देउडा गायक लोकश सुनारको "उकाली हेल छाता"नामक ठट्यौली देउडा गीत सार्वजनिक (भिडियो सहित)


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

सांगीतिक क्षेत्रमा चलेका चर्चित अनुहारको सामुहिक उपस्थितिमा  यो गीत बनेको छ। त्यसकारण पनि यो गीत धेरै दर्शकहरुले मन पाराउने अपेक्षा गरिएको छ। गीतको शब्द संगीत र छायांकन मार्फत छेडेदह गाँउपालिका भूगोल, स्थानीय रितिरिवाज, चालचलन,आदीलाई चित्रण गरिएको छ । यो गीत मनोरञ्जनात्मक रहेको गीतकार शाह बताउन्छन् । गीत मार्फत एउटा प्रेम जोडीले ठट्यौली शैलीमा सवाल जवाफ गरेको गीत मार्फत बुझ्न सकिन्छ ।खप्तड छेडेदह बोलको देउडा गीत बजार ल्याएका लोकेश सुनारको आफ्नो गृहपालिकाको संस्कृती, पर्यटन र पहिचान प्रबर्धनमा योगदान पुर्याएका छन।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

काठमाडौं :सुदूरपश्चिमको बाजुरामा जन्मिएका देउडा गायक लोकश सुनारको "उकाली हेल छाता" नामक ठट्यौली देउडा गीत सार्वजनिक भएको छ।  बुधबार खप्तड डिजिटल म्युजिकको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

पछिल्लो समयमा कलाकारितामा सक्रिय सुनारले एक पछि अर्को गरी देउडा गीत बजारमा ल्याइरहेका छन् । हालै सार्वजकि गीतमा उनलाई स्वरमा साथ दिएकी छन् बहुचर्चित देउडा गायिका गौरी भट, लक्ष्मि नेपाली र पछिल्लो समयमा युवा पुस्ताले रुचाएका देउडा गायक सुनिल नेपालीले पनि स्वरमा साथ दिएका छन् । गीतको शब्द संगीत गीतकार एबम् साहितयकार राजेन्द्र शाह वि.पीले गरेका छन् । गीतको निदेर्शक भिम थापा रहेका छन् भने गीतको एरेन्ज बहुचर्चित एरेन्जर विनोद बाजुरालीले गरेका छन् । नेपाली गीत सांगीतिक क्षेत्रमा शब्द लेखन र संगीत सम्याजन मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल साहित्यकार शाहको शब्द संगीतमा बनेका गीतहरु नेपाली देउडा क्षत्रमा निकै लोकप्रिय छन् । सांगीतिक क्षेत्रमा चलेका चर्चित अनुहारको सामुहिक उपस्थितिमा  यो गीत बनेको छ। त्यसकारण पनि यो गीत धेरै दर्शकहरुले मन पाराउने अपेक्षा गरिएको छ।

गीतको शब्द संगीत र छायांकन मार्फत छेडेदह गाँउपालिका भूगोल, स्थानीय रितिरिवाज, चालचलन,आदीलाई चित्रण गरिएको छ । यो गीत मनोरञ्जनात्मक रहेको गीतकार शाह बताउन्छन् । गीत मार्फत एउटा प्रेम जोडीले ठट्यौली शैलीमा सवाल जवाफ गरेको गीत मार्फत बुझ्न सकिन्छ ।यस अघि पनि खप्तड छेडेदह बोलको देउडा गीत बजार ल्याएका लोकेश सुनारको आफ्नो गृहपालिकाको संस्कृती, पर्यटन र पहिचान प्रबर्धनमा योगदान पुर्याएका छन।

यो हो भिडियो 

https://youtu.be/p6sUM-mI9NI?si=ML0k71mSp9ncUOgc

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।