इमानदारीता र निष्ठाको पर्यायवाची,भुइँ मान्छेको भरोसा,जनक गिरी चुनावी मैदानमा

१५ वर्षको उमेरबाट राजनीति प्रारम्भ गरेका गिरी को हुन् त ? यस्तो छ उनको राजनीति पृष्ठभुमि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

गीरी भाषणमा कहिँले कसैलाई कटाक्ष गर्दैनन्,कसैलाई आरोप–प्रत्यारोपमा उत्रीदैनन् बरु गीरी संग जनताको दुःख बुझ्ने मौन भाषा छ,र समाधान खोज्ने जिम्मेवार दृष्टि छ।लामो राजनीतिक यात्रामा भिजेको अनुभव,राजकीय जिम्मेवारीमा हुँदा पनि नझुकेको शिर,प्रतिपक्षीले पनि स्वीकार गर्ने इमानदारी—यही हो उनको असली परिचय।बाजुराको पीडा कागजमा मात्र होइन, हिँडेर, सुनेर, बाँचेर बुझेका नेता,भुइँ मान्छेसँगै बसेर राजनीति गर्ने, सादगीलाई शक्ति बनाउने व्यक्तित्व। विगतमा भएका हरेक राजनीति  परिवर्तनका आन्दोलनमा सहभागी भएको इतिहास छ। जो संग राजनीति योग्यता छ,अनुभव छ,क्षमता छ,साधारण जीवनशैली छ, जसले बाजुरा वासीका दु:खहरु नजिकबाट निहालेको छ,बाजुराका सम्भावना बारे जानकार छ, जो संग योजना छ,बाजुरा बदल्ने अठोट छ,संकल्प छ,संघर्ष गरेको छ र सपना बुनेको छ । जसले बाजुराली जनताको भाग्य र भविष्य निर्माणका लागि,बाजुराली जनताको सुख  र समृद्धि बाजुराको विकासका लागि जीवनभर इमानदारीता र निष्ठाको राजनीतिमा जीवनका ५ दशकहरु वेतित गर्‍यो ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

१५ वर्षको उमेरबाट राजनीति प्रारम्भ गरेका गिरी को हुन् त ? यस्तो छ उनको राजनीति पृष्ठभुमि

काठमाडौं:नेपाली राजनीतिमा इमानदारीता र निष्ठा दुर्लभ बन्दै गएको छ ।राजनीतिमा झुट,बेइमानी,ढाँटछल गर्ने त नेताको प्रवृत्ति नै बनिसकेको छ तर यहीँ भीडमा आफुलाई फरक सावित गर्दै  इमान्दार र निष्ठावान नेताको पहिचान बनाएका नेता हुन् पूर्व भूमी सुधार मन्त्री जनकराज गिरी । पछिल्लो समयमा राजनीतिमा युवा भन्ने शब्द धेरै दोहोरिएको छ,नयाँ हुनु नै योग्यताको मापदण्ड जस्तो बनाइएको छ। तर राजनीति उमेरले होइन,इमानदारी, उत्तरदायित्व र क्षमताले मापन हुन्छ। युवा हुनु राम्रो हो,नयाँ सोच हुनु आवश्यक छ।

तर योगदान बिना,संघर्ष बिना,जनताको दुःख–सुख नबुझेको अनुभव बिना,राजनीति केवल नारामा सीमित हुन्छ। राजनीति सिक्न मैदान चाहिन्छ,आन्दोलनको धुलो चाहिन्छ,जनताको विश्वास जितेको इतिहास चाहिन्छ।अन्यथा सत्ता जिम्मेवारी होइन, प्रयोगशाला बन्छ।आज बाजुरालाई प्रयोग होइन,अनुभवी, निडर र जनप्रेमी नेतृत्व चाहिएको छ। जो भाषणमा मात्र होइन,व्यवहारमा इमानदार होस्। जो सत्ता पाएपछि टाढा नभागोस्,जनतासँगै उभिन सकोस्। युवा–नयाँको नाममा राजनीति ज्ञान शून्य भीडबाट अब छुट्टै निर्णय लिनुपर्ने समय आएको छ। आज बाजुरालाई चाहिएको छ। सक्षम, अब्बल र जिम्मेवार नेता।


