राजनीति आस्थाको विषय हुन सक्छ, ।तर बाजुराको भविष्य आस्थाभन्दा माथि हुन्छ। हाम्रो गरिबी,भोकमरी बेरोजगारी,र पीडाको कुनै दलको झण्डाले प्रतिनिधित्व गर्दैन त्यसैले अब समाधान पनि कुनै चुनाव चिन्हमा सीमित हुनु हुँदैन बाजुराको रूपान्तरण र परिवर्तन,कुनै राजनीतिक दलको नाम वा चुनाब चिन्हले होइन,उम्मेदवारको इमान्दारिता,जनताप्रतिको उत्तरदायित्व,जनप्रतिको जवाफदेहीता,जिम्मेवारी,क्षमता, योग्यता र दक्षताले मात्र सम्भव छ।हामीले धेरै पटक चिन्ह रोज्यौँ,तेरो पार्टी मेरो पार्टी भन्यौं,पार्टी जिताउन लाग्यौं,जसका कारण बाजुराको भविष्य ओझेलमा पर्यो। अब मान्छे रोज्ने बेला आएको छ। हामीले नारा सुनेर होइन,भाषणमा होइन कर्ममा विश्वास गरौँ । काम गरेर देखाउनेलाई जिताउनुपर्छ।
के राजनीति आस्था भन्दा माथि बाजुरा राख्न सक्छौं ?नोटमा भोट बिक्री गर्दैनौं भन्न सक्छौं ?
काठमाडौँ : प्रिय बाजुराबासी युवा साथिहरु,अब समय आयो । बाजुरा बदल्न मत परिवर्तन गरौँ।राजनीति आस्थाको विषय हुन सक्छ, ।तर बाजुराको भविष्य आस्थाभन्दा माथि हुन्छ। हाम्रो गरिबी, बेरोजगारी, अशिक्षा र पीडाको कुनै दलको झण्डाले प्रतिनिधित्व गर्दैन हामीले धेरैपटक हेरिसक्यौँ। भोगिसक्यौँ,त्यसैले अब समाधान पनि कुनै चुनाव चिन्हमा सीमित हुनु हुँदैन बाजुराको रूपान्तरण र परिवर्तन,कुनै राजनीतिक दलको नाम वा चुनाब चिन्हले होइन,उम्मेदवारको इमान्दारिता,जनताप्रतिको उत्तरदायित्व,जनप्रतिको जवाफदेहीता,जिम्मेवारी,क्षमता, योग्यता र दक्षताले मात्र सम्भव छ।
हामीले धेरै पटक चिन्ह रोज्यौँ,तेरो पार्टी मेरो पार्टी भन्यौं,पार्टी जिताउन लाग्यौं,जसका कारण बाजुराको भविष्य ओझेलमा पर्यो। अब मान्छे रोज्ने बेला आएको छ। हामीले नारा सुनेर होइन,भाषणमा होइन कर्ममा विश्वास गरौँ । काम गरेर देखाउनेलाई जिताउनुपर्छ। आउनुहोस्, आफ्नो भोटलाई इतिहास दोहोर्याउने साधन होइन,बाजुराको भविष्य बदल्ने हतियार बनाऔँ। दलभन्दा माथि उठौँ,आस्थाभन्दा अघि विकास राखौँ, र एकपटक साँचो अर्थमा बाजुराको पक्षमा मतदान गरौँ।
१. बाजुरा किन बनेन ? भनेर प्रश्न मात्रै गर्ने कि आफूपनी बदलिने ?
बाजुरा बदल्न सक्छौँ— यदि हामी बदलियौँ भने। सधैं हामीले बाजुरा किन बनेन भनेर नेतालाई प्रश्न गर्यौँ ? तर आफुतिर फर्किएर एकपटक सोधौँ हामीले के के गल्ती गर्यौँ ? र जिल्लाका लागि हामीले नेतालाई प्रश्न गर्न,गाली गर्न आलोचना गर्न बाहेकको योगदान के के गरेका छौँ ? के यतिमात्र हाम्रो दायित्व हो ? यसको मत्लब प्रश्न गर्न हुन आलोचना गर्नु हुन्न नेतृत्वको देवत्वकरण गर्नुपर्छ भनेको होईन तर हामीले आफुले केही गरेनौं केबल अरुको आलोचना,बिरोध मात्रै गरिरह्यौ।त्यहीँ मान्छेलाई मतदान गरेर पठायौँ त्यसैलाई गाली गर्यौ तर अर्को निर्वाचन आउँदा फेरि त्यसैलाई जिताएर पठायौँ कारण हो उ हाम्रो पार्टी को हो ?
