अभियान्ता हेमराजको पहलमा बेसाहारा बालिकाको उद्धार,किन बनाइयो विवादको बिषय?

नगरपलिका भन्छ,अनुमती लिनुपर्छ,अभिवक्ता भन्छन् आवश्यक छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

None
मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

नगरपलिका भन्छ,अनुमती लिनुपर्छ,अभिवक्ता भन्छन् आवश्यक छैन

काठमाडौं : सामाजिक अभियान्ता हेमराज थापाको पहलमा बाजुराको बडीमालिका नगरपालिका १ पिनालेखकी बेसाहारा बालिकाको उद्धार गरिएको छ । कक्षा ७ उतिर्ण गरि कक्षा ८ मा अध्ययन गरिरहेकी प्रतीक्षा दानीलाई अभियान्ता हेमराज थापा, लक्ष्मी बोगटी कुवर लगायतको टोलीले काठमाडौंबाट बाजुरामै पुगेर उद्धार गरेका हुन् । प्रतीक्षाका बुवा चन्द्र दानीको बिद्यालयबाट घर फर्किदै गर्दा ट्याक्टर दुर्घटनामा मृत्यु भएको थियो ।

उनी राहत शिक्षक थिए। सरिताका श्रिमानको डेढ वर्ष अघि दुर्घटनामा मृतयु भयो।  उनको साथमा रहेको अर्को छोरालाई प्रत्यक महिना ३ हजारको औसधि सेवन गराउदै आएकी छन् । घरमा कमाउने कोही छैनन् । प्रत्यक महिना औसधी खर्च जुटाउन र बिहान बेलुका छाक टार्नै धौधौ भएको अवस्थामा छोराछोरीको पठनपाठनमा समस्या थियो  ।  

बुवाको मृत्युपछि उनको आर्थिक अवस्था कमजोर रहेको र पढाईमा समस्या भएको खबर अभियान्ता हेमराज थापाले पाएका थिए । थापालाई उद्धार गरेर पठनपाठन र पालनपोषणको व्यवस्थापनका लागि पहल गरिदिन प्रतीक्षाका आफन्तले नै आग्रह गरेका थिए । आफन्तको आग्रह पछि थापाले ईशा फाउन्डेसन संग समन्वय गरेका थिए।इशा फाउन्डेसनका संस्थापक ईन्द्र बहादुर थापा र सबि थापाले बालिकाको पठनपाठन र पालनपोषणको जिम्मा फाउन्डेसनले लिने भनेको थियो ।

त्यसपछि थापा सहितको टोली प्रतीक्षालाई काठमाडौं ल्याउन बाजुरा पुगेको हो। उनलाई बाजुराबाट शनिबार काठमाडौं ल्याईएको छ। प्रतीक्षालाई काठमाडौंकै एक गुणस्तरीय सुबिधा सप्पन्न निजि बिद्यालय एभेन्समा पढाउनका लागि बाजुराबाट काठमाडौं ल्याईएको अभियान्ता हेमराज थापाले जानकारी दिएका छन् । थापाले भने" मलाई बुवाको मृत्यु भएको र बुवाको मृत्युपछि पढ्न,समस्या भएको खबर त्यहीँ गाउँका स्थानीयले गरेका थिए,त्यसपछि मैले इशा फाउन्डेसन संग समन्वय गरेर उद्धार गरेका छौँ,हामीले कुनै आश्रममा राख्ने होइनौं,हामीले उनको उज्ज्वल भविष्यका लागि पवित्र भावनाले उनको परिवारको दु:ख देखेर ल्याएका हौँ" 

उद्धारका लागि बाजुरा उनकै घरमा पुगेका थापा सहितका अभियन्तालाई प्रतीक्षाका आफन्तले बेसाहाराको भगवान नै बनेर आएको भन्दै धन्यवाद समेत दिएका थिए। प्रतीक्षाकै आमा सरिता दानीले नै  उनलाई उद्धार गर्न बाजुरा पुगेका थापाको जिम्मा लगाएकी हुन् । श्रीमानको  चन्द्र दानीको मृत्यु पछि पढाईमा समस्या भैरहेको अवस्थामा काठमाडौंमा पढ्ने वातावरण मिलाईदिएकोमा खुसी व्यक्त गर्दै उनले अभियान्ता थापा सहितलाई धन्यवाद समेत दिएकी थिइन् ।

