रमिता जब ढोका अघि पूगिन् एउटा शब्द उनको कानमा गुन्जियो ‘तिमी छुन पाउँदैनौ।’ त्यो वाक्यले उनको आत्मालाई चिर्यो। कारण उनि दलित समुदायको थिइन् । पूजारीले बोलेको शब्दहरू उनका कानमा तीरझैं लागे। उनी बिक्षिप्त बनिन् । त्यो क्षण उनको हातबाट फूल खस्योर आँखाबाट आँसु बग्यो। र उनको मनमा अनेकौँ प्रश्नहरु उब्जिए, उनि एउटा पत्रकार पनि हुन् । समाजलाई सूसुचित गराउने,अन्यायका बिरुद्ध कलम चलाउने उनको दायित्व नै भयो । सधैँ समुदायको पीडामा कलम चलाउने रमिताले आफैले भागेको कुरा सहेर बस्न सकिनन् र सामाजिक सञ्जाल मार्फत घटना बारे जानकारी गराइन् । र प्रश्न गरिन् तीज मनाउने सबै महिलाहरूलाई खुला भएको मन्दिरको ढोका, दलितका लागि मात्रै किन बन्द?
पुजारी बिरुद्ध कारबाहीको माग गर्दै उजुरी
काठमाडौँ : भनिन्छ देवता सबैका हुन्, यदि यस्तो हो भने किन मन्दिर अझै सबैका हुन सकेको छैन? आज हिँन्दु नारीहरुको महान चाड पर्व तीज हो । महिलाको पर्व, आस्था र मुक्तिको प्रतीक। तर अनधविश्वासल,कुसंस्कारले,नेपाली समाजलाई अझै पनि बाँधिएको छ, भुलिएको छ‘ केवल जातकै कारण।( मंगलबार) देशभरका महिलाहरु रातो साडी र हरियो चूडीयाँले रंगिएका छन्। महिलाहरू आफ्नो पाइक पर्ने मन्दिरमा पुगेर पूजाआजाका गरिहेका छन् ।
उनीहरूको अनुहारमा आस्था, मनमा ईश्वरको नाम। देशभर हर्ष उल्लासका साथ तीजको रनौकमा व्यस्त छन् रमझममा छन् महिलाहरु । प्रशिद्ध धार्मिक आस्थाको धरोहर पशुपति नाथ मनिदर लगायतका देशभरका धार्मिक आस्थाका धरोहर बिभिन्न मन्दिरहरुमा बिहानै देखी पूजाआजा भइरहेको छ । यसैबीच बाजुरामा पनि महिलाहरु तीजको रमझममा छन् ।
तर दुभाग्य एउटा घटना सार्वजनिक भयो । जहाँ दलित भएकै कारण मन्दिर प्रवेशमा रोक लगाइयो । बाजुराको बुढिनन्दा नगरपालिका वडा न. १ मा रहेको पादुका मन्दिरमा पनि बिहानै देखी पूजाआजा जारी छ ।बाजुरामा पनि तीजको रौनक छाएको छ । पादुका मन्दिरमा सबै महिलाहरुले देवताको आशीर्वाद मागिरहेका छन्।महिलाहरु सबै लामबद्ध भएर पूजाआजा गरिहेका थिए । एकपछि अर्कोगरी पालैपालो पूजाआजा भइरहेको थियो । यहिँ बीचमा स्थानीय पत्रकार रमिता बिश्वकर्मा सहितको पालो आयो । तर उनलाई अरुलाई जस्तै मन्दिरका पूजारीले मन्दिर प्रवेश गर्न दिएनन् ।पादुका मन्दिरका पुजारी मस्ति प्रसाद उपाध्यायले रमिता लागायका उनका साथिहरु माथि दलितहरु भन्दै मन्दिर प्रवेश गर्न रोक लगाएका हुन् ।
उनलाई पूजाआजाका लागि भेनेर पुगेको मन्दिरको ढोका नै देवताको नाममा बन्द गरियो। आस्था र समानताको बीचमा एउटा ठुलो पर्खाल अझै उभिएको रहेछ। यो जातीय विभेदको प्रकाष्ठा हो। नेपाली समाजमा अझै जात व्यवस्था छ भन्ने कुराको गतिलो प्रमाण पनि हो । रमिताको हातमा चुरा थियो, अनुहारमा बुट्टा, मनमा श्रद्धा‘ हातमा पूजा सामग्री थियो । फरक यत्ति भयो अरुले पुजाआजा गर्न पाए तर उनलाई मन्दिरका पूजारीले दलित भन्दै मन्दिर प्रवेशमा रोक लगाए । पूजाआजाको लागि लामबद्ध भएर लाइनमा उभिएका अरु महिलाहरु र रमिता र उनका साथिहरुमा केही फरक थिएन । तर मानबरुपी दानब ति पुजारीले ले उनको अस्तित्व स्विकार गरेनन् ।
लाल पहिरन लगाएर ढोकासम्म पुगेकी रमिताको आँखामा श्रद्धा थियो, तर जब ढोका अघि पूगिन् एउटा शब्द उनको कानमा गुन्जियो ‘तिमी छुन पाउँदैनौ।’ त्यो वाक्यले उनको आत्मालाई चिर्यो। कारण उनि दलित समुदायको थिइन् । पूजारीले बोलेको शब्दहरू उनका कानमा तीरझैं लागे। उनी बिक्षिप्त बनिन् । त्यो क्षण उनको हातबाट फूल खस्यो, दूध पोखियो, र आँखाबाट आँसु बग्यो। र उनको मनमा अनेकौँ प्रश्नहरु उब्जिए र उनि एउटा पत्रकार पनि हुन् । समाजलाई सूसुचित गराउने,अन्यायका बिरुद्ध कलम चलाउने उनको दायित्व नै भयो ।