राजनीतिमा जहाँ शब्दहरूभन्दा आरोप धेरै बोल्छन्,जहाँ भाषणभन्दा घमण्ड ठूलो देखिन्छ, त्यही भीडबाट फरक पहिचान बनाएका नेता हुन् पूर्व भूमी सुधार सहायक मन्त्री जनकराज गिरी। नेपाली कांग्रेसमा आबद्ध रहेर राजनीति जीवन वेतित गरिरहेका गिरी जिल्लाका समकालीन नेताहरु मध्य आफ्नो छुट्टै पहिचान बनाउन सफल नेता मध्यका एक हुन् । जो भाषणमा कहिँले कसैलाई कटाक्ष गर्दैनन्,कसैलाई आरोप–प्रत्यारोपमा उत्रीदैनन् बरु गीरी संग जनताको दुःख बुझ्ने मौन भाषा छ,र समाधान खोज्ने जिम्मेवार दृष्टि छ।

लामो राजनीतिक यात्रामा भिजेको अनुभव,राजकीय जिम्मेवारीमा हुँदा पनि नझुकेको शिर,प्रतिपक्षीले पनि स्वीकार गर्ने इमानदारी—यही हो उनको असली परिचय।बाजुराको पीडा कागजमा मात्र होइन, हिँडेर, सुनेर, बाँचेर बुझेका नेता,भुइँ मान्छेसँगै बसेर राजनीति गर्ने, सादगीलाई शक्ति बनाउने व्यक्तित्व। विगतमा भएका हरेक राजनीति  परिवर्तनका आन्दोलनमा सहभागी भएको इतिहास छ।

जो संग राजनीति योग्यता छ,अनुभव छ,क्षमता छ,साधारण जीवनशैली छ, जसले बाजुरा वासीका दु:खहरु नजिकबाट निहालेको छ,बाजुराका सम्भावना बारे जानकार छ, जो संग योजना छ,बाजुरा बदल्ने अठोट छ,संकल्प छ,संघर्ष गरेको छ र सपना बुनेको छ । जसले बाजुराली जनताको भाग्य र भविष्य निर्माणका लागि,बाजुराली जनताको सुख  र समृद्धि बाजुराको विकासका लागि जीवनभर इमानदारीता र निष्ठाको राजनीतिमा जीवनका ५ दशकहरु वेतित गर्‍यो ।

आज फेरि तीनै जनक गिरी बाजुराको भविष्यको चिन्तासहित जनकराज गिरी नेपाली कांग्रेसको तर्फबाट आगामी फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा होमिएका छन् । यद्यपि चुनावी मैदानमा प्रतिस्पर्धाका लागि आआफ्नो दलबाट उम्मेदवारहरु मैदानमा उत्रिएको भएपनी जनक गीरी बाजुरामा यी सबै उम्मेदवारको अभिभावक भएको अधिवक्ता समेत रहेका साहित्यकार हर्क खडायत बताउन्छन् । प्रतिस्पर्धाका क्रममा जित हार जसको भएपनी जनक गिरी संग अहिले मैदानमा उत्रीएका कसैको तुलना हुन नसक्ने खडायतको जिकिर छ ।

