सिमलतालबाट त्रिशूलीमा खस्यो मिनी ट्रक,दुई जना घाइते

चालक र सहचालक घाइते उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो । 

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

चालक र सहचालक घाइते उपचार हुँदै

काठमाडौँ : भरतपुरको सिमलतालबाट भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ।
नारायणगढ(मुग्लिङ सडक खण्डमा मेवा बोकेको ट्रक अनियन्त्रित भई ८० मिटर तल खसेको हो।


दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् र उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
मकवानपुर । भरतपुरको सिमलतालबाट एउटा भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदी किनारमा खसको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत पर्ने भरतपुर२९ सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 
 
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको हो । प्रहरीका अनुसार ट्रक आफैँ अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको हो । 

सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरू दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।