बाँनियालाई हेमराज थापाको प्रश्नःमुख्यमन्त्रीको कुर्सिमा बस्न लाज छैन?

ठग मुख्यमन्त्री,अलपत्र सडक बनाउनुस् नत्र कार्यालय आउन्छौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

थापाले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत एक भिडियो सन्देश जारी गर्दै जनतालाई दुःख दिने ठग मुख्यमन्त्रीको संज्ञा दिएका हुन् ।  यो संगै थापाले बाजुरा र अछामका काम ठेक्का लिएर काम सम्पन्न गर्न बाँकी रहेका अलपत्र सडक खण्ड तत्काल बनाउन पनि भनेका छन् ।  जनतालाई सास्ती खेप्न बाध्य बनाएर मुख्यमन्त्री बन्न लाज लाग्दैन? भन्दै प्रश्न समेत थापाले गरेका छन् । सडक निर्माण कार्यको ठेक्का लिएर काम सम्पन्न नभएका अलपत्र सडक खण्डहरु तत्काल निर्माण नगरे युवाहरुले मुख्यमन्त्रीको कार्यालय घेर्ने चेतावनी समेत थापाले दिएका हुन् ।

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

ठग मुख्यमन्त्री,अलपत्र सडक बनाउनुस् नत्र कार्यालय आउन्छौँ

काठमाडौँ : बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका इन्द्रबहादुर बानियाँ लाई सामाजिक अभियान्ता हेमराज थापाले मुख्यमन्त्रीको कार्यालय घेर्ने चेतावनी दिएका छन् । मंगलवार मात्रै मुख्यमन्त्रीमा नियुक्त भएका नवनियुक्त मुख्यमन्त्री बाँनियाँलाई थापाले आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत एक भिडियो सन्देश जारी गर्दै जनतालाई दुःख दिने ठग मुख्यमन्त्रीको संज्ञा दिएका हुन् ।  

यो संगै थापाले बाजुरा र अछामका काम ठेक्का लिएर काम सम्पन्न गर्न बाँकी रहेका अलपत्र सडक खण्ड तत्काल बनाउन पनि भनेका छन् ।  जनतालाई सास्ती खेप्न बाध्य बनाएर मुख्यमन्त्री बन्न लाज लाग्दैन? भन्दै प्रश्न समेत थापाले गरेका छन् । सडक निर्माण कार्यको ठेक्का लिएर काम सम्पन्न नभएका अलपत्र सडक खण्डहरु तत्काल निर्माण नगरे युवाहरुले मुख्यमन्त्रीको कार्यालय घेर्ने चेतावनी समेत थापाले दिएका हुन् ।उनले तत्काल काम सम्पन्न नगरी आनाकानी गरे युवाहरु जस्तोसुकै मुल्य चुकाउन बाध्य हुने समेत बताएका छन्।  

उनले भिडियो मार्फत भनेका छन् " म बाजुराको हेमराज थापा, मुखयमन्त्री निर्वाचित भएकोमा बधाई चाँहि दिइन्न,बाजुरा र अछाममा पछिल्लो १० वर्षदेखी मुख्य सडकको ठेकका लिएर अलपत्र पारिएको छ, जसका कारण लाखौँ जनताले दुःख पाइरहेका छन्, त्यो सडक छिटो सम्पन्न गर्नुस् तपाँई, होइन भने तपाँईको मुख्यमन्त्री कार्यालयमा आइन्छ,त्यसपछि के हुन्छ बिचार गर्नुहोला,जनताको पैसा लिएर,सडकको ठेक्का लिएर, अलपत्र पारेर अनि चाँही म मुख्यमन्त्री हुँ,मलाई बधाइ देउ भनेर हुन्छ?लाज लाग्दैन ?यहिँ गर्नका निम्ति देशमा संघीयता आएको हो?यहिँ गर्नका निम्ति प्रदेश बनेको हो?ठेक्का लिने, अलपत्र पार्ने नबनाईदिने आज अछाम र बाजुराका कति जनताले दुःख पाएका छन्,तपाँई छिटो सम्पन्न गर्नुहुन्छ की तपाँईको मुख्यमन्त्री कार्यालयमा आएर चुँनौती पेश गर्ने हो"

नेपाली कांग्रेस र नेकपा (एमाले) गरी कुल ६४ जना सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज ९मंगलबार० बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।,

उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली काँग्रेस बागमती प्रदेश सभापति समेत हुन् ।  मार्तडी कोल्टी सडक विस्तार गर्न जिम्मा लिएको ठेकेदार बानियाँको  कम्पनीको चरम लापरबाहीका कारण सडक अलपत्र छ । सम्बन्धित निकायले पनि त्यसको निरीक्षण र नियमन गर्न सकेको छैनन् । बाजुरामा मात्रै होइन बानियाँको कम्पनीले ठेक्का लिएका निर्माण कार्य अलपत्र अवस्थामा छोडेर उनी मुख्यमन्त्री बनेपछि अहिले चौतर्फी आलोचना भैरहेको छ । अहिले उनको सामाजिक सञ्जालमा चर्को आलोचना पनि भैईरहेको छ । नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको सडकमा गम्भीर लापरबाही गर्ने बानियाँलाई प्रदेश प्रमुखको जिम्मेवारी दिनु लज्जास्पद भएको टिकाटिप्पणी समेत भैइरहेका छन् । 

काम गर्ने जिम्मा पाएको पिएस बाँनिया निर्माण सेवाले करिव डेढ करोडको मात्र काम गरेको पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ  । ठेकेदारले काम नगरेपछि झण्डै १३ करोड ५० लाख फिर्ता भइसकेको बताइएको छ। आर्थिक बर्ष ०६७।०७७ मा (२०७७ असार) २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी असारमा सम्झौता भएपनि काम भने सुुरु भएको थियो ।

निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ बर्षमा काम सम्पन्न गर्ने रहेको थियो । तीन बर्षमा काम नसकेपछि कार्यालयले फेरि १ पटक म्याद थप गरेको थियो । म्याद थप गरेपनि यो आर्थिक बर्ष भने पैसा भएपनि ठेकेदारले काम नगरेर रकम फिर्ता हुन लागेको पुर्वाधार कार्यलय अछामले जनाएको  छ ।


कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेण्डर गरेको थियो । पिएस बाँनिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्षातमा मार्तडी कोल्टी सडक बन्द हुने गरेको स्थानियले बताएका छन् ।

मार्तडी कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुबर्षिय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटर बाहेक मार्तडी देखि ढम्कने सम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड बिनियोजन भएको थियो । पहिलो मार्तडी देखि चुथि सम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ । चुथि देखि ढम्कने ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपुरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।

उनीहरुले हरेक बर्षातमा यातायातबाट वञ्चित हुनुपर्ने अवस्था छ भने पैदल यात्रा समेत कष्टपूर्ण हुने गरेको छ । हरेक बर्ष बर्षातमा ४ महिना पूर्ण रुपमा सडकखण्ड अवरुद्ध हुदैँ आए पनि यस समस्याको दिगो समाधानका लागि सम्बन्धित निकाय र नेतृत्व बेखबर बनेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।