पार्टीले हार्नु हुन्न भन्यौँ,व्यक्ति पराजित हुँदा पार्टी कमजोर बन्छ,पार्टी पराजित हुन्छ भन्यौं र फेरि जितायौँ तर हामीले यो पत्ता पाएनौं कि व्यक्ति जिताउदा,पार्टी जिताउदा राजनीति दलको चुनाव चिन्ह मात्रै जिताउन लाग्दा बाजुरा पटक पटक हार्यो,पार्टीको भविष्य उज्ज्वल बनाउने नाममा बाजुराको भविष्य ओझेलमा पर्यो । हामीले बाजुराको भविष्य,बाजुराका समस्या,बाजुराका सवाल र सम्भावना भन्दा माथी दलीय आस्था राख्यौँ दलको पटक- पटक अवसर पाएको नेता राख्यौँ,उसैलाई पार्टी जिताउने नाममा जिताईरह्यौँ । तर भनिरह्यौँ बाजुरा बनेन ? त्यसकारण अब बाजुरा नबन्नुको कारण हामी पनि हौँ भन्ने विषय मनन गरौं आत्मसमिक्षा गरौँ विगतका कमिकमजोरीहरु सुधार गरौँ ।
हामीले कहाँ के गल्ती गर्यौँ मनभित्र देखि सोचौं बाजुरा नबन्नुमा बाजुरा पछि पर्नुमा मेरो कति दोष छ ? आफैले आत्मसमिक्षा गरौँ आफैलाई बदलौँ किनकी बाजुरा बदलिन तपाइँ हामी पहिला बदलिनपर्छ । तपाईं हामी पहिला सुध्रीनपर्छ । सच्चिनपर्छ र अब गल्ती दोहोर्याउदैनौँ भनेर प्रतिबद्धता गर्नुपर्छ र सोच्नुपर्छ मेरो बाजुरा भन्दा माथि दल हुन सक्दैन,दलीय आस्था भन्दा माथि बाजुरा राखौं अनि जुन दिन तपाइँ हामी सच्चिन्छौँ बदलिन्छौँ,अनि बाजुराले पनि रूपान्तरको यात्रा तय पक्कै गर्नेछ ।
दु:खका साथ भन्नुपर्छ हामीले दलीय आस्थामा रुमलिएर बाजुरा मात्रै पछिल्लो परेन हामीले आफ्नै दाजुभाई संग दुश्मनी लिइरह्यौँ,पार्टीको चिन्ह दाजुभाई भन्दा माथि राख्यौँ,यतिसम्म कि कसैलाई जिताउने र कसैलाई पराजित गर्ने नाममा आफ्नै दाजुभाई बीच काटामार गर्यौँ,झैझगडा गर्यौँ । हामीले विगतका कमजोरीहरुलाई घिनलाग्दा प्रवृत्तिलाई निरुत्साहित गर्दै अगाडी बढ्नुको अर्को विकल्प छैन ।एकपटक सबैले मनमनै भनौं म अब पार्टीको नाममा दाजुभाई संग लड्ने भिड्ने छैन,प्रतिस्पर्धा गर्दा पनि स्वच्छ प्रतिस्पर्धा गर्नेछौं । अब बाजुराले कसैलाई जिताउने कसैलाई पराजित गर्न कसैलाई गुमाउनु पर्ने छैन ।
विगतका निर्वाचनमा कसैलाई जिताउने हराउने नाममा अब कुनै आमाको कोख रित्तो हुने छैन,कसैको सिन्दुर पुछिने छैन?कोही नाबालक टुहुरा बन्ने छैनन् ,कसैले परिवारको खुसी लुटिने छैन, प्रतिज्ञा गरौँ अब,हामी मित्रवत प्रतिस्पर्धाका लागि तयार छौँ ।
के हामी बाजुरामा सबैलाई स्वतन्त्र मताधिकार गर्न दिन्छौँ भनेर भन्न सक्छौं ?