तर यता केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने नानाथरी आरोप लगाएका छन् । आमाले नै पढाई दिन भनेर सहयोगी सस्थाको जिम्मा लगाएको भएपनी यता आफुलाई नागरिक अगुवा बताउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने बालिका तस्करीकै आरोप लगाएका छन्।यता बडीमालिका नगरपालिकाको कार्यालयले समेत नगरपालिकाको अनुमती बिना बालिकाको उद्धार गरेको भन्दै रोक्न खोजेको अभियान्ता हेमराज थापाले बताएका छन् ।

बालिकाको आमाले नै आफुहरु र सहयोगी संस्थाको जिम्मा लगाएको अवस्थामा बिरोध गर्नुको कुनै औचित्य नभएको थापाको तर्क छ । आफुहरुले बालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गरेर उनको उज्ज्वल भविष्यको लागि काठमाडौं ल्याउदा आरोपहरु खेप्नुपरेको दुखेसो गरेका छन् । उसो त बालिकाको घरबाटै उद्धार गर्दै गरेको लाइभ भिडियो समेत सार्वजनिक गरिएको थियो । भिडियोमा बालिकालाई कुनै करकाफ,डरधम्की,ललाईफकाई गरेको देखिदैन,बालिकाको आमा सरिताले नै बालिकालाई जिम्मा लगाएको र राम्रो संग हेरचाह गर्दिन आग्रह गरेको देखिन्छ।थापा सहितलाई फूलमाला सहित भब्य स्वागत र बिदाई समेत गरिएको थियो । 

यस्तो अवस्थामा पनि बालिका तस्करको आरोप लगाउनु बिरोधि मानसिकता,आफुले जस लिने,प्रयास बाहेक अरु केही हुन नसक्ने थापा समर्थक सामाजिक सञ्जाल प्रयोगकर्ताहरु लेख्छन् । कतिपयले यसलाई आफुले जस लिन नपाउदाको आवेग पनि भनेका छन् ।  यता यो बिषयमा नगरपालिका नगर प्रवक्ता धर्मराज पाध्यायले भने पालिकाको अनुमति बिना बालिकाको उद्धार गरेको कुरामा आपत्ति जनाएका छन् । "बालिकाको उद्धार गरेर लिने सस्था व्यक्ति आधिकारिक हो वा होईन,अहिले जिम्मा लिएर पछि अलपत्र पो पार्ने हुन् कि ?त्यसैले नगरपालिकाको अनुमती लिनुपर्ने हुन्छ" आमाले जिम्मा लगाएकै भरमा लिन मिल्छ भन्ने कुरामा नगरपालिका सहमत छैन। आमालाई कानुनी कुरा थाहा नभएका कारण जिम्मा लगाएको हुन सक्ने उनको तर्क छ ।

यहीँ विषयमा यता अधिवक्ता पुर्ण बहादुर रावतलाई सोध्दा उनको सबैभन्दा ठुलो संरक्षक आमाले नै पालनपोषण र पठनपाठनका लागि जिम्मा लगाएको अवस्थामा अन्य कुनै निकायको सिफारिस आवस्यक नपर्ने बताएका छन् । उनले भने, यदि आमा बुवा कोही नभएको बालबालिकाको उद्धार गर्दा प्रक्रिया अनुसार सम्बन्धित वडा, कार्यालय,पालिका वा जिल्ला प्रशासन कार्यालयको सिफारिस लिएर गर्नुपर्ने हुन्छ तर उनको आमाले नै कसैको रोहवरमा बिश्वासले जिम्मा लगाएको छन् भने त्यसमा आवश्यक पर्दैन,यसमा नगरपालिकाले कानुनी प्रक्रिया जान्छौं र बालिका फिर्ता बोलाउन्छौँ भन्यो भनेपनी त्यो अधिकार पालिका संग छैन"