यतिमात्र होईन राजनीतिज्ञले समेत राजनीति संस्कार,इमान्दारीता जनताप्रतिको जवाफदेहीता के हो ? गिरीबाट सिक्नुपर्ने बताउन्छन् ।  खडायत भन्छन् "जनक गिरी राजनीतिक संस्कारका गुरू  हुन् नेता कस्ताे हुनुपर्छ, जनताप्रतिकाे ईमानदारीता, बफादारिता के हाे भन्ने कुरा जनक गिरीबाट सिक्नु पर्छ । राजनीति सेवा हाे भन्ने बुझाई बाहेक उहाँले जीवनमा केही गरेनन् " बाजुराको विकासमा गिरीको महत्त्वपूर्ण योगदान रहेको खडायतले बताए । राजनीतिमा त्याग गर्न सक्ने,सादगी जीवनशैलीका प्राय  गिरीले व्यक्तिगत मनोकांक्षा भन्दा माथि बाजुराली जनतालाई राख्दै आएको खडायतको भनाई छ ।

खडायत थप उल्लेख गर्दै भन्छन् " राजनीतिमा लागि जनतालाई ठगेर सम्पत्ति जाेड्ने, आलिसान महल बनाउने, गाउँ बिर्संदै सहरिया पनमा रमाउन कुरा नेता गिरीकाे हातबाट कहिल्यै भएन । राजनीतिमै लागेर बरू घर, परिवार र आफन्त त्यागि सादगी जीवन बिताउने बाजुराकाे एक्लाे नेता हाे जनक गिरी । बाजुराकाे विकासमा समेत अहम् भुमिका छ " गिरी नेपाली कांग्रेस निकटको मात्रै रोजाइ होइनन् । उनी प्रतिपक्षीले समेत रुचाएका नेताका रुपमा परिचीत छन् । राजनीतिमा निकै भद्र शालीन,सादगी,त्यागी र इमानदारीताको परिचय बनाएका गिरी प्रतिपक्षीले समेत सम्मान गर्ने गरेको साहित्यकार समेत रहेका राजेन्द्र शाह बि.पी बताउन्छन् ।तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा सहायक मन्त्रीका रुपमा छोटो समय रहेर गिरीले बाजुराको समग्र विकासमा उल्लेख्य योगदान पुर्याएको शाहको दाबी छ ।

लामो समय सम्म राजकीय भूमिकामा र पार्टीको कार्यकारी पदमा नरहँदा पनि बाजुरा जिल्लाको विकास, बाजुराली जनताका गाह्राे अफ्ट्यारामा साथ सहयोग र समन्वय गर्ने अग्रणी नेताको रुपमा परिचित नेता रहेको शाहको भनाई छ ।साहित्यका शाह भन्छन्  "पार्टी भित्र मात्र होइन पार्टी बाहिरका मानिसहरुले पनि जनकराज गिरिलाई विकासवादी र जनताको सुखदुखको साथीको रुपमा सम्झने गर्छन" बाजुराका सबै दलका कार्यशैली र व्यवाहारलाई नजिकबाट हेरेका शाह जनक गिरी राजनीतिमा इमानदारीता र निष्ठाको पर्यायका रुपमा लिने गरेको बताउन्छन् । बाजुराली मतदाताले गिरीलाई मतदान गरेर जिताए मतदाताको मत खेर जान उहाँले दिनुहुन्न भन्ने कुरामा बिश्वस्त रहेको शाह सुनाउन्छन् । 

यस्तै जनप्रकाश माविका शिक्षक अनोज गिरी विगत स्मरण गर्दै सुनाउन्छन् "२०४७ सालमा संगै शिक्षक थियौँ, तर उहाँ राजनीति लाग्नुभयो,त्यति बेलाको शिक्षक हुने विषय सामान्य विषय होईन,जताततै जागीरको अवसर थियो तर उहाँले त्यो सबै छोडेर राजनीति रोज्नुभयो, जनताको सेवामा तल्किन हुनुभयो,मलाई लाग्छ अहिले सम्म बाजुरामा कुन नै खोट नभएको,पद र सत्ताको लोभ नभएको सादगी इमानदार नेता हुन् जनक गिरी,जसले झन्डै पाँच दशक लामो राजनीतिमा कुनै व्यक्तिगत महत्वकांक्षा राखेनन्,सर्वसाधारण जनता सरहको जीवन बाँचे।उहाँ जत्तिको नेता बाजुरामा अरु छैनन् "  

