आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित

सुन कारोबारलाई पारदर्शी बनाउन विलासी कर लगाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
📌

समाचारको संक्षेप

None
मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ

सुन कारोबारलाई पारदर्शी बनाउन विलासी कर लगाउने

काठमाडौँ: राष्ट्रिय सभाले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ । 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउन विलासी कर लगाउने जानकारी दिए ।  
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न नीतिगत र कानुनी सुधार भइरहेको छ।
 राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । 
 
शुक्रबार बसेको बैठकले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको हो। । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए ।  उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।


त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तर्राष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको बताए । त्यस्तै उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न नीतिगत र कानुनी सुधार गरिरहेको उल्लेख गरे । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।