विराटनगर: नाबालिका भतिजीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले आजीवन कैद कैद सजाय सुनाएको छ ।मोरङको धनपालथान गाउँपालिका– ५ का २२ वर्षीय अनिष सरदारलाई थुनछेक बहसकै दिन जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको हो ।
उनले गत असार १४ गते राति भतिजी ७ वर्षीया नाबालिकाको जवर्जस्ती करणीपछि हत्या गरी घरबाट झन्डै सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव राखेका थिए ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अनिषविरुद्ध मुद्दा दर्ता गरेको थियो ।