रसुवा बाढीमा फसेका ५० जनाको उद्धार


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

None
मुख्य बिन्दुहरू

काठमाडौँ  : रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामा ४ महिला र ४६ पुरुष रहेका छन् र उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर सुरक्षित स्थानमा ल्याइयो।उद्धारमा १ जना चिनियाँ नागरिक समेत समावेश छन्।


२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।नेपाल  प्रहरी,  सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२स्५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ ।


उद्धार गरिएकामा ४ महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार हुनेमा १ जना चिनियाँ नागरिक समेत छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।