गृह जिल्लाका बिरामी भेटघाटमा व्यस्त अभियान्ता  हेमराज,अस्पतालमै पुग्छन् सहयोग रकम लिएर

धौले भण्डारीको छोराको उपचारका लागि ५ हजार सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

गरिब दिन दुखी,समस्यामा परेकालाई सहयोग गर्दै आएका थापा दिन दुखीहरुको भगवान् जस्तै हुन् । विभिन्न बिपतजन्य घटनामा थापा समाज सेवाको अग्रणी भुमिकामा देखिदै आएका छन् । अरुको दु:खलाई पनि आफ्नो जस्तै महसुस गर्ने थापाले रावत र भण्डारी जस्ता कयौं बिरामी र समस्यामा परेका गरिब तथा बिपन्नलाई सहयोग गर्दै आएका छन् ।विगतमा कोरोना माहामारी होस्,भुकम्पबाट प्रभावित नागरिकको उद्धारमा होस,वा अन्य बाढी,पहिरो,डुबान जस्ता प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको घरदैलोमा गएर समस्या सुन्ने,उद्धार गर्ने,र राहत वितरण गरेका थापाले जेनजी आन्दोलनपछीको समयावधि पनि आन्दोलनमा सहिद भएका परिवार र घाइतेको परिवार संग भेटवार्ता गर्दै बिताए ।  

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

धौले भण्डारीको छोराको उपचारका लागि ५ हजार सहयोग

काठमाडौं : सामाजिक अभियान्ता हेमराज थापा यतिबेला बाजुरा स्थायी घर भई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराईरहेका बिरामीहरुको भेटघाटमा व्यस्त देखिन्छन् । थापा यतिबेला विभिन्न अस्पताल पुग्ने,बिरामीको स्वास्थ्य लाभको कामना गर्ने र सकेको आर्थिक सहयोग गर्ने कार्यमा सक्रिय छन् ।  उपचारका लागि आर्थिक सहयोग गरिरहेका छन् ।

यसैबीच थापाले मंगलबार बाजुराको बुढीगंगा नगरपालिका ४ का २७ वर्षीय आशिष रावतलाई १० हजार आर्थिक सहयोग गरेका छन् । अस्पतालमै पुगेर बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै सहयोग गरेका हुन् । थापाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् " उहाँलाई तपाइँको सहयोगको खाँचो छ। मेरो दाजु लोकेन्द्र भारति र मैले अलिअलि  ५/५ हजार गरि १० हजार सहयोग गर्ने अवसर मिल्यो,तपाइँ पनि सहयोग गर्न सक्नुहुनेछ" 

रावत काठमाडौंको नेपाल क्यान्सर अस्पतालमा उपचारत अवस्थामा छन् । रावत बिरामीले थला परेको लामो समय भयो। अहिले अस्पतालको शैयाबाट जीवनको भिक मागिरहेका रावतको आर्थिक अभाबका कारण उपचार हुन सकेको छैन। आर्थिक अभावमा अस्पतालको बेडमा जीवन र मरणको दोसाँधमा छन् । अस्पतालको शैयाबाट उनी आफ्नो उपचारको लागि सहयोगको याचना गरिरहेका छन् । गरिब परिवारका उनको पारिवारिक स्थिति निकै कमजोर छ ।

नहोस् पनि कसरी जन्मदिने बुवा आमा नै साथमा छैनन् । रावतका बुवा कालो रावत बेपत्ता छन् । आमा साउनी रावतको मृत्यु भैसकेको छ । सानै उमेरमा आमा गुमाएका रावतमा बुवा रोजगारीका क्रममा भारत जाने र आउने गर्थे  त्यसैबाट परिवारको गुजारा गर्थे । तर उनका बुवा घर नफर्किएको पनि १५ वर्ष बढी भैसकेको बुझिएको छ । सुरुमा स्वास्थमा समस्या आएपछि उनलाई उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुर्याईयो।

त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागि भारत लगियो भारतमा चेकजाँच गर्दा क्यान्सर पुष्टि भयो।  आफन्त गणेश रावतका अनुसार सुरुमा सेती प्रादेशिक अस्पतालमा उनको पत्थरीयाको शल्यक्रिया गरिएको थियो । थप उपचारका लागि सेती प्रादेशिक अस्पतालले नै रिफर गर्‍यो । भारतमा क्यान्सर पुष्टि भएपछि उनलाई चितवन लगियो । चितवनमा समेत चेकजाँच गर्दा क्यान्सर पुष्टि भएपछि रावतलाई काठमाडौं नेपाल क्यान्सर अस्पताल पुर्याइएको आफ्न्त गणेश रावतले बताएका छन्। 

धौले भण्डारीको छोराको उपचारका लागि ५ हजार सहयोग 

यो संगै थापाले बाजुराकै एक अर्का बिरामीलाई पनि अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरे। बाजुराक्ल त्रीवेणी नगरपालिका ३ पुर्भुताका धौले भण्डारीका छोराको उपचारका लागि रु पाँच हजार सहयोग गरेका छन् । थापाका अनुसार भण्डारी आफु पनि बोल्न सक्दैनन् ।श्रीमति कमला भण्डारिको मानसिक सन्तुलन ठिक छैन ।  बुढेशकालमा जन्मिएको छोरो कपिल भन्डारि ५ बर्षको  छन् ।

एउटा मात्रै छोरा  कपिलको पनि मानसिक सन्तुलन राम्रो नभएको बुझिएको छ । कपिलमा काप्ने र बेहोस हुने स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको थियो ।  त्यहाँ उपचार सम्भव  नभएपछि जिल्ला अस्पताल बाजुराले कान्ति बाल अस्पतालमा रिफर गर्‍यो । अहिले उनको उपचार ऋण जोहो गरेर उपचार गरिरहेको खबर पछि थापा अस्पतालमै भेट्न पुगेका थिए ।

