१ वर्षकी छोरी काखमा च्यापेर न्यायका लागि काठमाडौँ पुगेकी राजमती,श्रीमान युक्रेनको जेलमा

रोजगारीका लागि विदेश गएका जयप्रकाश दलालको फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

परिवारको सिङ्गो जिम्मेवारी अहिले राजमतीकै काँधमा छ । एकातिर एक वर्षको छोरी,अन्य तीन छोराछोरी, बुढ्यौली लागेका सासु ससुरालाई बिहान बेलुका छाक टार्न अन्नको जोहो गर्नै राहमतीलाई अहिले हम्मेहम्मे छ । "बिहान खाए बेलुका के खाने ? एक्लै महिला मान्छेले काम गरेर परिवारलाई आवश्यक खर्च जुटाउन गार्‍हो छ, एकातिर श्रीमानको पिरले मन पिरोलिरहन्छ तर पिर मानेर रुद्र बस्नु पनि त भएन,म एक्लै भए त भोकै पनि बस्न सक्थे,नाबालक छोराछोरीलाई भोकै राख्न भएन, मेरो श्रीमानको के गल्ती थियो ?" उनले भावुक हुँदै पीडा पोखिन् ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

रोजगारीका लागि विदेश गएका जयप्रकाश दलालको फन्दामा

काठमाडौँ : एउटा हातले  १ वर्षकी छोरी च्यापेकी थिइन् । अर्को हातले आँसु पुछिरहेकी थिइन् । मलिन अनुहार,काखमा १ वर्षको अबोध दुधे बालक च्यापरे,काहालिलाग्दो कथा अनि व्यथा रुँदै सुनाइरहेकी थिइन् । जो आफू भित्रको पीडा सुनाउन  रौटहटको गुजरा नगरपालिका वडा न .५ हरिअरपुरकी राजमती कुमारी शाह। १० वर्ष उमेर ननाघेका अरु चार छोराछोरीलाई बुढा सासू ससुराको जिम्मा छोडेर शाह १ वर्षको दुधे बालकलाई काखमा च्यापेर श्रीमानलाई न्याय माग्न  राजधानी काठमाडौं आइपुगिन् ।

 बुधबार राजधानीको रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्ना बिलौना पोखिन् ।  मनमा बोकेको  पीडा कति धेरै छ? त्यो शब्दमा बयान गर्नै सकिँदैन। श्रीमान्‌लाई राम्रो भविष्यको सपना देखाउँदै दलालले पोर्चुगल पठाउने भन्दै झुटको जाल बुने। तर उनी अहिले युक्रेनको युद्धग्रस्त भूमिमा अलपत्र छन्। यिनै आशंका,पिडा  र अन्यायको विरुद्ध बोल्न उनी आज रुँदै काठमाडौं आएको उनले बताइन्। 

२९ वर्ष उमेरका श्रीमान जयप्रकाश शाह  २०८१ साल असारमा स्थानीय दलालको आश्वासनमा १७ लाख रुपैयाँ बुझाएर पोर्चुगल जाने भन्दै भारत हुँदै पोर्चुगल जान्छु भनेर घरबाट हिँडे। एउटा गरिब परिवारमा हुर्किएका  जयप्रकाश गरिबीबाट मुक्त हुने,परिवारलाई खुसी राख्ने, र परिवारको  छाक टार्न सपनाको भारी बोकेर पोर्चुगल हानिएका थिए। जुन सपना बोकेर पोर्चुगल हानिएका थिए त्यो सपना एकाएक चक्नाचुर भयो। कारण थियो ।

जसको बिश्वासमा जयप्रकाश पोर्चुगल हिँडेका थिए उनले पोर्चुगल पठाईदिने भन्दै युक्रेन पठाईदिए। न्याय माग्न काठमाडौं आएकी जयप्रकाशकि श्रीमती राजमती आफ्नो दुखेसो सुनाउन्छिन् "राम्रो काम छ,मेरो छोरा त्यहीँ छ, धेरै राम्रो कमाई हुन्छ भने पोर्चुगल पठाईदिन्छु भन्नू भएको थियो तर मेरो श्रीमानलाई युक्रेन पठाईदिए" पोर्चुगल भनेर युक्रेन पठाएपछि आफ्ना श्रीमान त्यहाँ ९ महिना लुकिछिपी बसेको उनले बताइन् ।

९ महिना सम्म बिना काम लुकिछिपी बसेका श्रीमान ९ महिना पछि पोर्चुगल र युक्रेनको सिमानाकामा अबैधानिक तरिकाले आएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको उनको भनाई छ । धन कमाउन परिवारलाई खुसी किन्न विदेश हानिएका जयप्रकाशको  सपना युक्रेन र पोर्चुगलको सिमानाका पुग्ने बित्तिकै जब उनी प्रहरीको कब्जामा परे तब उनका सबै सपनाहरु चकनाचुर भए। 

