बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने

२३ जिल्लामा ईलाका प्रशासन कार्यालय स्थापना गरिदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

मुख्य बिन्दुहरू

२३ जिल्लामा ईलाका प्रशासन कार्यालय स्थापना गरिदै

काठमाडौँ: बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको  छ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय तहलाई मध्येनजर गर्दै कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको हो । यस अघि यहाँका स्थानीयहरु नागरिकता लगायतका सेवा लिन हजारौ‌ रकम खर्चेर सदरमुकाम मार्तडीमा आउने गरेका थिए ।अव कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएस‌गैै पुर्वीउत्तरी क्षेत्रका नागरिकहरुलाई सहज हुने भएको छ ।


सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।


गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने विषय गृह मन्त्रालयको वार्षिक बजेटमै समावेश भएको छ । यस सम्बन्धमा बजेट कार्यान्वयन अन्तर्गत भौतिक संरचना र कर्मचारीका लागि दरबन्दी व्यवस्थापनको विषय अगाडि बढ्ने छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।