लेखक विष्टले लेखन कार्यलाई निरन्तरता दिने र फेरी एक पछि अर्को कृति बजारमा ल्याउने पनि बताएका छन्। यो पहिलो सुरुवात भएको बताउदै यो पुस्तक विमोचन संगै सुभचिन्तकहरु र अग्रज साहित्यकार,साहित्यप्रेमिबाट पाएको हौसलाबाट थप उत्साहित बनाएको पनि बताए । यो पुस्तकलाई आफ्नो साहित्य लेखनको पहिलो सिकाइका रुपमा लिएको पनि उनको भनाई छ। सानै उमेरमा पुस्तक विमोचन गरेका बिष्टको अहिले जिल्ला स्थित अग्रज साहित्यकारले समेत प्रशंसा गरेका छन् । यो संगै विष्टको सानै उमेर देखीको यो नेपाली साहित्य प्रति रुची र उत्कृष्ट लेखन कलाले उत्साहित बनाएको साहित्यकार समेत रहेका अभिवक्ता हर्क खडायत आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । साहित्यलाई यसरी नै निरन्तरता दिन सके निकट भबिष्यमा राम्रो साहित्यकारका रुपमा गौरबलाई देख्न सकिने खडायतको भनाई छ ।
काठमाडौँ: सानै उमेर देखी साहित्य लेखनमा सक्रिय बाल लेखक गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ विमोचन गरिएको छ । सोमबार कीर्तिपुरस्थित मङ्गल माध्याविक विद्यालय मा विमोचन गरिएको हो ।
साहित्यमा बिशेष लगाब राख्ने र साहित्य लेखनमा निरन्तर कलम चलाइरहेका विष्ट द्वारा लिखित नयाँ साहित्यिक कृति ‘प्रिय बाम्का’ को पुस्तक विमोचन उत्साहजनक वातावरणमा गरिएको लेखक विष्टले जानकारी दिएका छन् । विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा साहित्यप्रेमीहरूको उपस्थितिमा पुस्तक विमोचन गरिएको उनको भनाई छ । पुस्तक विमोचन कार्यक्रम संगै लेखकको साहित्यिक यात्राबारे विविध चर्चा विमर्श पनि गरिएको थियो।
लेखक विष्टले लेखन कार्यलाई निरन्तरता दिने र फेरी एक पछि अर्को कृति बजारमा ल्याउने पनि बताएका छन्। यो पहिलो सुरुवात भएको बताउदै यो पुस्तक विमोचन संगै सुभचिन्तकहरु र अग्रज साहित्यकार,साहित्यप्रेमिबाट पाएको हौसलाबाट थप उत्साहित बनाएको पनि बताए । यो पुस्तकलाई आफ्नो साहित्य लेखनको पहिलो सिकाइका रुपमा लिएको पनि उनको भनाई छ।
सानै उमेरमा पुस्तक विमोचन गरेका बिष्टको अहिले जिल्ला स्थित अग्रज साहित्यकारले समेत प्रशंसा गरेका छन् । यो संगै विष्टको सानै उमेर देखीको यो नेपाली साहित्य प्रति रुची र उत्कृष्ट लेखन कलाले उत्साहित बनाएको साहित्यकार समेत रहेका अभिवक्ता हर्क खडायत आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । साहित्यलाई यसरी नै निरन्तरता दिन सके निकट भबिष्यमा राम्रो साहित्यकारका रुपमा गौरबलाई देख्न सकिने खडायतको भनाई छ ।
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा केन्द्रित यस काव्य संग्रहमा लेखकले आगलागीपछि बाम्काको पुनर्जन्म, मानवीय संवेदना र माटोप्रतिको आत्मीयता कवितामार्फत चित्रण गरेका छन्।
‘प्रिय बाम्का’ केवल एउटा साहित्यिक कृति होइन,बाम्काको आत्मा र स्मृतिलाई पुनः जीवित पार्ने प्रयास हो। लेखक विष्टका अनुसार,“यो पुस्तक राखमाथिबाट उम्रिएको आशाको फूल हो, जहाँ पीडा र उज्यालो दुबै छन्।”साहित्यिक क्षेत्रमा नयाँ स्वरका रूपमा उदाउँदै गरेकागौरब विष्ट ‘समर्पण’ले यो काव्य लेख संग्रहमार्फत स्थानीय भावनालाई राष्ट्रिय साहित्यिक धारामा ल्याउने प्रयास गरेका छन्।
कार्यक्रममा स्थानीय साहित्यकार, शिक्षक, विद्यार्थी र समाजसेवीहरूको उपस्थिति थियो ।समारोहका अतिथिहरूले पुस्तक सार्वजनिक गर्दै लेखकको अभिव्यक्ति शैली, विषय चयन र सरल तर प्रभावकारी लेखनकौशलको प्रशंसा गरे। पुस्तकले परिवार, समाज तथा सम्बन्धहरूमा आधारित आत्मीय कथाहरू समेटेकाले पाठकको मन छुने विश्वास व्यक्त गर्दै उनीहरूले युवा पुस्ताको सिर्जनशीलताको निरन्तर विकास आवश्यक रहेको उल्लेख गरेका छन्
कार्यक्रममा लेखक गौरव विष्ट ‘समर्पण’ ले ‘प्रिय बाम्का’ लेखनको प्रेरणा, पात्रहरूको निर्माण प्रक्रिया तथा पुस्तकले बोकेको भावनात्मक पृष्ठभूमिबारे संक्षेपमा आफ्ना विचार प्रस्तुत गरेका थिए। उनका अनुसार यो कृति जीवनका सानो तर महत्वपूर्ण अनुभवहरूको संग्रह हो,
विद्यालयका प्रतिनिधिहरूले साहित्यिक कार्यक्रमले विद्यार्थी तथा समुदायमा सिर्जनशील वातावरण निर्माण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार प्रकट गरे। कार्यक्रमको अन्त्यमा सहभागीहरूले लेखकलाई शुभकामना दिँदै पुस्तकको सफल यात्राकामा समर्थन व्यक्त गरे।