त्यसो त नेता आचार्य २५ वर्षदेखि काँग्रेसको सक्रिय राजनीति गरिरहेका छन्। पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालासँग निकट भएर काम समेत गरेको अनुभव उनीसँग छ। त्यस कारण पनि आफ्ना आदर्श नेताहरू सुशील कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतको त्यागको आफूले अनुसरण मात्र गरेको सुनाए। उनी भन्छन् ’मैले स्वतन्त्रबाट पनि चुनाव जित्ने थिए, पार्टी सभापति गगन थापाले टिकट वितरण हतार–हतारमै गर्नु परेकाले कतिपय क्षेत्रमा टिकट वितरण न्यायोचित हुन नसकेको स्विकार्दै पार्टीलाई जिताउन अनुरोध गर्नुभयो, ’समुन्नत नेपाल, सम्मानित नेपाली’ लाई अभिभारा ठानेर आफू जित्न हैन, पार्टी जिताउन लाग्ने निर्णय गरेँ। मैले व्यक्तिका लागि भन्दा पार्टीका लागि त्याग गरेको हुँ, केही छैन, एउटै माघले जाडो जाँदैन पर्खनुहोस्, देशको सेवा गर्ने दिन आउँछ भन्दै उहाँहरूको चित्त बुझाएको छु ।
सत्ता अस्वीकार गरेर संगठन रोज्ने दुर्लभ कांग्रेस नेता
काठमाडौँ : नैतिकता र इमानदारिताको खडेरी लागिरहेको नेपाली राजनीतिमा आफ्नो सङ्घारमै आएको पद पार्टीको लागि त्याग गर्न सक्ने राजनीतिज्ञ अहिलेको समयमा बिरलै भेटिन्छ। तर यसको पछिल्लो उदाहरण बनेका छन्, नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्य। जसले काठमाडौँ–१ बाट सङ्घीय सांसद बन्न सक्ने भए पनि पार्टीको उम्मेदवारलाई जिताउनको लागि पछि हटे।
केही समययता काठमाडौँ–१ बाट देशैभर चर्चामा आएका थिए नेता आचार्य। त्यसको कारण थियो, नेपाली काँग्रेसका संस्थापक, सर्वोच्च नेता गणेशमान सिंह पुत्र, यसै क्षेत्रबाट ४ पटक निर्वाचनमा विजय हासिल गरिसकेका, पटक पटक उपप्रधानमन्त्रीसमेत भइसकेका हेभी वेट नेता प्रकाशमान सिंहलाई टक्कर दिएर यही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस हुनु। त्यसपछि सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडिया हुँदै चिया पसलका आम सर्वसाधारणसम्म नेता आचार्यले चर्चा बटुले, स्वार्थ नभएका लोकतन्त्र र देशको विजय भएको हेर्न रुचाउने काँग्रेस नेता कार्यकर्ताको समर्थनसमेत बटुले ।
स्थानीय नेता कार्यकर्ता तथा सर्वसाधारणको दबाबका कारण नेता आचार्यलाई काठमाडौँ–१ मा टिकट दिनुपर्ने माग बढ्न थालेको थियो। नेता आचार्यले टिकट पाउने कुरामा स्थानीय स्तरमा विरोध नभएको पनि होइन, जसले ६िक६ पाउँदा पनि बिराेध गर्ने चलन पनि त छ नि, उनले टिकट पाउँदा रुष्ट हुनेहरु पनि हुन सक्छन् तर जेनजीलाई पनि मिलाएर सक्ने क्षमता भएको आङ्कलन गरिएका उनको तुलनात्मक रूपमा पछिल्लो राजनीतिक घटना क्रम हेर्दा उनले टिकट पाए अत्याधीक मतले विजय हुने स्थानीय मतदाताहरूको आङ्कलन रहेको छ ।
आचार्यले टिकट पाउँदा चुनाव जित्न सक्ने आङ्कलन समेत भइरहेको बताउँछन् स्थानीय मतदाता सुमन शर्मा पोखरेल। अर्का नेपाली काँग्रेसका कार्यकर्ता माधव कोइरालाले भने, ‘नेपाली काँग्रेसमा चाहिने नेता नै बाबुराम आचार्य दाइ जस्तो हो, उहाँले नै टिकट पाउनुपर्थ्यो, उहाँले टिकट पाएको भए नजित्ने सम्भावनै थिएन, तर दाइले त्याग गर्नुभयो, त्यो देशले सम्झनुपर्छ, काँग्रेसले सम्झनुपर्छ, बाबुराम दाईले हार्ने कुरै आउँदैनथ्यो’ काम नपा वडा नम्बर १० का सचिव मधुसूदन अधिकारीले भने, ‘नेता आचार्यले उम्मेदवारी फिर्ता गरेर ठुलो त्याग गर्नुभयो, उहाँको त्यागको काँग्रेसले मूल्याङ्कन गर्छ, गर्नुपर्छ, हामीले पनि हाम्रो ठाउँबाट पहल गर्छौँ’
टिकट पाउनुपर्ने विषय मोडियो तर, एकाएक काँग्रेसको बदलिँदो आन्तरिक विवादले विशेष महाधिवेशन भएपछि प्रकाशमान सिंहले टिकट पाएनन्, नेता आचार्यले पनि टिकट पाएनन्। यसले गर्दा धेरै कार्यकर्ता निराश भएको पोखरेलले बताए। उनी भन्छन् ’युवा र देशका लागि केही गर्न सक्ने क्षमता बाबुराम दाइमा थियो, काँग्रेसले टिकट नदिएर ठुलो गल्ती गर्यो तर पनि उहाँले पार्टीको लागि त्याग गर्नुभयो, यो इतिहासले मूल्याङ्कन गर्छ नै।’ आचार्यले काँग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिए ।
