बिट मारेर नेपाल फर्किए। नेपाल फर्किएपछि बाल्यकालदेखीको व्यासाय गर्ने चाहान, विदेशका पसिना बगाउँदाको दु:ख, अब नेपालमै केही गर्नुपर्छ भन्ने इक्षाशक्तिले फेरि विदेश जान उनको मनले मानेन ।

बरु उनलाई लाग्यो "अब म मेरै देशमा पसिना बगाउन्छु, जति दु:ख हुन्छ मेरै देशमा गर्छु,यहीँ केही गर्छु, र एक दिन सफल हुन्छु" विदेशमा काम गर्दाको अनुभव, देशमै केही गर्ने हुटहुटीले उनलाई नेपालमै व्यावसाय गर्ने निचोडमा पुर्यायो। उनको  थुप्रै व्यावसाय गर्ने मनसाय बनाए तर अन्ततः उनले आफुले विदेशमा काम गर्ने कम्पनीको जस्तै कामको थालनी गर्ने योजनामा पुगे।  किनकी उनले त्यो कामको अनुभव लिसकेका थिए। अनि सुरु भयो उनको व्यावसायिक यात्रा । अनि सुरु भए कठोर संघर्षका दिनहरु ।

सपना,संकल्प,संघर्ष र सफल्ता सम्मको कथा

युसूफले सुरुमा एउटा १० लाखको सेकेन्ड हेण्ड गाडी किने, त्यसबाट अली अली राम्रो हुँदै, गयो, त्यसपछि उनले बैंकबाट ऋण झिकेर गाडीहरु थपे बिस्तारै सफलता मिल्दै गयो। निरन्तर व्यावसाय राम्रो हुँदै गएपछि थप उर्जा थपियो। उनी भन्छन्,मैले सोचेको पनि थिएन, म यसरी करोडौंको मालिक बन्ला भनेर,म संग कुनै सम्पत्ति थिएन, तर इक्षाशक्ति भएपछि सबै सम्भव हुँदो रहेछ,बरु ऋण छ केही छैन,ऋण त तिरिने कुरा हो, तर कुनैबेला म रोजगारीका लागी आफै विदेश गएको थिए, तर अहिले म जस्तै १६/१७ जनालाई रोजगारी दिएको छु, म यसैमा सन्तुष्ट छु" 

बाल्यकालदेखि नै उनले जीवनलाई संघर्षमै काटे। गरिब परिवारमा जन्मिए, किताब-कलमभन्दा पनि भोक मेट्नु ठूलो चुनौती थियो। पढ्ने ठूलो चाहना हुँदाहुँदै पनि परिस्थिति नमिलेका कारण ६ कक्षा पछि विद्यालय छोड्नुपर्‍यो।सुरुमा थोरै पूँजी, धेरै मेहनत र धैर्य। काम गर्दा हात फाट्थ्यो, समाजले हेला गर्थ्यो, तर उनले हार मान्न कहिल्यै सिकेनन्। एक–एक पाइला बढाउँदै गए।

कुल लगानीको ५०/६० प्रतिशत ऋण तिर्न बाँकी रहेको युसुभ बताउन्छन् । उनले नेपालमा पहिलो यस्तो व्यावसायी हुन् । जसले भाडामा करोडौंको गाडी जोकोहीलाई दिन्छन् । भाडामा आफुलाई मन पर्ने गाडी लिएर जान सक्ने सुविधा दिन सफल छन् । जसका कारण गाडी किन्न पैसा नभएकाहरुले समेत थोरै रकममा पनि आफुलाई चाहे अनुसारको समय सम्म मनपर्ने गाडी चढ्न सक्छन् । उनको आफ्नै एजी कार रेण्टर नामक कम्पनी छ । जुन कम्पनीमा १७ जना बढी कर्मचारी छन् ।५६ वटा गाडीहरु छन् । यी मध्य प्रत्येक गाडीको फरक - फरक मुल्य तिरेर लिन सकिने उनको भनाई छ ।

सस्तोमा चाहियो भने सस्तो महङ्गो गाडी चढन चाहानेहरुका लागि महङ्गो सबै खाले गाडी यो कम्पनीमा छन् । उनले भने" सबै संग गाडी किन्ने पैसा हुँदैन, सबैले किन्न पनि सक्दैनन् तर चाहाना त सबैको हुन्छ, त्यसैले सबैले केही पैसा तिरेर करोडौंको गाडी आफ्नै गाडी सरह भाडामा लिन मिल्ने गरी नेपालमा यो व्यावसाय सुरु गरेको हु, जसका कारण धनी गरिब सबैले चढ्न,लिन पाउने भए" सोचेजस्तो सजिलो थिएन, कुनै बेला हुँदा खाने परिवारिक पृष्ठभुमिबाट माथि उठेको युसुभको सपना,संकल्प  निरन्तरको कठोर संघर्ष, आत्मविश्वास, इक्षाशक्तिले उनलाई सफलता सम्म ल्याईपुर्यायो।

