बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ,’ उनले भने ।
प्रचण्ड र बाबुराम कांग्रेसकै एजेन्डामा हिंडे
काठमाडौं: मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेलले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र मात्रै भएको जिकिर गरेका छन् । ललितपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र मात्रै भएको बताउदै अहिले पनि जनगणतन्त्र नआएको टिप्पणी गरे ।
बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ,’ उनले भने ।
आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप थियो ।
‘नेपाली कांग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिंडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लाकेतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभिष्ट हो,’ उनले भने, ‘यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् ।’
नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको जिकिर गरे ।