तर पार्टीका क्षेत्रीय सभापति प्रकाश विक्रम राणा, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, क्षेत्रीय सचिव रिकेश महर्जन, वडा सचिव मधुसुदन अधिकारी, पार्टीबाट टिकट पाएका काँग्रेस उम्मेदवार प्रबल थापा, स्थानीय नेताहरू, महाधिवेशन प्रतिनिधिहरू, महासमिति सदस्यहरू, काठमाडौँ उपत्यका तथा देश विदेशका काँग्रेस नेता कार्यकर्ता तथा शुभचिन्तकहरूको सन्देश, फोन तथा भेटघाट र कुराकानीबाट जसरी पनि पार्टीमा एक भएर जान आएको अनुरोधलाई आत्मासाथ गर्दै आचार्यले काँग्रेसबाट दिएको बागी उम्मेदवारी फिर्ता लिए ।
उनलाई सयौँले पार्टीले तपाईँप्रति अन्याय गरेकोले उम्मेदवारी फिर्ता नलिनु बागीमै भए पनि जिताएर देखाउँछौं समेत नभनेका होइनन् तर पार्टी र देशका लागि काम गर्नुपर्ने भन्दै दर्जनौँ केन्द्रीय सदस्यहरू, महामन्त्री गुरुराज घिमिरे, पाटी सभापति गगन कुमार थापा लगायतसँगको संवाद पछि आचार्यले आफूले फिर्ता लिएको जानकारी दिएका छन् ।
टिकट नपाएपछि यस क्षेत्रका आम सर्वसाधारणको सुझाव लिएर नेता आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।आचार्यको टिकट सिफारिस, टिकट नपाएको विषय, फिर्ता प्रकरण र पछिल्ला यस क्षेत्रका राजनीतिक घटना क्रमलाई हेर्दा यस क्षेत्रका काँग्रेसका युवा नेता सरोज राना मगर भन्छन् ’काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका प्रबल थापालाई समर्थन गर्दै स्वतन्त्रमा उम्मेदवारी दिई नाम फिर्ता गरेका काँग्रेस नेता बाबुराम आचार्यज्यूलाई धन्यवाद, बाबुराम आचार्यको पार्टीप्रतिको त्यागलाई काँग्रेसले सम्मान गर्ने अपेक्षा छ।’
त्यसो त नेता आचार्य २५ वर्षदेखि काँग्रेसको सक्रिय राजनीति गरिरहेका छन्। पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालासँग निकट भएर काम समेत गरेको अनुभव उनीसँग छ। त्यस कारण पनि आफ्ना आदर्श नेताहरू सुशील कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतको त्यागको आफूले अनुसरण मात्र गरेको सुनाए।
उनी भन्छन् ’मैले स्वतन्त्रबाट पनि चुनाव जित्ने थिए, पार्टी सभापति गगन थापाले टिकट वितरण हतार–हतारमै गर्नु परेकाले कतिपय क्षेत्रमा टिकट वितरण न्यायोचित हुन नसकेको स्विकार्दै पार्टीलाई जिताउन अनुरोध गर्नुभयो, ’समुन्नत नेपाल, सम्मानित नेपाली’ लाई अभिभारा ठानेर आफू जित्न हैन, पार्टी जिताउन लाग्ने निर्णय गरेँ। मैले व्यक्तिका लागि भन्दा पार्टीका लागि त्याग गरेको हुँ, केही छैन, एउटै माघले जाडो जाँदैन पर्खनुहोस्, देशको सेवा गर्ने दिन आउँछ भन्दै उहाँहरूको चित्त बुझाएको छु ।
त्यसै पनि अहिले युवाहरूको माहौल बनिरहेको छ। काङ्ग्रेसभित्र पनि गगन थापा, विश्वप्रकाश शर्मासहितका युवाहरू नेतृत्वमा आएका छन्। नजिकबाट नियालेका नेता ऋषभ आचार्य भन्छन्, ‘चाकरीमा नलाग्ने, नेताका ढोका ढोका नचाहर्ने, गुटमा भन्दा देश, पार्टी र लोकतन्त्रको हितमा काम गर्न सक्ने नेता बाबुराम आचार्य हुनुहुन्छ, प्रधानमन्त्री भएर पनि देशको सेवा गर्ने क्षमता दाई मा थियो, कतिपयले एक सय भोट मात्र आउँथ्र्यो, एक हजार भोट मात्र आउँथ्यो भनेर उचाले पनि उहाँ कसैको उक्साहटमा लाग्नुभएन, जे गर्नुभयाे राम्रो भए पनि फिर्ता गरेर ठुले त्याग गर्नुभयो भन्नेमा म कुनै शङ्का नै गर्दिन’
पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर समेत गरेका अध्ययनशील स्वभावका आचार्यले सामाजिक क्षेत्रमा लामो समयदेखि युवा समूहलाई प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रमहरू गरिरहेका उनका सामाजिक सञ्जाल पोस्टहरूले देखाउँछ।
उनका सचिवालय सदस्य अमृत आचार्य भन्छन्, ‘वडा, क्षेत्र, जिल्ला, प्रदेश देखी पार्टी सभापति गगन कुमार थापासम्मको समन्वयमा उम्मेदवारी फिर्ता लिएका आचार्यका लागि नेपाली काँग्रेसले भावी दिनमा कस्तो भूमिका दिन्छ त्यो भने हेर्न बाँकी नै छ तर आचार्यले गरेको त्याग भने इतिहासले सम्झनेमा शङ्कै छैन ।’