अर्को दु:खद विषय त यो छ कि आजसम्म बाजुराका अधिकांश मतदान स्थलमा मतदाताले आफ्नो मतदान गर्न पाउने संबैधानिक अधिकार समेत उपयोग गर्न पाएका छैनन् । जहाँ जसको बर्चस्व छ त्यहाँ त्यसैले आफुखुसी मतदान गर्ने प्रचलन जस्तै भएको छ । कसलाई जिताउने भन्दा पनि बाजुरामा स्वतन्त्र र निष्पक्ष मतदानको वातावरण कसरी बनाउने ? सबै नागरिकलाई स्वतन्त्र मतदानको अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने पहिलो प्राथमिकताको विषय हो। त्यसैले के हामी भन्न सक्छौं हामी अब कसैलाई पनि स्वतन्त्र मताधिकारबाट बन्चित गराउदैनौँ भनेर! अवस्य पनि अब भन्न सक्नुपर्छ । हरेक नागरिकले संबैधानिक अधिकारको उपयोग गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । अब बाजुराले किन नपाउने ? बाजुराका नागरिकले किन नपाउने ?
नोटमा भोट बिक्री गर्दैनौं भन्न सक्छौं ?
अर्को कुरा दु:खका साथ भन्नुपर्छ जहाँ अहिलेसम्म जनताको अभिमत खरिद बिक्री हुँदै आएको तितो यथार्थता हाम्रा बीचमा छ। सर्वसाधारण बाजुरा वासिलाई आर्थिक प्रलोभनमा पारी अशिक्षित गरिब,वेसाहारा बाजुरालीहरुलो अभिमत खरिदबिक्री गर्ने प्रवृतिको अन्त्य गर्न आजको युवा पुस्ता अग्रसर हुनुपर्छ । प्रीय युवा साथीहरू के हामी भन्न सक्छौं ? हामी अब पैसामा हाम्रो मत बिक्री गर्दैनौं ।धेरैलाई लाग्न सक्छ यस्तो पनि हुन्छ तर सत्य तितो सुनिएला तर यथार्थ यहीँ हो ।हामी नोटले भोट खरिदबिक्री हुने ठाउँका नागरिक हौँ । यसमा तपाइँ हामी पनि विगतमा संलग्न भएका छौँ भने आफैबाट सुरुवात गरौँ ।
र भनौं अब हामी नेताको चिल्ला भाषणमा रुमलिने छैनौं,कसैको दबाब र प्रभावमा पर्नेछैनौँ, कुनै नेताको आर्थिक प्रलोभनमा पर्ने छैनौं अब हामी मासु भातमा बिक्री हुनेछैनौँ के हामी साच्चिकै भन्न सक्छौं ? मासु भात र रुपैयाँको प्रलोभनमा अब बाजुराको भविष्य बन्धकी राख्ने छैनौं भनेर ? कसैलाई दबाब र प्रभावमा राखेर जनताको स्वतन्त्र मताधिकारको अधिकार खोस्ने छैनौं । अब मतदान गर्दा हामी आफ्नो स्ववीवेक प्रयोग गर्छौं । हाम्रो होईन सक्षम चुन्छौँ,बाजुराको विकासका लागी परिवर्तनका लागि रूपान्तरका लागि बाजुराली जनताको सुख र समृद्धिका लागि स्वच्छ,जुझारु,सक्षम,अब्बल योग्य निडर व्यक्तिलाई चुन्छु अब दलको चुनाव चिन्ह हेरेर होईन ।
बाजुरालाई कस्तो नेतृत्वको खाँचो छ?