सधैँ समुदायको पीडामा कलम चलाउने रमिताले आफैले भागेको कुरा सहेर बस्न सकिनन् र सामाजिक सञ्जाल मार्फत घटना बारे जानकारी गराइन् । र प्रश्न गरिन् तीज मनाउने सबै महिलाहरूलाई खुला भएको मन्दिरको ढोका, दलितका लागि मात्रै किन बन्द? कस्तो अचम्मको समाज—जहाँ ईश्वर त सबैका हुन् तर मन्दिर अझै पनि केहीका मात्र किन ? उनले स्टार्टस मार्फत घटनाको निन्दा गर्दै आफू माथिको मात्रै अन्याय नभई यो दलित समुदाय माथिको ज्याजती भएको बताइकी छन् । उनले यसको बिरुद्ध कानुनी उपचार खोज्ने समेत उल्लेख गरेकी छन् । जातका नाममा गरिन् कुनैपनि किसिमका विभेदहरु स्विकार्य नहुने र चुपचाप सहेर नबस्ने चेतावनी समेत दिएकी छन् । उनि लख्छिन्
"आज पादुका तीजमा पूजा गर्न गएका हौं, तर छुवाछूतको पर्खालले रोकियो। हाम्रो आवाज छुइनसक्ने छैन, हाम्रो भक्ति रोकिँदैन।आज पनि मन्दिरमा छुवाछूतरु भगवान सबैका लागि हुन्, जातले होइन भक्ति र श्रद्धाले पूजा हुन्छ। यस्तो विभेद अब सहन सकिँदैन।मन्दिर भित्र पस्ने अधिकार सबै भक्तजनको समान हो। पण्डितले छुवाछूतको नाममा भेदभाव गर्नु धर्म होइन, अज्ञानता हो। हामी भगवानलाई हेर्न गएका थियौं, तर पण्डित ले हामीलाई भित्र पस्न दिएनन्। यो व्यवहारले हाम्रो आत्मसम्मान मात्र होइन, भगवानकै नामलाई पनि कलङकित बनाएको छ। यो हामी सबै ले बुझ्नु पर्ने कुरा हो तर किन बुझ्दैन ?
उनले आफू माथि भएको विभेद विरुद्ध इलाका प्रहरी कार्यालय कोल्टीमा निवेदन समेत दिएको बताइन् ।आज महिलाहरू व्रत बसेर दीर्घायु र सुखी जीवनको कामना गरिरहेका छन् । तर जातकै कारण रमिता लगायतका बाजुराका दलित महिलाहरुले सबैजस्तै बराबरीको आकाशमुनि पूजा गर्न पाएनन् । अहिले सामाजिक सञ्जालमा दलित अधिकारकर्मीहरुले जातले तीज मनाउने अधिकार समेत खोस्ने हो भने, त्यो तीज कसको हो ? भन्दै प्रश्न गरेका छन् ।
ईश्वरले बनाएको आकाश सबैका लागि एउटै हो, तर हामीले बनाएको समाज किन अझै सीमित छ? जातले होइन, मनले पूजा गर्ने अधिकार कहिले पाउने होला ? जातले तीज मनाउने अधिकार पनि खोस्ने हो भने, त्यो तीज कसको हो? जब धर्मको नाममा भेदभाव हुन्छ, त्यो कसरी धर्म हुन्छ ? अहिले सामाजिक सञ्जालमा यो घटाना छताछुलल भएको छ। यो घटानको चर्को आलोचना भइरहेको छ।
यतिमात्रै होइन घटनामा संलग्न पुजारीलाई कारबाहीकोम माग समेत गरिएको छ। दलितअधिकारकर्मीहरुले घटनाको निन्दा गरेका छन् । यो जातीय विभेदको प्रकाष्ठा भएको भन्दै घटना प्रति आपत्ति जनाएका छन् । यो घटनाको बुद्धिजीवी,राजनीतिज्ञ,पत्रकार लगायत बौद्धिक वर्गले पनि निन्दा गरेका छन् र कारबाहीको माग गरेका छन् ।
यता जिल्ला प्रशासन कार्यालय बाजुराले घटना बारे जानकारी प्राप्त नभएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरा सहायक प्रजिअ सितल रावतले घटना बारे जानकारी लिने बताउदै यो घटना अत्यन्तै दुःखद भएको बताएका छन् । यस्तै यता जिल्ला प्रहरी कार्यालय बाजुराले पनि घटना बारे जानकारी लिने बताएको छ। यता विभेद गरेको भन्ने आरोप लागेको पुजारीलाई सम्पर्क गर्न खोज्दा उनको फोन सम्पर्क हुन सकेको छैन ।
संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रता र समान अधिकारको ग्यारेन्टी दिएको छ । संविधानको धारा १८ अनुसार जातीय विभेद नगरी सबै नागरिक समान छन् । धारा २४ मा अछुत प्रथा (छुवाछूत) र जातीय विभेदलाई प्रत्यक्ष रूपमा निषेध गरिएको भनिएको छ ।
जातीय विभेद तथा छुवाछूत (कसूर तथा सजाय) ऐन, २०६८ अनुसार कुनै व्यक्तिलाई जातको आधारमा पूजा, धार्मिक स्थल वा सामाजिक गतिविधिमा सहभागी हुन रोक्नु आपराधिक कृत्य हो र यसका लागि जेल सजाय देखि जरिवानासम्मको प्रावधान छ । स्थानीयवासीले धार्मिक स्थलमा अझै पनि दलित समुदाय माथि हुने विभेदलाई संविधान र कानूनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन भन्दै आलोचना गरेका छन् ।