लामो समयदेखि राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, अनियमितता, दुराचार र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बुल्न्द गरिरहेका छन् । सरकारका कमिकमजोरीहरु उठान गरेर सरकारको सडकबाटै ध्यानाकर्षण गराइरहेका छन् । सडकबाट नेपाली जनता र राष्ट्रियताको पक्षधर भएर आवाज उठाउने थापा एक शसक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छन् ।थापाले यस अघि प्रेट्रोलियम पदार्थको मुल्यबृद्धि, राष्ट्रको हित बिपरित हुने अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सिमा अतिक्रम लगायतका बिषयमा खरो रुपमा प्रस्तुत हुँदै नेपाली जनताको हित र राज्यको हितको पक्षमा उभिदै आएका छन् । उनी जनताको पक्षमा उभिएर आवाज उठाउदै गर्दा पटकपटक गिरफ्तार भैई हिरासतमा समेत बसिसकेको छन् । प्रहरीको कुटाई र जेल नेल उनका लागि सामान्य कुरा जस्तै भैसकेको छ ।
को हुन् त हेमरोज थापा ?
काठमाडौं : भाद्र २३ र २४ गते दुई दिन सम्म जारी जेनजी आन्दोलनपछि विकसित राजनीति घटनाक्रमले प्रतिनिधि सभा विघटन संगै अन्तरीम सरकार बन्ने भएको छ ।
यो संगै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा को को ?मन्त्री बन्ने चर्चा पनि भैइरहेको छ। थुप्रै व्यक्तिहरु अहिले चर्चामा छन् । यसैबीच सुदूरपश्चिमबाट सामाजिक अभियान्ता प्रखर वक्ता हेमराज थापाको नाम पनि चर्चामा छ । उनलाई सुदूरपश्चिमबाट मन्त्री बनाउनुपर्ने माग अहिले सिङ्गो सुदूरपश्चिमका जेनजी पुस्ताले अघि सारेका छन् ।
अहिले सामाजिक सञ्जालमा उनी मन्त्री बन्ने चर्चा छ। धेरैले उनलाई अग्रिम बधाई भन्दै सुदूरपश्चिमबाट हेमराज थापाको विकल्प अरु हुन नसक्ने बताईरहेका छन् । एक दशक लामो समय देखि निरन्तर जनताका पक्षमा सशक्त ढङ्गले आवाज उठाउदै आएका थापालाई मन्त्री बनाउन छुटाउन नहुने माग पनि भैरहेको छ । थापाले पनि सुदूरपश्चिमका जेनजी पुस्ताको मन्त्रीका रुपमा आफुलाई हेर्ने चाहेको हो भने त्यसका लागि तयार रहेको बताउन्छन् ।
अहिले उनको योगदान र संघर्षको कदर गर्दै उनी समर्थक मात्रै नभैई दलका नेताहरुले समेत उनलाई मन्त्री बनाउनुपर्ने बताईरहेका छन् । सिंहदरबारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुने गरी अन्तरिम सरकारमा मन्त्रीका रुपमा उनलाई अघि बढाईएको छ। यद्यपि उनले मन्त्री बनेपछि कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा भने खुलेको छैन। मन्त्री बन्ने लिष्टमा थुप्रैको नाम चर्चामा आईरहदा थापाको नाम पनि चर्चा छ । सुदन गुरुङ,कुलमान घिसिङ लगायतका व्यक्तिको नाम यतिबेला चर्चामा छ ।
सुदूरपश्चिमबाट पनि यो अन्तरीम सरकारमा प्रतिनिधित्व हुनुपर्छ, पुराना नेता देउवा,भिमरावल लगायतका नेताहरु पनि अब छैनन् त्यसकारण पनि हेमराज थापा हुनैपर्छ, सुदूरपश्चिमलाई उपेक्षा नगरिओस्,जेनजी पुस्ताकै एक प्रतिनिधि बिरेन्द्र बिष्ट बताउन्छन् ।हेमराज थापा जत्तिको सडकको बाघ भनेर चिनिने व्यक्तिलाई छुटाउन नहुने उनको भनाई छ ।
थापा सुदूरपश्चिमको मात्रै नभैई अन्य देशभरका जेनजी पुस्ताको रोजाईमा छन् । देशभरबाट थापा मन्त्री मण्डलमा अटाउनु पर्ने र छुटाउन नहुने व्यक्ति रहेको आवाज चर्को रुपमा उठेको छ । यद्यपि उनलाई मन्त्री बनाउने कुरामा सबै सकारात्मक देखिएको श्रोतको दाबी छ । श्रोतको दाबी अनुसार सुदूरपश्चिमबाट हेमराज मन्त्रीका लागि एक मात्रै विकल्प भएकाले उनी मन्त्री बन्ने पक्का जस्तै भएको छ ।
थापा सामाजिक सेवामा पनि सक्रिय छन् । लामो समयदेखि राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, अनियमितता, दुराचार र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बुल्न्द गरिरहेका छन् । सरकारका कमिकमजोरीहरु उठान गरेर सरकारको सडकबाटै ध्यानाकर्षण गराइरहेका छन् । सडकबाट नेपाली जनता र राष्ट्रियताको पक्षधर भएर आवाज उठाउने थापा एक शसक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छन् ।
थापाले यस अघि प्रेट्रोलियम पदार्थको मुल्यबृद्धि, राष्ट्रको हित बिपरित हुने अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सिमा अतिक्रम लगायतका बिषयमा खरो रुपमा प्रस्तुत हुँदै नेपाली जनताको हित र राज्यको हितको पक्षमा उभिदै आएका छन् । उनी जनताको पक्षमा उभिएर आवाज उठाउदै गर्दा पटकपटक गिरफ्तार भैई हिरासतमा समेत बसिसकेको छन् । प्रहरीको कुटाई र जेल नेल उनका लागि सामान्य कुरा जस्तै भैसकेको छ । त्यसकारण उनलाई न्याय गरिनुपर्ने माग उठिरहेको छ ।
संसद विघटन संगै राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरिसकेका छन् । शुक्रबार मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरे।
कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका हुन् ।त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।लगत्तै, आजै राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।
सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् ।
गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई प्रधानमन्त्री नियुक्त गर्न जेनजीहरूले सञ्जालमै छलफल गरेका थिए ।सो छलफलपछि मेयर शाहले पनि कार्कीको नाममा समर्थन जनाएका थिए ।नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।