इतिहासकै सबैभन्दा बढी गुटबन्दीमा पार्टी अल्झियो : कर्ण थापा

एमालेलाई निर्णयक शक्ति बनाउन गुटबन्दीको अन्त्य गनुपर्ने थापाको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
📌

समाचारको संक्षेप

थापा लेख्छन् "विगतको कैयन समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरु  कारण फरक फरक बुझाईहरु। यस अवघीमा मुल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ "

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

एमालेलाई निर्णयक शक्ति बनाउन गुटबन्दीको अन्त्य गनुपर्ने थापाको भनाई

काठमाडौँ : नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले इतिहासकै सबैभन्दा बढी गुटबन्दीमा पार्टी अल्झिएको टिप्पणी गरेका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै थापाले दशौ राष्टिय महाधिवेशन पछि हालसम्मको यस अवघिलाई नियाल्दा पार्टी इतिहासमै सबैभन्दा बढि गुटबन्दीमा पार्टी अल्झीएकोटिप्पणी गरेका हुन् ।

 थापाले पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको नाम लिदै स्वार्थको रोटी सेक्ने प्रवृत्ति हाबी भएको पनि उल्लेख गरेका छन् । थापा लेख्छन् "विगतको कैयन समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरु  कारण फरक फरक बुझाईहरु। यस अवघीमा मुल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ "

यतिमात्र होईन थापाले पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिनेकेही सिमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको  सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रबृत्तिहाबी भएको आरोप समेत लगाएका छन् । थापा थप उल्लेख गर्दै भन्छन् "विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्ल्लाहा र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलिय जनवादले सच्यायो"

 पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलव्धी नेपालको कम्युनिष्ट आन्दोलनले  प्राप्त गरेको भएपनि। त्यस बमोजिमको व्यवहार हुन नसकेको थापाले औल्याएका छन् । सबैले आआफ्ना कमिकमजोरीहरु सच्याएर,आत्मालोचना सहित  एमालेलाई निर्णायक राष्टिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गर्नुको अर्को विकल्प नरहेको थापाको भनाई छ । 


पछिल्लो समय थापाले पार्टीको लोकतान्त्रीकरण, (जबज) को मर्म र पार्टीलाई बिधान अनुसार सञ्चालन गर्नुपर्ने माग जोडदारका साथ उठाउदै आएका छन् । तर पार्टी भित्रका फरक मतलाई व्यस्तता गर्ने पुरानै शैलीलाई एमाले अध्यक्ष ओलीले निरन्तरता दिएका छन् ।जसका कारण राज्यको सेवा सुबिधा त्यागेर राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति बिद्या देबी भण्डारीको सदस्यता नविकरण नगर्ने केन्द्रिय कमिटीको बैठकले नै निर्णय गरीसकेको छ ।

बिद्यालाई पार्टीमा फर्किनबाट रोक लगाईएको बिषय ,संविधान,कानुन  पार्टीको बिधान र ( जबज)को मर्म विपरीत भएको स्थायी कमिटी सदस्य थापाले यस अघि पत्रकार सम्मेलन गरेर नै बताईसकेका छन् । यो विषयमा एमाले भित्र मत बाँझिएको छ। पार्टी भित्रको दुई गुट बीचको अन्तरसंघर्ष र विवाद थप पेचिलो बन्दै गएको छ । यतिबेला एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपती बिद्या देवी भण्डारी आमनेसामने भएका छन् । यसले वारपारकै लडाइँ हुने सम्मको चर्चा चुलिएको छ ।

यस्तोे छ थापाको स्टाटस जस्ताको त्यस्तै :

म विचारको निरन्तरतामा छु । कमिटीमा पहिले देखि यस्ता विचार राख्दै आएको हो । लोकतान्त्रिक मूल्य र मान्यताको लडाइँ हो । व्यक्ति संग न आग्रह न पुर्वाग्रह ।

दशौ राष्टिय महाधिवेशन पछि हालसम्मको यस अवघिलाई हेर्ने हो भने पार्टी इतिहासमै सबैभन्दा बढि गुटबन्दीमा पार्टी अल्झीएको छ । विगतको कैयन समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरु थिए जसका कारण फरक फरक बुझाईहरु रहने गर्दथे । यस अवघीमा मुल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ । पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ । केही सिमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रबृत्तिहाबी भएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्ल्लाहा र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलिय जनवादले सच्यायो । पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलव्धी नेपालको कम्युनिष्ट आन्दोलनले प्राप्त गर्यो । त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन । हामी खासखास समयमा चुकिरहेका छौ । एमालेलाई निर्णायक राष्टिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।