कटुवाल अन्य सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।पेशाले स्वास्थ्यकर्मी भएपनि समाजिक सामाजिक कार्यमा समेत सक्रिय कटुवालले यतिबेला भने पृथक कार्यको थालनि गरेका छन् । जुन सिङ्गो समुदायको हितमा छ । यस अघि आर्थिक अवस्था कमजोर भैई आर्थिक अभाबका कारण अस्पतालको शैयामा छटपटाईरहेका बिरामीका लागि सहयोग अभियान चलाउदै आएका कटुवालले अहिले ध्रममाण्डौं मन्दिरको अधुरो भवन पूरा गर्न अभियान सञ्चालन गरेका छन् । कटुवालले धार्मिक आस्थाको केन्द्र ध्रममाण्डौं मन्दिरको नयाँ भवन अधुरै रहेको भन्दै तत्काल सम्पन्न गर्न आर्थिक संकलन अभियान सञ्चालन गरेको जानकारी दिएका छन् ।
मन्दिरको अलपत्र भवन निर्माणका लागि सहयोग अभियानमा जुटे
काठमाडौँ :एक स्वास्थ्यकर्मी जो दिनरात बिरामीको उपचारमा खटिन्छन् । बिरामीहरूको उपचार, हेरचाह, परामर्श, र स्वास्थ्य सेवा प्रदान गर्नु उनिहरुको दायित्व नै भयो । उनिहरुको प्रमेख दायित्व नै बिरामीको उपचार गर्ने, हेरचाह गर्ने र बिरामीलाई मृत्युको मुखबाट नयाँ जीवन दिने हो ।
उसो त एउटा मानिसले कुनै अर्को मानिसलाई नयाँ जीवन दिनु भन्दा अर्को मानव सेवा अरु के नै हुन्छ ? तर केही स्वास्थ्यकर्मीहरु बिरामीको उपचार गर्ने कुरामा मात्रै सिमित छैनन् । केही यस्ता मनाकारी भावनाका स्वास्थ्यकर्मीहरु पनि छन् । जो उपचार संगै आर्थिक अवस्था कमजोर भएका बिरामीका सारथि बन्दै आएका छन् । यो संगै उनिहरु सामाजिक सेवामा पनि तलिन् छन् । यस्तै मध्यका एक प्रेणादायी स्वास्थ्यकर्मी हुन् बाजुराको बुढिगंगा नगरपािलका ७ झालीका मिन बहादुर कटुवाल ।
कटुवाल एक प्रेरणादायक स्वास्थ्यकर्मी हुन् । जो लामो समय देखि केवल औषधि दिने मात्र होइन, आर्थिक सहयोग जुटाएर बिरामीहरूको जीवन बचाउने प्रयासमा समर्पित छन्। बाजुराको बुढीगंगा नगरपालिका एक साधारण स्वास्थ्यचौकीमा कार्यरत कटुवाल पेशाले स्वास्थ्य सहायक हुन्, तर उनको परिचय त्यतिमै सीमित छैन। बिरामीको जाँच गर्ने हातसँगै, उनीसँग एक फरक गुण पनि छ ।
अर्काको पीडा आफ्नै जस्तो महसुस गर्ने मन पनि छ उनी संग। उपचारका लागि आएका बिरामीहरु जसको आर्थिक अवस्था कमजोर छ उनीहरूका लागि सहयोग अभियान जुटाउदै आएका छन् । दैनिक बिरामीको परीक्षण गर्छन्, औषधि दिन्छन्, सल्लाह दिन्छन्। तर कहिले काहीँ बिरामीसँग उपचार गर्ने पैसा हुँदैन। अस्पतालको शैयामा उपचार अभावमा छट्पटाईरहेका चुप लागेर ती बिरामीहरूलाई देख्दा उनी मन थाम्न सक्दैनन् र आर्थिक रकम संकलन अभियान थाल्छन् ।
कटुवाल भन्छन् । “औषधिले मात्र उपचार हुँदैन, कहिलेकाहीँ उपचारका लागि पैसाले पनि लड्नुपर्छ,मैले उपचारमा समस्या बिरामीका लागि आर्थिक रकम संकलनमा पनि सहयोग गर्दै आएको छु"कटुवाल सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्छन् ,सहयोगका लागि अपिल गर्छन्,कसैलाई फोन गरेर अपिल गर्छन्, उठेको रकम बिरामीको आफन्तलाई बुझाउन्छन्। कटुवालको निष्ठा र पारदर्शिता प्रती धेरैको विश्वास छ ।