उनले जिन्दगीको मोडमा आएका कयौं चुनौतीहरु पार गर्न सफल भए। कठोर संघर्ष गर्दै कयौं बाधा अड्चनहरुलाई छिचोल्दै सफलताको सिडी चढ्दाको त्यो दु:खलाई शब्दमा बयान गर्न सकिन्न । भनिन्छ भाग्यमा होइन कर्ममा बिश्वास गर्नुपर्छ। त्यहीँ संघर्षको पर्यायबाचि जस्तै हुन् । एउटा सामान्य परिवारमा जन्मिएर अभाबै अभावमा हुर्केको एउटा सामान्य मानिसलाई करोडौंको मालिक बन्दासम्म कति धेरै कठोर गर्नुपर्यो होला ? त्यो कल्पना पनि गर्न सकिदैन । अहिले उनको महिनामा झण्डै डेढ करोड बढी आम्दानी गर्छन् त्यो मध्यमा खर्च सबै जोडेर ५० देखि ६० लाख सम्म महिनामा बचत हुने गरेको उनको दाबी छ । 

 
भनिन्छ निरन्तरको कठोर  संघर्ष, परिश्रम, मिहिनेत, धैर्यता,लगनशीलताले मानिसलाई एक न एक दिन सफल बनाउन्छ । हरेक मानिस सफल हुनुको पछाडी उसको सपना, संकल्प, कठोर संघर्ष र सफलता महत्त्वपूर्ण कुरा हुन् । जसको एक प्रतिनिधि पात्र युसुभ अली पनि हुन् । 

झुपडी देखि करोडौंको मालिक बने,बिदेश नजान युवाहरुलाई सुझाब 

आज उनी करोडौंको मालिक बनेका छन्। १७/१८ जना युवालाई रोजगारी दिएका छन्। उनी मात्रै सफल भएनन्, बरु स्वदेशमै रोजगारी सिर्जना गरेर अरूलाई पनि साथ दिए।उनी भन्छन्,अर्काको देशमा सोचेजस्तो छैन,अपमान गर्छन्, यताको जस्तो मान सम्मान छैन,आफ्नो भन्ने कोही हुदैनन्,विदेश जानु मात्रै सफलता होइन, संघर्षलाई अवसरमा बदल्न सकिन्छ, आफ्नै माटोमा पसिना बगाउँदा पनि सपना पुरा हुन्छ,यहीँ केही गरौँ

काठमाडौंमा एउटा गरिब परिवारमा हुर्किएका युसुभ अलि जो अहिले एउटा व्यावसायि मात्रै होईन असल समाजसेवीको पहिचान बनाउन सफल छन् ।उनी समस्यामा परेकाहरुलाई सहयोग पनि गर्छन् । अहिले नेपालका केही छैन,केही गर्न सकिदैन अन्तिम विकल्प नै बिदेश हो भन्ने मानसिकता युवाहरुमा छ । दैनिक हजारौं युवाहरु विदेशीरहेका छन् ।त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा विदेशीने युवाहरुको ताती छ तर युसुभ एउटा यस्तो पृथक युवा हुन् जो आफू मात्रै नेपालमै काम गरिरहेका छैनन् आफू जस्तै १७/१८ जनालाई रोजगारी दिईरहेका छन् ।

युसूफको प्रसंशा गर्दै पत्रकार सायल केसी भन्छन् "एक जना व्यक्ति कोही आफू बिदेशी न छोडेर नेपालमै केही गर्छु भन्ने आत्मविश्वासका साथ आफ्नो कर्ममा लाग्छ र उसले आफू मात्रै होईन आफुलाई जस्तै युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्छ भने चाह्यो भने नेपालमै पनि गर्न सकिन्छ भन्ने कुराको एउटा प्रेणाको श्रोत त उदाहरण बन्न सफल हुनुहुन्छ " उहाँको जस्तै सोच सबै युवामा हुने हो भने नेपालमै थुप्रै काम गर्नसकिन्छ, सरक व्यवाहार, सहयोगी र मनकारी भावना,।


युसूफ संगै काम गर्ने उनका नजिकका सहयोगी नुवाकोटका रञ्जन थापा  स्थापना, रन्जन थापा छन् । बिदेश जाने तयारीमा थिए उनी । तर यहीँ बीचमा उनको भेट युसुभ अली संग भयो। र संगै काम गरौँ भने। अहिले दुबै जान एक अर्काको दु:खसुखको साथि बनेको रञ्जनको भनाई छ । उनी सुनाउन्छन् " उहाँ संग भेटभएपछी उहाँले विदेश नजाउ यहीँ काम गरौँ भन्नुभयो, अहिले कमाई पनि राम्रो छ, आफ्नो देशमै काम गर्दा खुसी छु। 

उनले नेपालमा केही छैन, जति गर्दापनी केही हुँदैन, विदेश गएर मात्रै राम्रो आम्दानी  हुन्छ, अर्थात नेपालमा लगानी गरेर पनि डुब्छ भन्ने गलत भाष्यलाई चिर्न सफल भएका छन् । यो रोजगारीकै लागि विदेश जाने युवाहरुले मनन गर्नुपर्ने कुरा पनि हो। लाखौं ऋण गाडेर विदेश जाने युवाहरुले युसुभ अलिको जीवनको सपना,संकल्प संघर्ष र सफलतालाई आत्मसात गर्न सके युवाहरु स्वदेशमै अवसरहरु खोज्नेछन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।