सामाजिक सञ्जालमा लेख्ने केही आफुलाई सामाजिक अगुवा बताउने विद्वानहरुले आरोप लगाएर जस्तो अभियान्ता थापा कुनै तस्तो अपरिचित व्यक्ति होइनन्। न त उनले ती बालिकालाई कुनै ललाईफकाई, डरधम्की दिएर नै काठमाडौं ल्याएका हुन् । जन्मदिने आमाको अनुमतीमा उद्धार गरेर ल्याईएको विषयलाई गलत अर्थ लगाउनु र बालिका तस्करीकै आरोपमा उत्रीनु कस्तो चेतना हो ? थापाको प्रश्न छ ।अभियान्ता थापा एक परिचीत समाहसेवी पनि हुन् ।

अन्याय अत्याचारको भण्डाफोर गर्ने थापाले बाढी,पहिरो, कोरोना माहामारी,भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा अग्र पंक्तिमा खटिएर काम गर्दै आएका छन् । उनले प्राकृतिक प्रकोप लगायतका विषम परिस्थितिमा पीडित नागरिकको दु:खमा यस अघि पनि सहयोग गर्दै आएका थिए । बालिकाको उद्धारका लागि बाजुरा पुगेकी अर्की सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर पनि लामो समय देखी सामाजिक सेवामा तलिन् छिन्।उनले कयौं बिपन्न बालबालिकाको घरमै पुगेर राहत वितरण गरिसकेकी छन् । 

थापा यस अघि बाजुरा जिल्लाका नागरिक संग साक्षात्कारका लागि पनि पुगेका थिए। थापाले जिल्लाका ९ वटै स्थानीय तहका नागरिक संग भेटवार्ता गरेका छन् । जिल्लाका प्रत्येक गाउँ गाउँमा पुगेर जिल्ला बासिका समस्या बुझ्ने र साक्षात्कार गर्ने काम भएको थापा बताउन्छन् ।उनी यस अघि पनि बाजुरा यसरी नै जनता संग भेटघाटका लागि पुगेका थिए। राष्ट्रिय राजनीतिमै परिचीत थापा काठमाडौंमै बस्छन् तर पछिल्लो समयमा भने जिल्लाका नागरिक संगको भेटवार्तालाई बाक्लो बनाउदै गएका छन् । पुराना राजनीति दल प्रतिको बितृष्णा बढ्दो छ्म यसैबीच देशभरपुराना दलको विकल्पमा बैकल्पिक राजनीति दललाई रोज्ने क्रम जारी छ। थापाको गृह जिल्लाका नागरिक संगको दोश्रो पटकको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

उसो त थापाले लामो समयदेखि राज्य संचालनमा भए गरेका अन्याय,अत्याचार, अनियमितता, दुराचार र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बुल्न्द गरिरहेका छन् । सरकारका कमिकमजोरीहरु उठान गरेर सरकारको सडकबाटै ध्यानाकर्षण गराइरहेका छन् । सडकबाट नेपाली जनता र राष्ट्रियताको पक्षधर भएर आवाज उठाउने थापा एक शसक्त प्रतिपक्षको भुमिका निर्वाह गरिरहेका छन् ।

थापाले यस अघि प्रेट्रोलियम पदार्थको मुल्यबृद्धि, राष्ट्रको हित बिपरित हुने अन्तर्राष्ट्रिय सन्धि सम्झौता, सिमा अतिक्रम लगायतका बिषयमा खरो रुपमा प्रस्तुत हुँदै नेपाली जनताको हित र राज्यको हितको पक्षमा उभिदै आएका छन् । उनी जनताको पक्षमा उभिएर आवाज उठाउदै गर्दा पटकपटक गिरफ्तार भैई हिरासतमा समेत बसिसकेको छन् । प्रहरीको कुटाई र जेल नेल उनका लागि सामान्य कुरा जस्तै भैसकेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।