कोप्चेका ९० प्रतिशत घर माटोले बनेका छन् । सुरुमा सेतो रङ पोतिएका घरमा स्थानीयले पछिल्लो ३/४ वर्षयता सुन्तला रङ लगाउन थालेका हुन् । जसले कोप्चेलाई बनाउँदै छ– अरेन्ट सिटी ।
२० असार, धनकुटा । भारत जयपुरको पहिचान हो ‘पिंक सिटी’ । संसारमा धेरै यस्ता सहर छन्, जसले कुनै न कुनै हिसाबमा आफ्नो पहिचानका लागि नौलो प्रयोग गर्छन् ।
यस्तै नवीन प्रयोग गर्दै नेपालको पूर्वी पहाडी जिल्ला धनकुटाका स्थानीय यतिबेला पर्यटक आकर्षित गर्न जुटेका छन् । धनकुटा सदरमुकाम धनकुटा बजारको तल्लो बेल्ट ‘कोप्चे’ नेवार समुदायको बाहुल्य भएको क्षेत्र हो । कोप्चेलाई स्थानीयले सुन्तला रङले रङ्ग्याएका छन् ।