आफ्ना श्रीमान जयप्रकाशलाई स्थानीय हिरेन्द्र प्रसाद शाहले लाखौं रुपैयाँ ठगी गर्न अबैधानिक बाटोबाट युक्रेन पुर्याएको आरोप राजमतीको छ । राजमती रुदै सुनाउन्छिन् "उहाँले पैसाका लागि मात्रै यो सब गर्नुभएको रहेछ,उहाँलाई विश्वास गर्नु हाम्रो भुल भयो,अहिले युक्रेनको जेलमा हुनुहुन्छ, उहाँको रिहाईका लागि सक्नेजति सबै प्रयास गरिसके, सबैठाउँ धाए,म कहाँ जानेरु नाबालक चार छोराछोरी छन्, बुढा सासुससुरा, आफ्नो भन्ने कोही छैनन्"  

जयप्रकाशले स्थानीय दलाल हिरेन्द्र शाहलाई १७ लाख रुपैयाँ बुझाएको राजमतीको दाबी छ । सबै गर्दा २० लाख बढी खर्च गरिसकेको राजमती सुनाउन्छिन् । उनले आफ्नो छोरा रजिब शाह, र अर्का एक व्यक्ति गुदु शाह नाम गरेका दुई जना पोर्चुगलमै रहेकाले कुनै समस्या नहुने भन्दै भरपुर विश्वास दिलाएर पठाएक थिए। उनीहरूको सम्पर्क नम्बर पनि दिएका थिए। तर त्यहाँ पुग्दा उनीहरूले फोन समेत उठाएनन् ।

त्यसपछि जयप्रकाश अलपत्र परे । उनी अलपत्र मात्रै परेनन् कानुनी अल्झनबाट बाँच्न लुक्नुपर्ने परिस्थिति बन्यो।  राजमती र जयप्रकाश दम्पतीका  ३ छोरी र १ छोरा छन् । कान्छी छोरी १ वर्षकी मात्रै पुगिन्। जो गर्भमा हुँदा जयप्रकाश विदेश हानिएका थिए। अन्य छोराछोरी पनि १० वर्ष उमेर नाघीसकेका छैनन् । नाबालक छोराछोरी, डाँडापारीको घाम भैसकेका बुवाआमालाई श्रीमती राजमतीको जिम्मा छोडेर पोर्चुगल हिँडेका जयप्रकाशको परिवारको अहिले बिचल्ली भएको छ । 

परिवारको सिङ्गो जिम्मेवारी अहिले राजमतीकै काँधमा छ । एकातिर एक वर्षको छोरी,अन्य तीन छोराछोरी, बुढ्यौली लागेका सासु ससुरालाई बिहान बेलुका छाक टार्न अन्नको जोहो गर्नै राहमतीलाई अहिले हम्मेहम्मे छ । "बिहान खाए बेलुका के खाने ? एक्लै महिला मान्छेले काम गरेर परिवारलाई आवश्यक खर्च जुटाउन गार्‍हो छ, एकातिर श्रीमानको पिरले मन पिरोलिरहन्छ तर पिर मानेर रुद्र बस्नु पनि त भएन,म एक्लै भए त भोकै पनि बस्न सक्थे,नाबालक छोराछोरीलाई भोकै राख्न भएन, मेरो श्रीमानको के गल्ती थियो ?" उनले भावुक हुँदै पीडा पोखिन् । 


अहिले राजमतीले ज्याला मजदुरी गरेर परिवारको छाकटार्न जोहो गरिरहेकी छन् । श्रीमानलाई नेपाल फर्काईदिन भन्दै राजमतीले सम्बन्धित सरोकारवाला निकायमा लाखौं बिन्ती बिसाईन्। आफ्ना बिलौना पोखिन्। श्रीमान ठगीमा परेको भन्दै न्यायका लागी खोलिएका न्यायका ढोका ढकढक्याईन् । उनका कयौं प्रयासहरु असफल भए।

ज्याला मजदुरी  गरेर अहिले घर परिवार चलाईरहेकी छन् ।जिल्ला प्रहरी कार्यालय बारा कलैयामा २०८१ चैत्र २० गते जाहेरी समेत दर्ता भैसकेको उनले बताइन् । उनले जाहेरी र दलाललाई बुझाएका रकमको प्रमाण समेत साथमै बोकेर आएकी थिईन् । जिल्ला प्रहरी कार्यालय बारा कलैयामा बज्र किशोर शाह र अर्का एक जना बाराकै व्यक्तिले हिरेन्द्र विरुद्ध ठगी मुद्धामा जाहेरी दिएका थिए। अहिले उक्त जाहेरीको समेत सुनुवाई नभएको उनको दुखेसो छ ।

उनले श्रीमानको रिहाईका लागि नेपाल सरकारकि परराष्ट्र मन्त्री राणालाई समेत भेटिन्। परराष्ट्र मन्त्री राणाले छिट्टै रिहाईका लागि पहल गर्ने आश्वासन पनि दिइन् तर त्यसपछि भने उनको सचिवालयले फोन उठाउन छोड्यो । उल्टै फोन काट्ने गरेको राजमतीको भनाई छ । यता यो विषयमा जिल्ला प्रहरी कार्यालय बारामा बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।