व्यक्तिगत जीवन बारे मात्रै सोचेको भए गिरी आज नेपाल सरकारको सचीव सम्म बन्न सक्ने योग्यता राख्न सक्ने बताउदै उनले ती सबै अवसर त्यागेर बाजुराली जनताको सेवा गर्न राजनीतिमा समर्पित भएको उनी बताउन्छन् । गिरीले टिकट पाएपछि अहिले उनका समर्थकले उनलाई मत माग्न सुरु गरेका छन् । बाजुरा बदल्न जनक गिरी रोज्नुको अर्को विकल्प नरहेको समर्थकहरु बताईरहेका छन् । "जनक गिरी असल निष्ठा अनि जनता सामु भिजेको नेता र बाजुरा विकासको सन्दर्भमा सबैभन्दा बढी बाजुरामा चाँसो राख्ने र भुई मान्छेको नेता भनेर बुझ्दछौँ" पत्रकार रामलाल बिष्ट आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् ।

जनताकै सेवामा समर्पित थिएँ,एक पटक फेरी मौका दिनुस् 

प्रतिस्पर्धाका लागि चुनावी मैदानमा होमिएका गिरीले जनताको दुःख–सुखसँगै राजनीति गरेको दाबी गर्दै अनुभवी, इमानदार र उत्तरदायी नेतृत्व बाजुरालाई आवश्यक  रहेको बताएका छन् । उनले बाजुराको विकास र परिवर्तनका लागि फेरि एकपटक आफूलाई विश्वास गरेर मत दिन जिल्ला वासि मतदातालाई आग्रह गरे। आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताको अभिमतलाई खेर जान नदिने गिरीको प्रतिबद्धता छ । गिरी बाजुरा वासीलाई अपिल गर्दै भन्छन् “म हिजो पनि जनताकै सेवामा समर्पित थिएँ, आज पनि त्यही बाटोमा छु,उनले राजनीति कहिल्यै व्यक्तिगत स्वार्थका लागि केही गरेन, “मैले जीवनका धेरै वर्ष राजनीति र जनसेवामै बिताएँ। सत्ता वा पद मेरा लागि लक्ष्य होइन, बाजुरा बनाउने दायित्व नै मेरो उद्देश्य हो।”जनताको दुःख–सुख नजिकबाट देख्दै र भोग्दै आएको उल्लेख गर्दै गिरीले अबको यात्रामा पनि जनताकै साथ रहने प्रतिबद्धता जनाए। “बाजुरा परिवर्तनका लागि अधूरा सपना पूरा गर्न फेरि एकपटक विश्वास गरेर मत दिनुहोस्,” भन्दै उनले अनुभवी, इमानदार र उत्तरदायी नेतृत्वको आवश्यकता औँल्याएका छन् । 

यो संगै कांग्रेसभित्र अहिले देखिएको आन्तरिक विवादतर्फ संकेत गर्दै गिरीले समयको माग एकता भएको बताए। “आज पार्टीभित्र असमझदारी देखिएको छ, तर यो विवादलाई भुलेर एकताबद्ध हुने बेला आएको छ,” उनले भने, “कांग्रेस बलियो भए मात्रै बाजुराको आवाज बलियो हुन्छ।”

१५ वर्षको उमेरबाट राजनीति प्रारम्भ गरेका गिरी को हुन् ? यस्तो छ उनको राजनीति पृष्ठभुमि :

