विशेषगरी युवालाई राजनीतिमा आकर्षित गर्ने र नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने अभियानमा उनको भूमिका उल्लेखनीय रहेको सहभागीहरूले बताएका छन्।सिफारिस कार्यक्रममा बोल्दै ढुङ्गानाले आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गर्दै भने, “काठमाडौं–५ का नागरिकको भरोसा र युवाहरूको चाहनालाई आत्मसात् गर्दै जिम्मेवार र परिणाममुखी प्रतिनिधित्व गर्ने प्रतिबद्धता गर्दछु।” उनले विकास, पारदर्शिता र नागरिकको प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
काठमाडौं :आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट युवा नेता जनक ढुङ्गानालाई प्रत्यक्ष तर्फ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरिएको छ।
नेपाली कमनिष्ट पार्टिले जेन्जी (Gen Z) युवाको प्रतिनिधित्व गर्दै सक्रिय राजनीतिमा उदाएका ढुङ्गानालाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो। स्थानीय नेता, कार्यकर्ता तथा युवाहरूले ढुङ्गानाको नेतृत्व क्षमता, सामाजिक सक्रियता र समावेशी सोचलाई ध्यानमा राख्दै सर्वसम्मत निर्णय गरेको जनाइएको छ।
युवा नेता ढुङ्गाना लामो समयदेखि सामाजिक रूपान्तरण, युवाको अधिकार, शिक्षा, रोजगारी तथा सुशासनका विषयमा निरन्तर रूपमा आवाज उठाउँदै आएका छन्।
विशेषगरी युवालाई राजनीतिमा आकर्षित गर्ने र नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने अभियानमा उनको भूमिका उल्लेखनीय रहेको सहभागीहरूले बताएका छन्।सिफारिस कार्यक्रममा बोल्दै ढुङ्गानाले आफूलाई दिएको विश्वासप्रति आभार व्यक्त गर्दै भने, “काठमाडौं–५ का नागरिकको भरोसा र युवाहरूको चाहनालाई आत्मसात् गर्दै जिम्मेवार र परिणाममुखी प्रतिनिधित्व गर्ने प्रतिबद्धता गर्दछु।” उनले विकास, पारदर्शिता र नागरिकको प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
अब उक्त सिफारिस सम्बन्धित पार्टी तथा निर्वाचन प्रक्रियाअनुसार औपचारिक निर्णयका लागि माथिल्ला निकायमा पठाइने बताइएको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा युवा प्रतिनिधित्वसहितको नयाँ नेतृत्वको अपेक्षा बढ्दै गएको सन्दर्भमा जनक ढुङ्गानाको सिफारिसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।