मंगलवार पालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रममा आर्थिक रुपले विपन्न महिलाहरुलाई रकम सहयोग गरिएको हो ।आर्थिक रुपले विपन्न र लैङ्गिक हिंसाबाट प्रभावितहरुलाई आर्थिक सहयोग गरेको बुढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया कुवँर खड्काले जानकारी दिएकी छन् ।
बाजुरा:जिल्लाको बुढीगंगा नगरपालिकाले विपन्न महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न अनुदान स्वरुप आर्थिक सहयोग गरेको छ । मंगलवार पालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रममा आर्थिक रुपले विपन्न महिलाहरुलाई रकम सहयोग गरिएको हो ।आर्थिक रुपले विपन्न र लैङ्गिक हिंसाबाट प्रभावितहरुलाई आर्थिक सहयोग गरेको बुढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया कुवँर खड्काले जानकारी दिएकी छन् ।
स्वरोजगारका लागि केही न केही व्यवसाय सञ्चालन गर्न सकुन भन्ने उदेश्यका साथ अनुदान स्वरुप नगद रकम सहयोग गरिएको बताउनुभयो। नगरपालिकाले १९ जना महिलाहरुलाई रकम सहयोग गरेको नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन् । उहाँका अनुसार अनुदान स्वरुप जनही नगद १६ हजारका दरले रकम हस्तान्तरण गरिएको हो ।
त्यस्तै नगरपालिकाले सीप विकास केन्द्र स्थापना गरेर पालिकाका आर्थिक रुपले विपन्न, एकल महिला सहित बेरोजगार युवाहरुलाई सीप सिकाई रहेको छ । निःशुल्क सीप सिकाएर व्यवसायीक बनाउँदै आत्मनिर्भर बनाउने उदेश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख राम बहादुर बानियाँले बताए ।