दुर्गम अनि विकट बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका ४ वाईमा २०२३ सालमा जन्मिएका गिरी एक गरिब परिवारमा जन्मिएका हुन् । बुवाआमाको एक्लो छोरा गिरीका ७ दिदिबहिनी थिइन् । सामान्य परिवारमा हुर्किएका गिरीको बाल्यकाल गाउँमै बित्यो । कक्षा ७ सम्मको अध्ययन गाउँकै स्वामिकार्तिक आधारभूत विद्यालयमा गरे। कोल्टी स्थित जनप्रकाश माविबाट एसएलसी उतिर्ण गरेका गिरी उच्च शिक्षाका लागि धनगढी झरे। उनले कक्षा ११ /१२ धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसमा पढे,त्यहीँ क्याम्पसबाट सुरु भयो गिरीको विद्यार्थी राजनीति । २०३८ सालमा नेविसंघको सदस्य भए । कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा विभिन्न राजनीति आन्दोलनमा सहभागी भए ।

२०४६/४७ सालको पन्चायत विरुद्धको जनआन्दोलनमा अग्रपंक्तिमामा रहेर आन्दोलनको मोर्चामा खटिए। सानै उमेरमा विद्यार्थी राजनीति प्रारम्भ गरेका गिरी कक्षा १२ उतिर्ण पछि स्नातक अध्ययनका लागि काठमाडौं हानिए। उच्च शिक्षा अध्ययनका लागि काठमाडौं स्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । धनगढीबाट विद्यार्थी राजनीति सुरु गरेका गिरी निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय रहे । २०४७ स्वामिकार्तीक खापर ४ वाईमा रहेको स्वामिकार्तीक आधारभुत विद्यालयलाई मावि बनाएर शिक्षण पेशा सुरु गरे । त्यो पनि स्वयंसेवक शिक्षकका रुपमा काम गरे ।

जुन विद्यालय गिरी आफैले स्थापना गरेका थिए।  करिब १ वर्ष शिक्षण पेशामा अवद्ध रहेर काम गरेका गिरी नेपाली कांग्रेसको तर्फबाट २०४८ सालको संससदीय निर्वाचनमा उम्मेदवारका रुपमा सिफारिस  भए ।उनी संगै अर्का नेता देवराज जोशी र मान बहादुर रावल पनि सिफारिस भएका थिए । तर उनले टिकट पाएनन् ।देवराज जोशीले टिकट पाए ।  यस्तै २०५६ सालमा भएको प्रतिनिधि सभा सदस्यमा उनी २३ हजार मतले फराकिलो बिजती भए । २०५६ सालमै तत्कालीन गिरिजाप्रसाद कोइरालाको मन्त्रीपरिषदमा भूमी सुधार तथा सहायक मन्त्री समेत बने तर ६ महिना मात्रै कार्यकाल रह्यो । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते शासन सत्ता हातमा लिएपछि उनले कार्यकाल पूरा गर्न पाएनन् । बीचमै सांसद पद गुमाउनु पर्यो।

त्यसपछि २०६२/६३ को भएको १९ दिने जनआन्दोलनमा समेत गिरीको सहभागी रह्यो । २०५६ सालमा अत्याधीक मतले जितेर मन्त्री समेत भएका गिरी त्यसपछि कुनै पनि पदमा रहेनन् । पदका लागि महत्वाकांक्षा पनि राखेनन् । बरु पार्टीकै अरु नेतालाई अवसर दिए। आफू निर्वाचन लडेनन् बाजुरामा निरन्तर नेपाली कांग्रेसको संगठन निर्माणमा लागिरहे। बाजुरा कांग्रेसलाई सुदृढ,एकताबद्ध र बलियो बनाउन आजका मितिसम्म पनि उनले निरन्तर संघर्ष गर्दै आएका छन् । उनी बाजुराका कांग्रेसजनका लागि अभिभावक पनि हुन् । जसले कहिँले अवसरको पछि दौडधुप गरेनन् ।

