शनिबार सवारी साधन दुर्घटनाका साथै विपद्जन्य घटनाहरु नियन्त्रण, घाईतहरुको उद्धार, उपचार तथा पूर्व तयारी सम्बन्धी घटना अभ्यास कार्यक्रम गरिएको हो ।त्यस्तै कार्यक्रममा कृत्रिम अभ्यास कार्यक्रममा दुर्घटनाबाट घाइतेहरुको उद्धार गर्न सुरक्षाकर्मी, रेडक्रस, स्वास्थ्यकर्मीहरु खटिएर जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत उद्धार गरिएको थियो ।
बाजुरा:बाजुराको सदरमुकाम मार्तडीमा मानव संसाधन केन्द्र (एचआरसी) बाजुराको आयोजना तथा ह्याण्डिक्याप इन्टरनेसनलको सहयोग तथा जिल्ला अस्पतालको समन्वयमा कृत्रिम घटना अभ्यास गरिएको छ ।
शनिबार सवारी साधन दुर्घटनाका साथै विपद्जन्य घटनाहरु नियन्त्रण, घाईतहरुको उद्धार, उपचार तथा पूर्व तयारी सम्बन्धी घटना अभ्यास कार्यक्रम गरिएको हो । एचआरसी बाजुराका अध्यक्ष निरबहादुर शाहीले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा मालिका माध्यमिक विद्यालयका विद्यार्थी लगायतको सहभागीतामा दुई वटा गाडीको ठक्करबाट घाइतेहरुको उद्धार र उपचार सम्बन्धी अभ्यास गरिएको बताइएको छ।
त्यस्तै कार्यक्रममा कृत्रिम अभ्यास कार्यक्रममा दुर्घटनाबाट घाइतेहरुको उद्धार गर्न सुरक्षाकर्मी, रेडक्रस, स्वास्थ्यकर्मीहरु खटिएर जिल्ला अस्पतालको एम्बुलेन्स मार्फत उद्धार गरिएको थियो । अस्पतालमा स्वास्थ्यकर्मीहरुले घाइतेहरुको उपचार गरी केहीलाई थप उपचारका लागि बाहिर रेफर गरिएको अभ्यासमा समेटिएको थियो ।त्यस्तै, मार्तडीको बसपार्कमा सडक दुर्घटनाको पूर्व अभ्यास पश्चात् जिल्ला अस्पतालमा दुर्घटनासँगै विपद् सम्बन्धी एक औपचारिक कार्यक्रम समेत गरिएको छ । यस्ता घटनाले वास्तविक विपद्जन्य घटनाका लागि सबैलाई सचेत र सजग बनाएको पाईएको छ ।