हामीले जिताएको उम्मेदवारले सिंहदरवारलाई भन्न सकोस् सरकार मेरो बाजुरा किन आजका मितिसम्म मानव विकास सूचकांकको ७७ औं स्थानमा छ ? सरकार मेरो बाजुरा हरेक वर्षको बजेट भाषणमा उच्चारण नहुनुको नसुनिनुको कारण के हो ? मेरो बाजुरामा पनि नागरिक बसोबास गर्छन् यो राज्य सबै नागरिकको हो भने बाजुराका नागरिकले राज्य सत्ता मेरो पनि हो भनेर कहिँले आवास गर्न पाउन्छन् ? बाजुराका नागरिक यो देशका नागरिक हुन् कि होइनन् ? ७७ औं जिल्ला मध्यको एक हो भने किन सधैं मेरो बाजुरालाई सिंहदरबारको गेट बाहिरै छोडेको ? हरेक आर्थिक वर्षको बजेटमा उपेक्षा गरेको ? किन बाजुरालाई सधैं सौतेनी व्यवाहार गरिन्छ ? दुर्गम अनि विकट भनिने बाजुरालाई यो सुगम काठमाडौंले कहिँले देख्छ ?भनेर राज्यलाई प्रश्न गर्न सकोस् ।
र यो पनि भन्न सकोस् के बाजुराका नागरिक मर्नका लागि छोडिएका हुन् ? र यो पनि भनोस् बाजुरामा हरेक वर्ष ४/५ जना सुत्केरीहरुले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माउन्छन् । सुबिधा सम्पन्न अस्पताल नहुँदा सुत्केरी आमाले ज्यान गुमाउन्छिन् । हेलिकप्टर कुर्दा कुर्दा प्राण त्याग्छन् मेरा जिल्लाका नागरिकहरु ! हरेक वर्षको मनसुनमा मेरो जिल्लमा काठेपुलबाट खसेर नागरिकले ज्यान गुमाउन्छन्। उसले भनोस् म यस्तो जिल्लाको नागरिक हौँ जहाँ सदरमुकाममा समेत ६ महिना मात्रै गाडी गुड्छन् । आजको विज्ञान र प्राविधको युगमा समेत ईन्टरनेट चलाउने कुरा त टाढाको विषय हो फोन गर्न पनि बिहानको १० बज्नुपर्छ डाँडा काँडा चढ्नुपर्छ । यतिमात्र होईन उसले भनोस् प्राबिधिक शिक्षा पढ्न जिल्ला छोडनुपर्ने जिल्लाको सांसद हु भनेर !
उसले भनोस् मेरो जिल्लाको रोजिरोटी गर्ने माध्यम भारत हो,वैदेशिक रोजगारी हो। अधिकांश नागरिकहरु कृषि पेशामा निर्भर छन् तर वर्ष भर काम गरेर उत्पादन गरेको अन्न ६ महिनालाई पुग्दैन,सिँचाईको सुबिधा छैन,परमपराग कृषि प्रणाली सिंहदरवार र संसदलाई भनोस् बाजुराको परिचय विकट,दुर्गम,अभाव,गरिबी बेरोजगारी,भोकमरी मात्रै होईन बाजुरा सम्भावनाको जिल्ला पनि हो भनेर सिंहदरबाको ध्यानाकर्षण गराउन सकोस् जसले आफ्नो दल र आफ्नो भविष्य भन्दा माथी बाजुरा र बाजुराका जनता राखोस् ।
जसले बाजुरालाई भोक,गरिबी,बेरोजगारी र अभाबै अभावको होईन सम्भावनाको जिल्ला भनेर स्थापित गर्न सकोस् ? बाजुरामा समस्या मात्रै छैनन् त्यो भन्दा बढी अवसर छन् सम्भावना छन् भनेर स्थापित गर्न सकोस् । उसले बाजुरामा धर्तीको भूस्वर्ग बडीमालिका छ ,रानीसैन छ,बुढीनन्दा,पोरखे,खप्तड बडालेक,छेडदह ताल,नाटेश्वरी लगायतका सांस्कृतिक धार्मिक र एतिहासिक रुपमा प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरु छन् ।जो राज्यको नजरमा पर्न नसक्दा ओझेलमा छन् ।बाजुराको आर्थिक विकासमा टेवा पुर्याउने यस्ता कयौं सम्भावनाहरु छन् जसको प्रचार प्रसार हुन सकेको छैन ।