राजनीति  सेवा भावले ग्रहण गरे र जनताको सेवामा तल्लिन रहे। जसले ५ दशक लामो राजनीति जीवनमा पटक- पटक पद र सत्ताको लागि कुनै बार्गेनिङ गरेनन्,कुनै जिम्मेवारीमा नरहदा पनि जिल्लाको विकासका लागी सक्ने जति प्रयास गरिरहे । राजतिति गरेर घर बनाएनन्, जग्गा जमिन जोड्नन्,सम्पित आर्जन गर्न कहिँले पनि लागेनन् ,जसका अघि आफ्नो व्यक्तिगत जीवन उज्ज्वल बनाउन अवसरै अवसरका चाङहरु थिए। तर गिरीले राजनीति बाहेक अरु केहीमा ध्यान दिएनन् । तीनै गिरी फेरि २६ वर्षपछि चुनाव लड्दैछन् ।

को को बीच हुँदैछ बाजुरामा प्रतिस्पर्धा ? 

आगामी निर्वाचनका लागि बाजुरामा नेपाली कांग्रेसको तर्फबाट जनकराज गिरी  नेकपा एमालेबाट लाल बहादुर थापा,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रकाश बहादुर शाह,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा स्वतन्त्रबाट उमेश शाही,प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दिपक डि. सी,र नेकपा माओवादीबाट भुपेन्द्र सी चुनावी मैदानमा उत्रीएका छन् । आगामी निर्वाचनमा बाजुरामा चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टी भित्र चुलिएको विवादले कांग्रेस दुई खेमामा विभाजित छ । गिरी विशेष महाधिवेशनको पक्षमा उभिएका थिए। दुई समुह बीचको आन्तरिक द्वन्द त कांग्रेसमा कुनै नौलो विषय होईन तर यतिबेला निर्वाचनको मुखैमा पार्टी नै विभाजन भएको छ । यसको प्रभाव बाजुरामा पनि पर्ने आंकलन धेरैको छ ।

अन्य प्रतिस्पर्धीहरु कांग्रेस भित्रको आन्तरिक द्वन्दको फाईदा उठाउन दाउमा छन् । निर्वाचनमा कांग्रेस एक भएर जान सक्छ कि सक्दैन ? यो भने  हेर्न बाँकी नै छ । उसो त कांग्रेस बाजुरा विगतका निर्वाचनमा पनि गुट - उपगुटको लडाइँमा रुमलिदै आएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउदै पार्टीकै उम्मेदवारलाई घात गर्ने प्रवृत्तिका कारण बाजुरामा कांग्रेसले निर्वाचनमा हार बेहोर्दै आएको छ । पार्टी एकताबद्ध हुँदा बाजुरामा कांग्रेस बलियो देखिन्छ । आगामी निर्वाचनमा पनि बाजुरा एकताबद्ध हुन नसके विगतका निर्वाचनमा जस्तै हार बेहोर्नु पर्ने परिस्थिति कांग्रेस सामु सिर्जना हुन सक्छ। कांग्रेस एकताबद्ध हुन नसके बाजुरामा कांग्रेसलाई जित निकाल्न सकस हुने देखिन्छ । देशभर यतिबेला कांग्रेस अन्यौलमा छ। विवाद समाधान हुन सकेको छैन ।

अब एकता बद्ध भएर निर्वाचन केन्द्रित हुनुपर्ने आवाज उठिरहेका छन् ।बाजुरामा पनि गिरीले टिकट पाएपछि नेताहरुले एकतामा जोड दिएका छन् । निर्वाचन नजिकिदै गर्दा कांग्रेस एक हुनुको अर्को विकल्प नरहेको भन्दै सबै नेता कार्यकर्ता एकताको पक्षमा जुटेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका गिरीले पनि पार्टी एक हुने विश्वास सहित एकताका लागि आह्वान गरिसकेका छन् ।  विगतका सबै विषयलाई यथावत राखेर,आपसी असमझदारी,असन्तुष्टि र असहमतिलाई सच्याउदै एकताको सन्देश बाजुराबाट दिनुपर्ने नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष तपेश रावलको भनाई छ । उनले भने " 