थापाले अहिले आफ्नै समन्वयमा कान्ति अस्पतालमा  उपचार भैरहेको बताएका छन्। प्राप्त जानकारी अनुसार शारीरिक रुपमा बोल्न नसक्ने धौले भण्डारी गाउँमा छिमेकीहरुको घरायसी काम गरेर दिन गुजारा गर्थे । अहिले छोराको उपचार गराईरहेका छन् । उनलाई उपचारला लागि आर्थिक खर्चको जोहो गर्न हम्मेहम्मे परेको छ । छिमेकीको घरमा ज्यालामजदुरी गर्दै दिन गुजारा गर्दै आएका भण्डारीको छोराको उपचारमा आर्थिक अभाव रहेकाले सहयोग गर्न पनि थापाले अपिल गरेका छन् ।


गरिब दिन दुखी,समस्यामा परेकालाई सहयोग गर्दै आएका थापा दिन दुखीहरुको भगवान् जस्तै हुन् । विभिन्न बिपतजन्य घटनामा थापा समाज सेवाको अग्रणी भुमिकामा देखिदै आएका छन् । अरुको दु:खलाई पनि आफ्नो जस्तै महसुस गर्ने थापाले रावत र भण्डारी जस्ता कयौं बिरामी र समस्यामा परेका गरिब तथा बिपन्नलाई सहयोग गर्दै आएका छन् ।

विगतमा कोरोना माहामारी होस्,भुकम्पबाट प्रभावित नागरिकको उद्धारमा होस,वा अन्य बाढी,पहिरो,डुबान जस्ता प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको घरदैलोमा गएर समस्या सुन्ने,उद्धार गर्ने,र राहत वितरण गरेका थापाले जेनजी आन्दोलनपछीको समयावधि पनि आन्दोलनमा सहिद भएका परिवार र घाइतेको परिवार संग भेटवार्ता गर्दै बिताए ।  

जेनजी आन्दोलनपछि थापा जस्तै अन्य अभियान्ताहरु मन्त्रीको दौडधुपमा थिए।  तर हेमराज एउटा त्यस्तो अभियान्ता देखिए जो कुनै राजनीति लाभको पछि गएनन् । बरु  पहिला जस्तै  निरन्तर दिन दुखीहरुको घाउमा मलम पट्टी लगाईरह। संगैका अभियान्ताहरु मन्त्री बन्ने लालचमा डौडधुप गरिरहदा थापा भने जेनजी आन्दोलनमा सहिद भएका योद्धाहरुको आफ्न्तलाई भेटघाट गर्ने र घाइतेहरुलाई अस्पतालको बेडसम्मै पुगेर आर्थिक सहयोग हस्तान्तरण कार्यमै व्यस्त देखिए। कयौंलाई नगदसहित सहयोग गरे । झण्डै ६० जना भन्दा बढी घाइते र सहिद परिवारलाई भेटेरै कम्तिमा पनि रु पाँच हजारका दरले सहयोग

गरे  ।उनी हरेक दिन अस्पतालका बेडसम्म पुगेर घाइतेहरुको हालखबर बुझिरहेका हुन्थे। अझ भनौं उनको यो बीचको समयको दैनिकी नै घाइते र सहिद परिवारका सदस्यलाई भेट्ने बन्यो तर रोचक त यो छ जुन बेला हेमराज जस्तै अरु आफुलाई अभियान्ता करार गर्नेहरू मन्त्री बन्ने सपना देख्दै त्यसैको गृहकार्य गरिरहेका थिए।

उनीहरूलाई पद र सत्ताको लोभ थियो चाँसो पनि त्यतै थियो । तर हेमराजले एउटा यस्तो परिचय बनाए जसलाई यो बीचमा यस्तो राजनीति लाभ लिने कुराको कुनै प्रवाह भएन। यहीँ बीचमा उनी मन्त्री बन्ने चर्चा समेत भयो तर थापाले मन्त्री हुने विषयलाई त्यति चाँसोका रूपमा नै लिएनन् । घाइतेहरुको मनोबल उच्च बनाईरहे। सहिद परिवारलाई सान्त्वना दिईरहे। यतिमात्र होईन प्रत्यक घाइतेहरुलाई प्रती व्यक्ति पाँच हजारका दरले सहयोग समेत गरे ।

थापा सामाजिक सेवामा पनि सक्रिय छन् । लामो समयदेखि राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, अनियमितता, दुराचार र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बुल्न्द गरिरहेका छन् । सरकारका कमिकमजोरीहरु उठान गरेर सरकारको सडकबाटै ध्यानाकर्षण गराइरहेका छन् । सडकबाट नेपाली जनता र राष्ट्रियताको पक्षधर भएर आवाज उठाउने थापा एक शसक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छन् ।

थापाले यस अघि प्रेट्रोलियम पदार्थको मुल्यबृद्धि, राष्ट्रको हित बिपरित हुने अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सिमा अतिक्रम लगायतका बिषयमा खरो रुपमा प्रस्तुत हुँदै नेपाली जनताको हित र राज्यको हितको पक्षमा उभिदै आएका छन् । उनी जनताको पक्षमा उभिएर आवाज उठाउदै गर्दा पटकपटक गिरफ्तार भैई हिरासतमा समेत बसिसकेको छन् । प्रहरीको कुटाई र जेल नेल उनका लागि सामान्य कुरा जस्तै भैसकेको छ ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।