आन्दोलनको गलत भाष्य स्थापित गर्न गरिएको मिडिया प्रचारबाजी बन्द गरौँ :आशा उपरकोटी

भ्रमपूर्ण समाचारको खण्डन गरि माफी नमागे त्यसको सशक्त प्रतिवाद गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
📌

समाचारको संक्षेप

सस्तो मिडिया प्रचारबाजीको लागी मिडियाकरण बन्द गरियोस्! अन्दोलनको मर्म, हामी सपष्टसगॅं बुझ्छौं। लाखौं विघार्थीको भविष्यको लागी लिगिएको अडान हो यो, तिम्रो केही डलरको टिरपीको लागी झुटको खेती बन्द गर। चाकडीनै गर्नु छ भने अरु कैयन उपाय छन्, तर आम जनतामा भ्रम पैदा गरेर अन्दोलनको गलत भाष्य स्थापित गर्न नखोज। सुचनाको सहि सम्प्रेषण तिम्रो पहिलो कर्तव्य र सत्यतथ्य जानकारी हाम्रो पहिलो अधिकार हो! खबरदार! OnlineKhabar लाई माफी सहित यो समाचार सच्चाउन तत्काल माग गर्दछौं, नसच्चिए यसको सशक्त प्रतिबाद गरिनेछ! चेतना  भया"

मुख्य बिन्दुहरू
  • यो समाचार महत्वपूर्ण छ
  • हाल ट्रेन्डिङमा छ
  • आजको हेडलाइन समाचार
  • विशेष समाचार

भ्रमपूर्ण समाचारको खण्डन गरि माफी नमागे त्यसको सशक्त प्रतिवाद गर्ने

काठमाडौँ :अखिल क्रान्तिकारी केन्द्रिय कमिटी सचिब आशा उपरकोटीले आन्दोलनको गलत भाष्य स्थापित गर्न गरिएको मिडिया प्रचारबाजि प्रती आपत्ति जनाएकी छन् । बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टार्टस सार्वजनिक गर्दै आन्दोलनलाई विषयान्तर गर्न सस्तो प्रचारबाजीका लागि मिडिया ट्रायल गरिएको बताएकी हुन् ।

लाखौं विद्यार्थीको भविष्यका लागि गरिएको आन्दोलन र लिइएको अडानलाई गलत स्थापित गर्न मिडियाहरु झुटको खेती गर्दै भ्रम सिर्जना गर्न लागिपरेको  उनले उल्लेख गरेकी छन् । अखिल क्रान्तिकारी आन्दोलनको मर्म प्रती स्पष्ट रहेको उल्लेख गर्दै सञ्चार माध्यमहरु सहि सूचना सम्प्रेषण गर्ने आफ्नो दायित्वबाट पन्छिएको र सस्तो मिडिया प्रचारबाजीका लागि सम्प्रेषण भएका समाचार प्रती अखिल क्रान्तिकारीको गम्भीर ध्यानाकर्षण भएको पनि उनको भनाई छ ।

सचिब उपरकोटीले आन्दोलनको गलत भाष्य स्थापित गरी आन्दोलनलाई नै विषयान्तर गर्ने गरि गरिएको मिडिया ट्रायल तत्काल बन्द गर्न माग समेत गरेकी छन् । भ्रमपूर्ण समाचारको खण्डन गरि माफी नमागे त्यसको सशक्त प्रतिवाद गर्ने समेत स्टार्टसमा उल्लेख छ । 

यतिबेला राष्ट्रिय मिडियामा त्रिविमा विद्यार्थी संगठनको गुण्डागर्दी, नेविसंघ पछि त्रिविमा अखिल क्रान्तिकारीको गुण्दागर्दी,यी र यस्तै शिर्षकमा समाचार सम्प्रेषण भैरहेका छन् । तर यी समारचारहरु प्रती अखिल क्रान्तिकाका नेताहरुले आपत्ति जनाएका छन् । उनीहरूले आन्दोलन कमजोर बनाउन गरिएको सस्तो प्रचारबाजीको पछाडि नलाग्न  आन्दोलनमा एकिबद्धता जनाउन र थप आन्दोलनलाई सशक्त बनाउन विद्यार्थी माझ अपिल गरेका छन् । 