स्वास्थ्यकर्मी कटुवाल सोही वडाको आधारभूत स्वास्थ्य केन्द्रमा अहेव पदमा कार्यरत छन् । उनले यसअघि पनि सोही वडाकी सानुदेवि कटुवाल र उनका श्रीमान कर्ण बहादुर कटुवालको उपचारका लागि पनि आर्थिक संकलन अभियान सञ्चालन गरे। उक्त अभियानमार्फत विभिन्न व्यक्तिको सहयोगले लाखौं रुपैयाँ संकलन भयो। कटुवालले चलाएको सहयोग अभियानबाट लामो समयदेखि रोगबाट ग्रसित कटुवाल दम्पत्तिको उपचारमा सहयोग पुग्यो। अहिले सानुदेविको स्वास्थ्यमा समेत सुधार भइसकेको कटुवाल बताउन्छन्।
सानुदेवी कटुवाल एक प्रतिनिधि पात्र मात्रै हुन् । स्वास्थ्यकर्मी कटुवालको मनकारी भावनाका कारण,कयौंका ज्यानहरू बाँचिरहेका छन्। उनीसँग सेवाको भावना र नहार्ने आँट छ । कटुवाल अन्य सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।पेशाले स्वास्थ्यकर्मी भएपनि समाजिक सामाजिक कार्यमा समेत सक्रिय कटुवालले यतिबेला भने पृथक कार्यको थालनि गरेका छन् । जुन सिङ्गो समुदायको हितमा छ ।
यस अघि आर्थिक अवस्था कमजोर भैई उपचारमा आर्थिक अभाबका कारण अस्पतालको शैयामा छटपटाईरहेका बिरामीका लागि सहयोग अभियान चलाउदै आएका कटुवालले अहिले ध्रममाण्डौं मन्दिरको अधुरो भवन पूरा गर्न अभियान सञ्चालन गरेका छन् । कटुवालले धार्मिक आस्थाको केन्द्र ध्रममाण्डौं मन्दिरको नयाँ भवन अधुरै रहेको भन्दै तत्काल सम्पन्न गर्न आर्थिक संकलन अभियान सञ्चालन गरेको जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मी कटुवालका अनुसार उक्त मन्दिरको नयाँ भवन निर्माणका लागि गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। उक्त बजेटको १२ लाखमा ठेक्का भएर काम सुरु भयो तर केही काम बाँकी रहेको छ । सो बजेटले ध्रममाण्डौं मन्दिरको लेन्टरसम्म काम भएपनि प्लास्टर, झ्याल ढोका लगायतका काम बाँकी छ ।
निर्माण कार्य अलपत्र रहेको उक्त मन्दिरको अधुरो काम पूरा गर्न आर्थिक संकलन अभियान सञ्चालन गरेको कटुबाल बताउन्छन् । सामाजिक अभियानबाटै निर्माण कार्य सम्पन्न उदेश्यका साथ अभियान सञ्चालन गरेको उनले जानकारी दिएका छन् । अधुरो काम सम्पन्न गर्न करिब एक लाख रुपैयाँ लाग्ने अनुमान गरिएको उनको कटुवालको भनाई छ ।अभियान चलाएको एक सातामै विभिन्न सहयोगी व्यक्तिहरुमार्फत ३६ हजार रुपैयाँ संकलन भइसकेको छ ।
उक्त अभियान मन हृदयदेखि सहयोगी भावनाका साथ सहयोग गरी दिन सबैलाई अनुरोध गरेका छन् । कटुवालले यस्ता सामाजिक काम एक्लै व्यक्तिको प्रयासबाट मात्रै सम्भव नहुने बताउदै समाजका सबैको सहयोगको खाँचो रहेको बताएका छन् ।
कटुवाल एउटा स्वास्थ्यकर्मीका रुपमा मात्रै छैनन् पछिल्लो समय सामाजिक कामका सेवा गर्दै समाजसेवीका रुपमा आफुलाई स्थापित गर्न सफल छन् । गाउँमा नागरिकको स्वास्थ्य उपचारका साथै समाज परिवर्तनका उदेश्यले कटुवाल मानव सेवा र सामाजिक कार्यमा जुटेका छन् । कटुवाल एक प्रेणादायी,स्वास्थ्यकर्मी मात्रै होईन असल समाजसेवीको परिचय दिन सफल भएका छन् ।