यता कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका ढुङ्गानाले पनि संगठनले दिईएको जिम्मेवारी कुशलता पुर्वक संगठनको हितमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बलियो अखिल क्रान्तिकारी,सुदृढ, एकताबद्धा, र वर्तमान परिस्थितिमा अन्य विद्यार्थी संगठनको तुलनामा समग्र विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउने गरि जिम्मेवार भएर काम गर्ने समेत बताएका छन्
बलियो अखिल क्रान्तिकारी बनाउन लाग्छु: कार्यवाहक अध्यक्ष ढुङ्गाना
काठमाडौं : नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी काठमाडौं उपत्यका विशेष प्रदेश समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी जनक ढुङ्गालाई दिइएको छ । संगठनका अध्यक्ष संजिव रेग्मीले अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनले ३२ वर्ष उमेरहद लागू गरेकाले संगठनले लागु गरेको उमेरहद अनुसार आफ्नो उमेर नाघिसकेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ढुङ्गानालाई तोकेका हुन् ।
उपत्यका विशेष प्रदेश समितिको प्रदेश सम्मेलन भएको छैन। तर प्रदेश समितिको सम्मेलन नहुँदै अखिल क्रान्तिकारीले ३२ वर्षे उमेरहद कायम गर्दै २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न गरिसकेको छ । प्रदेश समितिका अधिकांश पधातिकारी ३२वर्षे उमेरहद कटिसकेकाले जिम्मेवारीबाट पदमुक्त भैई बाहिरिएको र कोही राष्ट्रिय सम्मेलनमा उम्मेदवार बनेर प्रतिस्पर्धा गरिसकेका छन् । अध्यक्ष रेग्मीले पनि आफ्नो पनि उमेर ३२ वर्ष नाघिसकेकाले अध्यक्षको जिम्मेवारीमा बसिरहन उचित नहुने भन्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी ढुङ्गानालाई दिइएको बताएका छन् ।
बुधबार अध्यक्ष रेग्मीले ढुङ्गालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोक्न पत्र लेख्दै संगठनका नियमित गतिविधि अगाडि बढाउन र संगठनको कुशल नेतृत्व गर्न भनेका छन् ।अखिल क्रान्तिकारीकै जुझारु विद्यार्थी नेता रहेका ढुङ्गानाले पाएको जिम्मेवारी कुशलता पुर्वक निर्वाग गरि संगठनलाई चलायमान र बलियो अखिल क्रान्तिकारी बनाउने विश्वास समेत अध्यक्ष रेग्मीले व्यक्त गरेका छन् ।
यता कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका ढुङ्गानाले पनि संगठनले दिईएको जिम्मेवारी कुशलता पुर्वक संगठनको हितमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बलियो अखिल क्रान्तिकारी,सुदृढ, एकताबद्धा, र वर्तमान परिस्थितिमा अन्य विद्यार्थी संगठनको तुलनामा समग्र विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउने गरि जिम्मेवार भएर काम गर्ने समेत बताएका छन् ।
यो जिम्मेवारी अवसर मात्र होइन, आन्दोलन र संगठनप्रतिको गहिरो जिम्मेवारी हो। पूर्व नेतृत्वले देखाएको अनुशासन र क्रान्तिप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै म संगठनलाई अझ क्रियाशील, सशक्त र वैचारिक रूपमा सुदृढ बनाउन लागि पर्नेछु। म सबै कमरेडहरूको साथ, सुझाव र सहयोगप्रति आशावादी छु, उनले भने।