बाजुरा कांग्रेस एकढिक्का भएर चुनावी मैदानमा जानुकाे बिकल्प छैन र जानुपर्छ ,आफुले मन पराएकाे/रुचाएकाे नेताले टिकट पाउनुपर्ने सुबेच्छा राख्नु गलत हैन अब सबै जुटेर लागाै,संगठनकाे बृहत् हित नै आजकाे आवश्यकता हाे" व्यक्तिगत अपेक्षा,आपसी मतभेद एक अर्काबीच स्वभाविक रुपमा भएपनि जिल्लामा कांग्रेस बाजुरालाई  बलियो बनाउन र कांग्रेसको उम्मेदवारलाई निर्वाचित गराउन विगतका तिता मिठा पलहरु भुलेर अगाडी बढ्नुपर्ने रावलको भनाई छ । 

बाजुरामा कांग्रेस एकताबद्ध हुँदा अरु दलले चुनाव जित्ने सम्भावना निकै कम हुने विगतको मत परिणामले पनि देखाउन्छ । मुख्य गरि दुई दल एमाले र कांग्रेस बीच मात्रै रोचक प्रतिस्पर्धा हुँदै आएको बाजुरामा आगामी निर्वाचनमा भने मुख्य गरि चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । विगतको मत परिणामलाई हेर्दा बाजुरामा नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जनमत निकै कम छ। त्यसकारण पनि फेरि पनि बाजुरामा कांग्रेस एमाले बीच नै खास प्रतिस्पर्धा हुने धेरैको बुझाई छ । तर यता नेकपा र रास्वपा निकट नेता कार्यकर्ताहरुका पनि निर्वाचन जित्ने आआफ्नै दाबी छन् ।

विगतको मत परिणाम हेर्दा,२०४८ देखि २०७९ सम्म आलैपालो जित र हारको शृङ्खला : 

बाजुरामा कांग्रेस एमाले दुई मुख्य प्रतिसपर्धी दलहरू हुन् । हरेक निर्वाचनमा यी दुई दल बीच नै रोचक प्रतिस्पर्धा हुन्छ । कहिँले कांग्रेसले त कहिँले एमालेले जित हात पार्दै आएको छ । विगतको मत परिणाम केलाउदा बहुदलपछि  २०४८ मा नेपाली कांग्रेसका देवराज जोशीले १७०६६ मत ल्याएर  निर्वाचित भए ।जुन बेला एमालेको मत १२४८३ मात्रै थियो। २०५१ मा एमालेका हिक्मत जङ्ग शाहीले जिते। उनले नेपाली कांग्रेसकै देवराज जोशीलाई पराजित गर्दै २१०१३ मत सहित जित हात पारे।देवराज जोशीले १९५०३ मत ल्याएर पराजित हुनुपर्यो। यस्तै २०५५ मा नेपाली कांग्रेसले जित हात पार्यो। कांग्रेस नेता जनक राज गिरीले आफ्ना दुई प्रतिसपर्धी कर्ण बहादुर थापा र हिक्मत जङ्ग शाहिलाई पराजित गरे । शाही तत्कालीन मालेबाट उम्मेदवार थिए भने थापा एमालेबाट उम्मेदवार बनेका थिए। थापाले ११०६३ मत पाए भने शाहीले ९०११० मत पाएर पराजित भए । 

२०६४ सालको संविधान सभाको निर्वाचनमा फेरि कांग्रेसकै देवराज जोशीले जित्न सफल भए। त्यो बेला जोशीले १९२७१ मत सहित बिजयी बनेका थिए। यस्तै २०७४ मा आउँदा नेपाली कांग्रेसका उम्मेदवार कबिराज पण्डित एमालेका लाल बहादुर थापा संग पराजित भए। तर स्थानीय निर्वाचनमा भने एमालेलाई कांग्रेसले उछिन्न सफल भयो। २०७९ को निर्वाचनमा फेरि एमालेका कर्ण बहादुर थापालाई पराजित गर्दै नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डे ३१७८६ मत ल्याएर बिजयी भए भने प्रतिद्वन्द्वी कर्ण बहादुर थापाले २६३४९ मत ल्याएर पराजित भए ।

