प्रधानमन्त्री ज्यू लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनुहोला :बालेन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु’, उनले अघि लेखेका छन्, ‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत(चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले चीन भ्रमणका लागि प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको कुरा उठाउन सुझाव दिएका छन् ।प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री चीन प्रस्थान गरेको करिब २ घण्टापछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन सुझाव दिएका हुन् ।‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु’, उनले अघि लेखेका छन्, ‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत(चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’

केही समयअघि नेपाललाई थाहा नदिई भारत र चीनले लिपुलेक त्रिदेशीय नाकाबाट पुन: व्यापार सञ्चालन गर्ने सहमति गरेका थिए । त्यसपछि पुनस् लिपुलेकको विषय चर्चामा आएको हो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।