हामीलाई दल बनाउने होईन,कार्यकर्ताको मात्रै भरणपोषण गर्ने नेता चाहिएको होईन ।हामीलाई मानव विकास सूचकांकको ७७ औं स्थानमा रहेको बाजुरालाई माथि उकास्ने नेतृत्व चाहिएको हो। बाजुराको भाग्य र भविष्य कोर्न सक्ने,बाजुराली जनताको सुख र बाजुराको समृद्धिका लागि काम गर्ने नेता चाहिएको हो।बाजुरालाई नेताको अभाव होईन । थुप्रै नेताहरुले राजकीय जिम्मेवारी पाए। पटक-पटक सांसद बने,राज्यको उच्च पदस्थ पदमा समेत आसिन भए तर बाजुराले के पायो ? अरुले पाउँदै गर्दा हामीले किन पाएनौँ भन्ने विषय प्रमुख विषय हो।
युवा र नयाँ हुनु नै योग्यताको मापदण्ड होइन
पछिल्लो समयमा राजनीतिमा युवा भन्ने शब्द धेरै दोहोरिएको छ,नयाँ हुनु नै योग्यताको मापदण्ड जस्तो बनाइएको छ। तर राजनीति उमेरले होइन,इमानदारी, उत्तरदायित्व र क्षमताले मापन हुन्छ। युवा हुनु राम्रो हो,नयाँ सोच हुनु आवश्यक छ। तर योगदान बिना,संघर्ष बिना,जनताको दुःख–सुख नबुझेको अनुभव बिना,राजनीति केवल नारामा सीमित हुन्छ। राजनीति सिक्न मैदान चाहिन्छ,आन्दोलनको धुलो चाहिन्छ,जनताको विश्वास जितेको इतिहास चाहिन्छ।अन्यथा सत्ता जिम्मेवारी होइन, प्रयोगशाला बन्छ।आज बाजुरालाई प्रयोग होइन,अनुभवी, निडर र जनप्रेमी नेतृत्व चाहिएको छ। जो भाषणमा मात्र होइन,व्यवहारमा इमानदार होस्। जो सत्ता पाएपछि टाढा नभागोस्,जनतासँगै उभिन सकोस्। युवा–नयाँको नाममा राजनीति ज्ञान शून्य भीडबाट अब छुट्टै निर्णय लिनुपर्ने समय आएको छ। आज बाजुरालाई चाहिएको छ। सक्षम, अब्बल र जिम्मेवार नेता।
के राजनीति आस्था भन्दा माथि बाजुरा राखेर बाजुरा परिवर्तन गर्न भोट परिवर्तन गर्न सक्छौं ?
त्यसले के अब हामी मनभित्र देखि नै भन्न सक्छौं ? उम्मेदवारको योग्यता क्षमता दक्षता,योगदानलाई मापन गरेर मात्रै मतदान गर्छु भनेर । यति भन्न जुन दिन हामी तयार हुन्छौं अनि बाजुरा आफैले समात्ने छ विकासको लय,अनि सुरु हुनेछ समृद्धिको यात्रा । त्यसैले बिचार र विवेकलाई बन्धकी राखेर हामी केही नजानेको जस्तो केही नबुझेको जस्तो,केही थाहा नपाए जस्तो कहिँले सम्म गरिरहन्छौ ? हामीले आफैलाई कहिँले सोध्ने ? बाजुरा बनेन भनेर चिन्ता गर्दै गर्दा हाम्रा कमजोरी के के हुन् भनेर किन आत्मसमिक्षा गरेनौं ? प्रीय बाजुरा साथीहरू बाजुरा किन बनेन ? कसरी बनेन ? कसको कारणले बनेन? भन्ने विषयमा प्रश्न गरिरहदा बाजुरा नबन्नुमा तपाइँ हामी पनि उत्तिकै जिम्मेवार छौँ । तपाइँ हाम्रो पनि ठुलो कमजोरी छ ।