यसरी २०४६ साल यता नेपाली कांग्रेसले ४ वटा निर्वाचनमा जित्यो भने एमालेले २ निर्वाचनमा जित हात पार्न सफल भयो। प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ । २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए । तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो।

संघीयता  पछिका दुई प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन: 

२०७४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बाजुराबाट कांग्रेस पराजित भयो। एमालेबाट लाल बहादुर थापाले जित हाँसिल गरे। प्रदेश र प्रतिनिधि सभा दुबै ठाउँबाट कांग्रेसले हात धुनुपर्यो। २०७९ मा स्थानीय तहको निर्वाचनमा निकै कमजोरी देखिएको कांग्रेस प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भने जित्न सफल भयो। २०७४ मा हारेको कांग्रेस २०७९ मा आएर चुनाव मात्रै होईन  प्रतिनिधि सभा तर्फको समानुपातिकमा पहिलोदल बन्यो । अन्य दलको भन्दा एक हजार ६७३ मत बढी ल्याउन सफल भयो। नेपाली कांग्रेस पार्टीले २७ हजार ९७२ मत प्राप्त गर्यो।  ।त्यसैगरी, नेकपा एमालले २६ हजार २९९ मत ल्याएर दोस्रो भयो ।

 नेकपा (माओवादी केन्द्र)ले एक हजार ९७८ मत ल्याएर तेस्रो र नेकपा (एकीकृत समाजवादी)ले एक हजार ७२८ मत ल्याएर चौंथो बन्यो ।  यसरी कांग्रेस २०७९ को निर्वाचनमा एमालेलाई उछिन्दै जिल्लामा पहिलो दल बन्यो । प्रमुख प्रतिस्पर्धि एमालेसंग हरेक निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदै आएको  बाजुरामा हरेक निर्वाचनमा एउटै दल भने जित्न सफल भएको छैन ।

संघीयता  पछिका दुई स्थानीय तहका निर्वाचन :

२०७४ को स्थानीय निर्वाचनमा नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भयो। कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका जित्यो भने, एमाले तीनवटा गाउँपालिकामा विजयी भयो।  कांग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बुढिनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा जित हात पार्यो ।

एमालेले स्वामिकार्तिक, जगन्नाथ र गौमुल गाउँपालिका गरी तीन पालिकामा मात्रै सिमित भयो।  जिल्लाका कुल ६९ वडा मध्ये ३४ वडाध्यक्षमा कांग्रेस, ३२ वडाअध्यक्षमा एमाले र तीनवटा वडाध्यक्षमा माओवादी केन्द्र विजयी भयो । तर त्यसको ठिक पाँच वर्षपछि २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा आइपुग्दा मत परिणामको नतिजा उल्टियो। २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ पालिका विजयी भयो। उसले बडीमालिका र बुढीनन्दा नगरपालिका,बुुढिगंगा सहित जगन्नाथ,गौमुल र खप्तड छेडेदह गाउँपालिकामा विजय हासिल गर्यो । काँग्रेस  त्रिवेणी नगरपालिका, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिका गरी तीन पालिकामा खुम्चियो । खप्तड छेडेदहमा उपाअध्यक्ष भने कांग्रसले जित्यो । ०७४ मा वडा जितेको काग्रेस ७९ मा आएर मा सिमित बन्यो।

२०७४ मा काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिकासहित छ पालिका र जिल्ला समन्वय समिति जितेको थियो भने एमालेले तीन गाउँपालिका सिमित बन्यो। २०७९ मा आएर काँग्रेसले तीन पालिकामा चित्त बुझाउनुपर्यो भने एमालेले पाँच पालिका जितेपछि जिल्ला समन्वय समिति पनि जित्यो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।