यस्तो छ फेसबुकमा लेखिएको स्टार्टस  जस्ताको त्यस्तै 

"सस्तो मिडिया प्रचारबाजीको लागी मिडियाकरण बन्द गरियोस्! अन्दोलनको मर्म, हामी सपष्टसगॅं बुझ्छौं। लाखौं विघार्थीको भविष्यको लागी लिगिएको अडान हो यो, तिम्रो केही डलरको टिरपीको लागी झुटको खेती बन्द गर। 

चाकडीनै गर्नु छ भने अरु कैयन उपाय छन्, तर आम जनतामा भ्रम पैदा गरेर अन्दोलनको गलत भाष्य स्थापित गर्न नखोज। सुचनाको सहि सम्प्रेषण तिम्रो पहिलो कर्तव्य र सत्यतथ्य जानकारी हाम्रो पहिलो अधिकार हो! 

खबरदार! OnlineKhabar लाई माफी सहित यो समाचार सच्चाउन तत्काल माग गर्दछौं, नसच्चिए यसको सशक्त प्रतिबाद गरिनेछ! चेतना  भया"

केन्द्रीय विभागमा समायोजन भएका ४ वटा विभागको शुल्क घटाउन माग राख्दै क्रान्तिकारीले २० दिनयता उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ ।दीपक अर्याल उपकुलपति भएयता माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारी  आल्दोलित छ । सोमबार आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो । त्यस क्रममा क्रान्तिकारी जिल्ला इन्चार्ज ममता जोशी र सुशील नेपाली घाइते भएका थिए । प्रहरीले आन्दोलनमा दमन गरेको अखिलको दाबी छ । 

क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति र विकास अध्ययन, सामाजिकशास्त्र र लैंगिक केन्द्रीय विभागको शुल्क समायोजन गर्नुपर्ने माग राखेको छ । यी विषय आत्मनिर्भर कार्यक्रमका रूपमा सञ्चालन भए पनि गत वर्ष विभाग बनाइएको थियो । त्रिविले क्रान्तिकारीसँग वार्ता गर्न विद्यार्थी कल्याण निर्देशनालयका प्रमुख पशुपति अधिकारीको संयोजकत्वमा समिति गठन गरे पनि सहमति हुन सकेको छैन ।

क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टले विद्यार्थीले तोडफोड नगरेको दाबी गरेका छन् ।झडपका क्रममा पक्राउ परेका बिद्यार्थी नेताहरुलाई  प्रहरीले पक्राउ गरे पनि सोमबार साँझ नै छाडेको थियो । आन्दोलनका क्रममा प्रहरीले हस्तक्षप गरेको भन्दै पक्रान्तिकारीले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा दमन भएको दाबी सहित प्रहरी दमनको सशक्त प्रतिवाद गरेको थियो । संवादबाट माग पूरा गर्न पहल नगरी प्रहरी परिचालन गरीएको भन्दै बिद्यार्थीहरु आक्रोशित छन् ।  

   
क्रान्तिकारीले उपकुलपति अर्यालसहित रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाललाई कार्यालय आउजाउमा अवरोध गरेका छन् । तर यता त्रिवि प्रशासनले भने  क्रान्तिकारीले सोमबार रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरी क्षतिसमेत पुर्‍याएको लगाएको छ । यता त्रिवि प्रशासनले भने क्रान्तिकारीको तोडफोड र पदाधिकारीलाई अवरोध जारी रहेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै सुरक्षा माग गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sidhaprahar2062@gmail.com मा पठाउनु होला । धन्यवाद ।