त्यसैले नेताहरुलाई गाली गर्न छोडौँ ,यो समय कसैको आलोचना गर्ने,बिरोध गर्ने,एकोहोरो दोषारोपण गर्ने समय होईन । २०४८ साल यता निरन्तर बाजुराबाट जितेर जनप्रतिनिधिको भूमिकामा रहनुभएका सबै प्रती सम्मान छ । उहाँहरुले समग्र जिल्लाको पुर्वाधार विकास,सामाजिक,आर्थिक,शैक्षिक,शिक्षा,स्वास्थ्य,विद्युती,खानेपानी,सिँचाइ,यातायात सञ्चारमा जे जति परिवर्तन गर्नुभयो । उहाँहरुको योगदानलाई सम्मान छ। उहाँहरु प्रती सम्मान छ। कसले कति गरे ? कसले के के गरे ? कसको पालामा कति काम भए ? त्यो समिक्षाको विषय रह्यो । त्यसकारण तपाईं हामी एउटा सचेत युवा पुस्ताले उहाँहरुले गर्नुभएको योगदानलाई अवमूल्यन गर्ने होईन । जति गर्नुभयो जजस्का पालामा भएपनी उहाँहरु सबैलाई सम्मान छ ।
जिल्लाको विकासमा जे जति योगदान गर्नुभयो त्यो प्राप्त भएन चुनावी घोषणा पत्र,चुनावी प्रतिबद्धता अनुसार उहाँहरुले काम गर्न सक्नु भएन । रत आज हामी भन्दैछौँ बाजुरा किन परिवर्तन भएन ? बाजुरा किन बनेन ? उहाँहरुले भाषणमा जे जे बोले त्यो पूरा गर्न सकेनन् ? बाजुराली जनता सामु झुटा आश्वासन बाँडेर केबल बाजुराली जनतालाई झुक्याए। त्यसैले अब हामी झुक्किनु हुन्न यसको मतलब पुरानाहरुले केही गरेनन् । केही गर्न सक्दैनन् सबै खराव हन् भन्ने छुट तपाईं हामीलाई छैन। त्यसैले अब बाजुरामा नेतृत्व परिवर्तन निर्विकल्प जस्तै बनेको छ । निरन्तर ३४ वर्ष पालैपालो कांग्रेस एमालेलाई तपाइँ हामीले हेरिसक्यौँ त्यसैले अब एमाले कांग्रेसलाई बहिस्कार गरौँ भनेको होईन तर एकपटक अवसर पाईसकेकाहरुलाई नदोहोर्याउ ।
त्यसैले बाजुरा परिवर्तनका लागि अब भोट परिवर्तन गरौँ । आज बाजुरा बनाउने जिम्मेवारी हामी युवाको काँधमा आएको छ।अब दोष अरूलाई दिएर बस्ने समय छैन,किनकि भोलिको बाजुरा हाम्रो आजको निर्णयले बनाउने हो।हामी त्यो पुस्ता हौँ जसको पीडा पनि नजिकबाट देखेका छौँ र सम्भावनाको सपना पनि बोकेका छौँ। त्यसैले राजनीति अब भावनामा होइन, विवेकमा चल्नुपर्छ। युवाको मत मासु–भात र पैसामा होइन, इमान्दारिता, क्षमता र जिम्मेवारीमा दिनुपर्छ। हामी सचेत भयौँ भने बाजुरालाई कसैले पछाडि राख्न सक्दैन आउनुहोस्, दलभन्दा माथि उठौँ, आस्थाभन्दा अघि विकास राखौँ, र जिम्मेवार युवाको हैसियतले बाजुराको भविष्य आफ्नै काँधमा बोकेर अगाडि बढौँ।
आजसम्म गल्ती गर्यौँ ।अब विगतका गल्ती नदोहोर्याउने प्रण गरौँ । नेतालाई चुनाव लाग्यो। अब नेताहरु गाउँ गाउँमा जानेछन्,घर घरमै पुग्नेछन् ,खेतबारी सम्मै पुग्नेछन्,केही समय जनताको सारथि बनेको चटक देखाउनेछन् । अनि सुनाउने छन् पुरानै भाषण,दिनेछन् झुटा आश्वासन, जित्नेछन् र राजधानी फर्किनेछन् ।गाउँ बिर्सीनेछन्,जतना भुल्नेछन् । ५ वर्ष पछि फेरि जानेछन् भोट माग्न ! यो प्रवृतिबाट सचेत हुन सक्नुनै पहिलो जित हो,पहिलो सफलता हो।